logo

बेलायतको रोजगारीका लागि ३९२ जना नर्सले दिए आवेदन

    597   पटक पढिएको


२४ साउन/अर्थ र व्यापार – बेलायतमा वैदेशिक रोजगारीका लागि हालसम्म ३९२ जना नर्सहरूले आवेदन दिएका छन् ।
नेपाल र बेलायतबीच भएको सम्झौताअनुसार वैदेशिक रोजगार विभागले स्वास्थ्य सहायकको रूपमा नर्सहरूका लागि आवेदन आह्वान गरेको थियो ।
विभागका महानिर्देशक मदन दहालले आवेदनका लागि ३९२ जनाले अनलाइनमार्फत इन्ट्री गरेको बताए । उनीहरूले अनलाइनमा आफ्नो प्रोफाइल बनाएका हुन् । तीमध्ये १० जनाको आवेदन नै परेर स्वीकृति समेत भइसकेको उनको भनाई छ ।
विभागले गत ५ साउनमा नर्सहरूलाई आवेदन आह्वान गरेको थियो । यसका लागि विभागको छुट्टै अनलाइन पोर्टल मार्फत आवेदन दिनुपर्ने व्यवस्था मिलाएको छ । सोही आधारमा मापदण्ड पुरा गरेका नर्सहरूले आवेदन दिन सक्नेछन् ।
त्यसका लागि १९ अक्टोबर २०२३ (२ कार्तिक २०८०) सम्ममा आवेदन दिने म्याद रहेको छ । बेलायतमा करिब १०० जनालाई पठाउने गरी आवेदन आह्वान गरिएको हो । पाइलट प्रोजेक्टको रूपमा पहिलो चरणमा १०० जना नर्सहरू पठाउने र त्यो सफल भएको खण्डमा थप नर्सहरू पठाउने योजना दुवै सरकारको रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।