logo

बालकुमारी घटनामा मन्त्री ज्वालालाई छानबिनको दायरामा ल्याउन संसदीय समितिको निर्देशन

    884   पटक पढिएको


१६ पुस/अर्थ र व्यपार – प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिले बालकुमारी घटनामा भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालालाई पनि छानबिनको दायरामा ल्याउन निर्देशन दिएको छ ।
समितिले सोमबार उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, प्रहरी महानिरीक्षक वसन्त कुँवर लगायतलाई बोलाएर छलफल गरी मन्त्री ज्वाला र श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई छानबिनको दायरामा ल्याउन यस्तो निर्देशन दिएको हो।
‘घटना घट्न श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र भौतिक पूर्वाधार तथा यातायातमन्त्री ज्वालाको भूमिकाबारे समेत छानबिन गर्ने निर्देशन छ,’ समितिका सभापति रामहरि खतिवडाले बैठकको अन्तिममा निर्णय सुनाए।
त्यसअघि, बैठकमा प्रहरी महानिरीक्षक कुँवरले कोरियन भाषा परीक्षाको आवेदन भर्न नपाएको आक्रोशमा युवाहरुले प्रदर्शन गरिरहेका बेला मन्त्री ज्वालाले सातदोबाटोबाट बालकुमारीको बाटो यात्रा गरेका कारण यस्तो घटना घटेको बताएका थिए ।
मन्त्रीको गाडी देखेपछि युवाहरु थप उग्र बनेको उनको भनाइ छ । कोरियन भाषा परीक्षाको आवेदन भर्न नपाएको आक्रोशमा प्रदर्शनमा उत्रिएका युवाले गत १३ पुसमा ललितपुरको बालकुमारीमा मन्त्री ज्वालाको गाडीमा आगजनी गरेका थिए । प्रहरीले गोली चलाउँदा २ युवाको ज्यान गएको थियो।
समितिले मृतकका परिवारलाई थप क्षतिपूर्ति दिन र रोजगारीका अवसर प्रदान गर्न सरकारलाई निर्देशन दिएको छ । सरकारले शनिबार दुवै मृतकका परिवारलाई १०÷१० लाख रुपैयाँ क्षतिपूर्ति दिने निर्णय गरेको थियो।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।