logo

बालकुमारी घटनामा मन्त्री ज्वालालाई छानबिनको दायरामा ल्याउन संसदीय समितिको निर्देशन

    602   पटक पढिएको


१६ पुस/अर्थ र व्यपार – प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिले बालकुमारी घटनामा भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालालाई पनि छानबिनको दायरामा ल्याउन निर्देशन दिएको छ ।
समितिले सोमबार उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, प्रहरी महानिरीक्षक वसन्त कुँवर लगायतलाई बोलाएर छलफल गरी मन्त्री ज्वाला र श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई छानबिनको दायरामा ल्याउन यस्तो निर्देशन दिएको हो।
‘घटना घट्न श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र भौतिक पूर्वाधार तथा यातायातमन्त्री ज्वालाको भूमिकाबारे समेत छानबिन गर्ने निर्देशन छ,’ समितिका सभापति रामहरि खतिवडाले बैठकको अन्तिममा निर्णय सुनाए।
त्यसअघि, बैठकमा प्रहरी महानिरीक्षक कुँवरले कोरियन भाषा परीक्षाको आवेदन भर्न नपाएको आक्रोशमा युवाहरुले प्रदर्शन गरिरहेका बेला मन्त्री ज्वालाले सातदोबाटोबाट बालकुमारीको बाटो यात्रा गरेका कारण यस्तो घटना घटेको बताएका थिए ।
मन्त्रीको गाडी देखेपछि युवाहरु थप उग्र बनेको उनको भनाइ छ । कोरियन भाषा परीक्षाको आवेदन भर्न नपाएको आक्रोशमा प्रदर्शनमा उत्रिएका युवाले गत १३ पुसमा ललितपुरको बालकुमारीमा मन्त्री ज्वालाको गाडीमा आगजनी गरेका थिए । प्रहरीले गोली चलाउँदा २ युवाको ज्यान गएको थियो।
समितिले मृतकका परिवारलाई थप क्षतिपूर्ति दिन र रोजगारीका अवसर प्रदान गर्न सरकारलाई निर्देशन दिएको छ । सरकारले शनिबार दुवै मृतकका परिवारलाई १०÷१० लाख रुपैयाँ क्षतिपूर्ति दिने निर्णय गरेको थियो।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।