logo

जर्मनी र रोमानियासँग श्रम सम्झौता गर्न स्वीकृति

    1471   पटक पढिएको

१८ असोज / अर्थ र व्यापार – वैदेशिक रोजगारीमा जाने नेपाली कामदारलाई आकर्षक श्रम गन्तव्य मुलुकमा पठाउने व्यवस्था मिलाउन सरकारले युरोपियन मुलुक जर्मनी र रोमानियासँग द्विपक्षीय श्रम सम्झौता गर्न श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई स्वीकृति दिएको छ ।
मन्त्रिपरिषद् बैठकले युरोपको ती दुई आकर्षक राम्रो आम्दानी हुने मुलुकसँग श्रम सम्झौता गर्न स्वीकृति दिने र सोसम्बन्धी कार्यक्रममा सहभागी हुन श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारी नेतृत्वको प्रतिनिधिमण्डललाई तोकिएको छ ।

यस प्रतिनिधि टोलीले त्यहाँ पुगेर श्रम सम्झौता गरेपछि नेपाली कामदारले आकर्षक तलब सुविधासहित यी दुई मुलुकमा सुरक्षितरूपमा काम गर्ने अवसर प्राप्त हुने सरकारको अपेक्षा छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री भण्डारीले यसरकारले आफुहरुलाई दिएको जिम्मेवारी अनुसार श्रम सम्झौताको काम बढ्ने बताए ।
सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मन्त्रिपरिषद् बैठकबाट यस्तो निर्णय भएको जानकारी गराएकी हुन् । वैदेशिक रोजगारीको क्षेत्रलाई थप व्यवस्थित बनाएर नेपाली कामदारलाई नयाँ आकर्षक श्रम गन्तब्य मुलुकमा पठाउने लक्ष्यका साथ सरकारले यस्तो निर्णय गरेको हो ।

हाल नेपाली कामदारलाई युरोपियन मुलुकमा पठाउने भन्दै वैदेशिक रोजगारीका नाममा अनेक किसिमले ठगी हुने गरेको घटना धमाधम एकपछि अर्को गर्दै बाहिरिन थालेकाले यस्ता अवैध काम नियन्त्रण गर्न श्रम मन्त्रालयको प्रस्तावअनुरूप सरकारले यस्तो निर्णय गरेको मन्त्री शर्माले बताइन् ।
यसैगरी, सरकारले नेपाल र मलेसिया सरकारका परराष्ट्र मन्त्रालयबिच द्विपक्षीय परामर्श संयन्त्र स्थापना गर्ने निर्णय गरेको छ । सरकारले नेपाल र स्विट्जरल्यान्ड तथा नेपाल र रुवान्डाबिच द्विपक्षीय कूटनीतिक वार्ता तथा हवाई सेवा सम्झौता गर्न पनि स्वीकृति दिएको छ ।

सरकारले नेपाल र मलेसिया सरकारका परराष्ट्र मन्त्रालयबिच नेपाली कामदारको हितमा काम गर्ने उद्देश्यले द्विपक्षीय परामर्श संयन्त्र स्थापना गर्ने निर्णय गरेको हो ।
यसैगरी, मन्त्रिपरिषद्को बैंठकले सिटी अफ लन्डनको मेन्सन हाउसमा आयोजना हुने उच्चस्तरीय लगानी सम्मेलनमा सहभागी हुन अर्थमन्त्री डा. प्रकाशशरण महत नेतृत्वको प्रतिनिधिमण्डललाई स्वीकृति दिएको छ ।
त्यसैगरी, सरकारले निर्माणमुखी सामग्रीको व्यवस्थापन तथा नियमन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक संघीय संसदमा पेस गर्न स्वीकृति दिएको छ । सोही बैठकले अन्तरराष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड)लाई नेपाल सरकारबाट सन् २०२१ देखि २०२३ सम्मको वार्षिक बजेट योगदानबापत कुल ७ लाख ७५ हजार ५ सय ३३ अमेरिकी डलर बराबरको रकम अर्थ मन्त्रालयमार्फत भुक्तान गर्न स्वीकृति दिएको छ ।

यसैगरी, मन्त्रिपरिषद्ले नेपाल गणुस्तरीय स्वास्थ्य सेवा प्रणाली कार्यान्वयनका लागि विश्व बैंकबाट प्राप्त हुने एक सय मिलियन अमेरिकी डलर (बुधबार)को विदेशी मुद्रा विनिमय दरअनुसार करिब १३ अर्ब ३५ करोड रुपैयाँ सहुलियतपूर्ण ऋण तथा तीन दशमलव ८४ मिलियन अमेरिकी डलर अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको मन्त्री शर्माले जानकारी दिइन् ।
सोही बैठकले आर्थिक विकासका लागि लगानी तथा नवप्रवर्तनसम्बन्धी आयोजना कार्यान्वयन गर्न स्विट्जरल्यान्ड सरकारबाट प्राप्त हुने स्विस फ्यांक ५ दशमलव ४५ मिलियन अनुदान सहायता पनि स्वीकार गर्ने निर्णय गरेको उनले बताइन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।