logo

श्रम स्वीकृति लिएर जोर्डन हिँडेका १५ जना विमानस्थलबाटै किन फर्काइए ? , कामदारको टिकट क्षतिपुर्ती दिन व्यवसायीको माग

    640   पटक पढिएको

२५ असार/अर्थ र व्यापार – वैदेशिक रोजगार विभागबाट श्रम स्वीकृति लिएर जोर्डन हिँडेका १५ जना नेपाली कामदारलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन कार्यालयले आइतबार फर्काईदिएको भन्नेबारे अहिले गम्भिर प्रस्न उब्जिएको छ । विमानस्थलका कर्मचारीसँग सेटिङ मिल्दा पठाउने सेटिङ नमिलेको अवस्थामा यसरी विमान चढ्न लागेका कामदारलाई फार्काईदिनु गलत भएको सम्बन्धीत सरोकारवालाहरुको गुनासो छ ।
वैदेशिक रोजगारीका लागि जोर्डन जान लागेका उनीहरुलाई अध्यागमन विभागले डकुमेन्ट नपुगेको भन्दै फर्काएको हो । आइतबार बिहान १० बजेको एयर अरेबियाको विमानमार्फत जोर्डन जान लागेका १ जना पुरुष र १४ जना महिला सहित १५ जनालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फर्काइदिएको सम्बन्धीत वैदेशिक रोजगार व्यवसायीले जानकारि गराएका हुन ।
सुरक्षित आप्रवासन (सामी) परियोजना मार्फत तालिम लिएर एससीसी मेनपावर कम्पनी मार्फत जोर्डन जान लागेका उनीहरूलाई विमानस्थलस्थित अध्यागमनका कर्मचारीले फर्काएको हो । जोर्डन काम गर्न जानलागेका उनीहरूको वर्किङ भिसा नदेखिएको र मिनिस्ट्रि अफ इन्भस्मेन्टले भिसा जारी गर्ने निकायलाई भिसा रिन्यूको लागि अनुरोध गरेको पत्र मात्र भएकाले प्रस्थान दिन नसकिएको जानकारी सहित उनीहरूलाई फर्काईएको अध्यागले जनाएको छ ।
अध्यागमन ऐन २०४९, अध्यागमन नियमावली, २०५१ तथा अध्यागमन कार्यविधि २०६५ अनुसार उनीहरूले वर्किङ भिसा जारी गरेको नदेखिएको भन्दै प्रस्थान अनुमति नदिएको अध्यागमन कार्यालयले जनाएको छ । उनीहरुलाई जोर्डन पठाउने एससीसी मेनपावरका सञ्चालक अबुल शाहले सबै जना कम्पनीबाटै जारी भएको भिसा लिएर जाने क्रममा अध्यागमनले रोकेको बताए ।
‘उहाँहरूले शुन्य लागमा जोर्डन जान लागेका हुन् । सबै कम्पनीले नै भिसा पठाउने, टिकट समेत कम्पनीले नै काटेर पठाएको थियो । तर, वर्किङ भिसा जारी नभएकाले फर्कायौं भनिरहेको छ । जबकि हामीले वैदेशिक रोजगार विभागको अनलाइन प्रणालीमा सबै कागजात पेश गरेपछि श्रम स्वीकृति दिइएको थियो’ शाहले भने ।
भिसा रिन्यूका लागि अनुरोध भएको भन्दै अध्यागमनले फर्काएको जानकारि गराउँदै उनले उताबाट भिसा जारी भइसकेको प्रष्ट उल्लेख गरिएको तर, अध्यागमनका कर्मचारीले अंग्रेजी नजानेको भरमा कामदारलाई यसरी फर्काउन नहुने उनको भनाई छ ।
आइतबार त्यसरी जाने मध्ये ६ जनाको सेक्युरिटी पास भएर भित्र गइसकेका थिए । तर, ९ जनाको सेक्युरिटी चेक गर्ने क्रममा भिसा जारी नभएको कारण देखाउँदै सबैजनालाई फर्काइदिएको उनको दावी छ ।
जोर्डनको हकमा पेपर भिसा मात्र आउने गरेको भन्दै उनले अध्यागमनले भने अनलाइन हेर्दा भिसा नदेखाएको कारण जनाएर यसरी फर्काएर बर्बाद पारिदिएको सो मेनपावर कम्पनीको दावी छ ।
अध्यागमनले रोकेपछि उनीहरूको उडान रद्ध भएको र जान नपाएपछि उनीहरूलाई अहिले सामीको होस्टेलमा राखिएको सो मेनपावर कम्पनीले जनाएको छ । यस विषयमा श्रम मन्त्रालय, वैदेशिक रोजगार विभाग र नेपाल वैदेशिक रोजगारी व्यवसायी संघलाई समेत जानकारी गराइएको उनले बताए ।
नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष राजेन्द्र भण्डारीले अध्यागमनका कर्मचारीले श्रम स्वीकृति लिएर जाँदै गरेका कामदारलाई रोकेको बारेमा आफुले जानकारी आएको र अहिले सोहीबारेमा अध्यागमनका कर्मचारी लगायत सरोकारवालाहरुसँग आफुहरुको छलफल भईरहेको बताए । उनले अध्यागमन विभागले अनावश्यक दुःख दिएर व्यवसायीलाई आतंकित बनाएको बताए ।
विमानस्थलका कर्मचारीबाट हुने यस्ता कमजोरीप्रति सरकार गम्भिर हुनेपर्ने बताउँदै संघका अध्यक्ष भण्डारीले भने, ‘बिनाकारण फर्काउनु गलत हो। अब कामदारको टिकट क्षतिपुर्ती अध्यागमनले नै दिनपर्छ ।’
एससीसी म्यानपावर कम्पनी मार्फत जोर्डनको बहुर्राष्ट्रिय कम्पनी मास क्रेडा अल सफीमा काम गर्न अनुमति पाएका महिलाहरुलाई अध्यागमनबाट फिर्ता पठाईएको सो मेनपार कम्पनीले जनाएको छ । उनीहरु शून्य लागतमा जोर्डनको रोजगारीमा छनोट भएका हुन् । ती महिला श्रमिकहरुको सबै सेवा शुल्क, भिसा, टिकट, स्वास्थ्य परीक्षण लगायत सम्पूर्ण खर्च रोजगारदाता मुलुकको कम्पनीले नै ब्यहोरेको थियो ।
सो कम्पनीका अनुसार अध्यागमन कार्यालयले वर्किङ भिसा नदेखिएको र जोर्डनको लगानी मन्त्रालयले भिसा नवीकरण गर्न सम्बन्धित निकायलाई अनुरोध गरेको पत्र भएकोले प्रस्थान दिन नसकिएको पत्र दिएको छ । अध्यागमन कार्यालयले रतनकाली घर्तीमगर, तुलसा कुँवर, विना तामाङ, अमनी तिरुवा, अपर्णा सुनुवार, रेनुका विश्वकर्मा, मञ्जु कामी, सुनिता दोङ, सृष्टि कोइराला लगायत १५ जनालाई विमानस्थलबाट फर्काईदिएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।