logo

१३ देशका राजदूतहरु बोलाएर प्रधानमन्त्री दाहालले अर्थतन्त्र धान्ने श्रमिकका समस्याबारे सिंहदरबारमा गरे छलफल

    1022   पटक पढिएको


२५ भदौ/अर्थ र व्यापार – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले भोग्नुपरिरहेका समस्या समाधानका लागि पहल थालेका छन्। प्रधानमन्त्री दाहालले १३ देशमा कार्यरत राजदूतलाई काठमाडौं बोलाएर नेपाली श्रमिकले भोगिरहेका समस्या र तिनको समाधानका उपायबारे छलफल गरेका हुन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सोमबार सुरु भएको छलफलमा राजदूतहरुले नेपाली श्रमिकको अवस्थाबारे प्रस्तुति गरेका छन् । अष्ट्रियाका लागि नेपाली राजदूत भरत गौतम, ओमानका डोरनाथ अर्याल, जर्मनीका रामकाजी खड्का, जापानका दुर्गाप्रसाद सुवेदी, दक्षिण कोरियाका ज्योति प्याकुरेल, मलेसियाका डिल्लीराज पौडेल, कतारका नरेशविक्रम ढकाल, बहराइनका तीर्थराज वाग्ले, कुवेतका घनश्याम लम्साल, संयुक्त अरब इमिरेट्स (युएई)का तेजबहादुर क्षत्री र साउदी अरेबियाका लागि नेपाली राजदूत नवराज सुवेदीले नेपाली श्रमिकले भोगिरहेका समस्याबारे प्रस्तुति गरेका थिए ।

राजदूतहरुले देश नै पिच्छे अलग अलग समस्या रहेको सुनाएका छन्। विदेशमा रहेका कतिपय नेपाली श्रमिकको अवस्था दयनीय रहेको भन्दै श्रम स्वीकृतिमा कडाइ गर्नुपर्ने कतिपय राजदूतको भनाइ छ। कतिपयले भने श्रमिकका गुनासा सम्बोधनका लागि दूतावासमा जनशक्ति बढाउनुपर्ने माग गरेका छन्।

राजदूतहरुले श्रमिकलाई सीप सिकाएर पठाउनुपर्नेमा पनि जोड दिएका छन्। सीपविना पुगेका श्रमिकले बढ्ता समस्या झेलिरहेको भन्दै उनीहरुले यो विषयलाई गम्भीरतापूर्वक लिन आग्रह गरे। मुलुकको अर्थतन्त्र रेमिट्यान्सबाट चलेपनि श्रमिकले भोगिरहेका समस्या समाधानका लागि गम्भीर नभएको भनेर लामो समयदेखि आलोचना हुँदे आएकामा प्रधानमन्त्रीले राजदूतहरुलाई बोलाएर ब्रिफिङ गर्न लगाएका हुन्।

दुई दशकयता नेपालको अर्थतन्त्रको मुख्य आधार नै वैदेशिक रोजगारीमा रहेका नेपालीले पठाउने रेमिट्यान्स बनिरहेको छ । गत आर्थिक वर्ष १२ खर्ब २० अर्ब ५६ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको थियो। देशभित्र रोजगारीका अवसर बढ्न नसकेपछि कामका लागि विदेश जाने क्रम बढ्दो छ। गत आर्थिक वर्ष मात्र ७ लाख ७५ हजार श्रम स्वीकृति लिएर विदेश गएका थिए।

वैदेशिक रोजगारीमा नेपालीहरुको मुख्य गन्तव्य मलेसिया र खाडी मुलुक हुन्। श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका अनुसार कतार, मलेसिया, साउदी अरेबिया, संयुक्त अरब इमिरेट्स्, कुवेत, बहराइन, दक्षिण कोरिया, ओमान, जापान र रोमानिया नेपाली युवाका मुख्य १० रोजगार गन्तव्य हुन्। यसबाहेक अध्ययनका नाममा गत वर्ष १ लाख भन्दा बढी युवा विदेश गएका थिए।
सो छलफलमा उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्का, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारी र परराष्ट्रमन्त्री एनपी साउद सहभागी छन्। यो छलफल मंगलबारसम्म चल्नेछ।

मागपत्र प्रमाणीकरण, जाँचबुझमा रहेका समस्या, वैदेशिक रोजगारीमा हुने ठगी, कार्यस्थलमा श्रमिकले भोगिरहेका समस्या, मानव तस्करी, फ्रि भिषा फ्रि टिकटको कार्यान्वयन, नेपाली नियोगहरुको भूमिका लागायत विषयमा सो छलफल केन्द्रित रहेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ।
यसैगरी, छलफलको अन्त्यमा मंगलबार प्रधानमन्त्री दाहालले सम्बोधन गर्ने तालिका रहेको पनि मन्त्रालयले जानकारी गराएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।