logo

एकसय जना कामदार पठाउने मापदण्ड हट्छ: श्रममन्त्री भण्डारी

    1044   पटक पढिएको


१७ असार/अर्थ र व्यापार – श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिँह भण्डारीले वार्षिक एकसय जना कामदार पठाउँनै पर्ने मापदण्ड हटाउन सरकारले विशेष पहल गरेको बताएका छन ।
आइतबार काठमाडौमा आयोजित नेपाल वैदेशिक रोजगार व्यवसायी संघको ३१ औं वार्षिकोत्सव तथा स्थापना दिवस कार्यक्रममा मन्त्री भण्डारीले यस्तो बताएका हुन ।
व्यवसायीले माग गरेअनुरुप नै आफुले वार्षिक एकसय जना कामदार पठाउँनै पर्ने मापदण्ड हटाउन ऐन संसोधनकालागि निणर्य गरि मन्त्रिपरिषदमा पठाईसकेको जानकारी गराउँदै उनले व्यवसायीलाई अब यस विषयमा कुरा उठाउनै नपर्ने बताए ।
वैदेशिक रोजगारीको क्षेत्रलाई थप मर्यादित बनाउन स्वयंम व्यवसायी नै दत्तचित्त भएर लाग्नुपर्ने भन्दै उनले सरकारले नयाँ नयाँ श्रम गन्तब्यमुलुकहरुका पुगेर राम्रो आम्दानी गर्ने वतावरण बनाउन सम्बन्धीत देसहरुसितको कुटनीतिक सम्बन्धलाई थप बलियो बनाउने प्रयास गरिरहेको बताए । व्यवसायीलाई एकजुट भएर अघिबड्न आग्रह गर्दै मन्त्री भण्डारीले भने, ‘ सरकारले व्यवसाय गर्ने होइन, व्यवसायीले नै व्यवसाय गर्ने हो । ’
उनले सरकारले सहयोग र पहकार्य मात्र गरिदिने भएकाले व्यवसायीलाई सोही अनुरुप आफ्नो व्यवसायलाई थप मर्यादित र व्यवस्थित बनाउन आग्रह गरे ।
श्रम मन्त्रालयका सचिव केवलप्रसाद भण्डारीले सरकार संघै व्यवसायीको सहयोगि भएकाले आफ्ना समस्या लिएर मन्त्रालयमा आउन आग्रह गरे । उनले आफुले व्यवसायी र कामदारको समस्या समाधानमा आफुले सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।
नेपाल उद्योग वाणिज्य महासंघका बरिष्ठ उपाध्यक्ष अन्जनकुमार श्रेष्ठ र उपाध्यक्ष हेमराज ढकालले पनि वैदेशिक रोजगार व्यवसायी संघका व्यवसायीले उठाएका विविध मागहरु संवोधन गरिदिन सरकारसंग आग्रह गरेका थिए ।
सो कार्यक्रममा संघका अध्यक्ष राजेन्द्र भण्डारीले व्यवसायीले उठाएका जायज मागप्रति सरकारले सहयोग गरिदिनुपर्ने बताएका थिए । संघका तर्फबाट अहिलेसम्म भएका विविध गतिविधीहरुबारे जानकारी गराउँदै अध्यक्ष भण्डारीले वार्षिक एकसय जना कामदार पठाउँनै पर्ने मापदण्ड हटाउन सरकारको ध्यानाकर्षण गराए ।
हाल यस क्षत्रभित्र थुप्रै समस्याहरु रहेको भन्दै उनले कामदार मागपत्रको अनलाईन प्रमाणिकरण, सेवाशुल्क परिमार्जन, एकसय संख्यामा कामदार पठाउनै पर्ने व्यवस्था लगायतका समस्या समाधानका लागि पहल गरिदिन आग्रह गरेका थिए ।
यसैगरि, महासचिव मेघनाथ भुर्तेलले संघ स्थापना दिवसको विशेष कार्यक्रम संचालन गर्दै संघका तर्फबाट अहिलेसम्म भएका विविध प्रयासहरु तथा सरकारका विविभन्न निकायमा भएका गतिविधीहरुका बारेमा बताएका थिए ।
संघले ३१ औं स्थापना दिवसमा आयोजना गरेको रत्तदान कार्यक्रममा झण्डै ४ सय जनाले रक्तदान गरेका थिए । २०४९ सालको १७ साउन स्वर्गिय संस्थापक अध्यक्ष महेन्द्र शेरचनको अध्यक्षतामा सात जना वैदेशिक रोजगार व्यवसायीले स्थापना गरेको संघमा हाल करिब साढे ९ सयभ व्यवसायी आवद्ध भएका छन् । जसमा ७५३ वटा मेनवापर कम्पनीहरु सञ्चालित छन ।
संघले आफ्नो स्थापना दिवसका अवसरमा आइतबार रक्तदान, सांस्कृतिक कार्यक्रम आयोजना गर्नुकासाथै आफ्नो स्थापना दिवसमा विशेष कार्यक्रम गरि संघका पूर्व अध्यक्षहरु तथा अन्य सहयोगी व्यवसायीहरुलाई सम्मान प्रदान गरेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।