logo

सिप बिल्डिङकालाई उत्पादनमूलक क्षेत्रको परीक्षामा सहभागी गराउन आवेदन खुल्यो, १६ देखि १८ पुससम्म आवेदन दिन सकिने

    632   पटक पढिएको


१५ पुस/अर्थ र व्यापार – इपीएस कोरिया शाखाले पानीजहाज निर्माण (सिप बिल्डिङ) का लागि कोरियन भाषा परीक्षा दिएकाहरूलाई उत्पादनमूलक क्षेत्रमा जान भाषा परीक्षामा सहभागी गराउन आवेदन खुला गरेको छ ।
शुक्रबार उच्च अदालतले उत्पादनमूलक क्षेत्रमा जान सिप बिल्डिङमा भाषा परीक्षा दिएकाहरूलाई पनि सहभागी गराउन आदेश दिएपछि इपिएस कोरिया शाखाले उनीहरुका लागि आवेदन खुला गरेको हो।
इपिएस कोरिया शाखाले सूचना प्रकाशन गरि सिप बिल्डिङका परीक्षार्थीहरूलाई पनि उत्पादनमूलक क्षेत्रतर्फको भाषा परीक्षामा सहभागी हुन आवेदन दिन यस्तो सुचना जारी गरेको हो । यो पछिल्लो सूचना अनुसार अब उनीहरूले आगामी पुस देखि १८ पुससम्म आवेदन दिन सक्ने छन् ।
गत साउनमा भएको सिप बिल्डिङतर्फको परीक्षार्थीले मात्र आवेदन दिन पाउनेछन्। अन्यको आवेदन भने रद्द हुने इपिएस कोरिया शाखाले जनाएको छ ।
यसअघि एउटै परीक्षार्थी एकै आर्थिक वर्षमा सञ्चालित एकभन्दा बढी परीक्षार्थीमा सहभागी हुन नपाउने भनेपछि उत्पादनमूलक क्षेत्रतर्फको भाषा परीक्षामा सिप बिल्डिङतर्फको परीक्षार्थीलाई सहभागी नगराउने भनिएको थियो।
त्यसविरूद्ध सिप बिल्डिङतर्फका १८ जना परीक्षार्थीले उच्च अदालतमा रिट दायर गरेका थिए । गत ५ पुसमा भएको सुनुवाइमा उच्च अदालतले ती १८ जनालाई मात्र परिक्षामा सहभागी हुन दिन आदेश गरेको थियो। १८ जनामात्रै परीक्षामा सहभागी हुन पाउने भएपछि परीक्षा दिन नपाउनेहरू शुक्रबार बालकुमारीमा आन्दोलित भएका थिए । सो आन्दोलनमा दुई जनाको मृत्यु समेत भएको थियो।
१८ जनालाई मात्र जान दिने आदेशविरूद्ध १२ पुसमा नै उच्च अदालतमा अर्को रिट परेको थियो । शुक्रबार सो रिटको सुनुवाइ गर्दै उच्च अदालतले सिप बिल्डिङको परीक्षामा सहभागी भएकाहरूलाई पनि उत्पादनमूलक क्षेत्रतर्फको परीक्षामा सहभागी गराउन आदेश दिएको थियो। सोही आदेशपछि अहिले इपिएस कोरिया शाखाले सबैलाई परीक्षामा सहभागी हुन आवेदन खुलाएको हो।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।