logo

धमाधम आउँदै युरोपका विकसित मुलुकहरुमा नेपाली कामदारको डिमान्ड, जर्मनले पनि माग्यो नेपाली कामदार, छिटै सम्झौताको तयारी

    883   पटक पढिएको

३१ जेठ/अर्थ र व्यापार – युरोपका विकसित देश जर्मनले नेपाली कामदार माग गरेको छ । जर्मनको विभिन्न क्षेत्रमा कामदारको अभाव रहेको भन्दै उसले नेपालबाट कामदार लैजाने प्रस्ताव गरेको हो ।
जर्मनको प्रस्ताव स्वीकार गर्दै नेपालले यसकालागि आवश्यक तयारी अगाडि बढाएको छ । जर्मनसँग सम्झौता गरेर नेपाली कामदार पठाउन श्रम,रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले तयारी थालेको हो ।
सम्झौताको ड्राफ्ट तयार पारेर निर्णयका लागि मन्त्रिपरिषदमा पेश गरिएको छ । मन्त्रिपरिषदबाट पारित भएसँगै दुवै देशबीच सम्झौता हुनेछ र नेपाली कामदार लैजाने बाटो खुल्नेछ ।
श्रम, मन्त्रालयका सह–सचिव राजिव पोखरेलले जर्मनको डिमाण्ड अनुसार नेपाली श्रमिक पठाउन खोजिएको बताए । ‘केही हाम्रा मान्छेहरू लैजाने अनि त्यसपछि ट्रेनिङ दिने कुरा भइरहेको छ । उनीहरूले ट्रेनिङसँगै जब दिने कुरा छ,’ पोखरेलले भने ।
जर्मनले केही महिना अगाडि नेपालबाट कामदार लैजाने प्रस्ताव गरेको थियो । उक्त प्रस्तावमा आवश्यक छलफल गर्दै सम्झौताको लागि दुवै देशका अधिकारीहरूबीच ड्राफ्ट तयार पारिएको थियो । सो ड्राफ्ट कानुन र परराष्ट्र मन्त्रालय हुँदै मन्त्रिपरिसदमा पेश हुने प्रक्रियामा रहेको सहसचिव पोखरेलले बताए ।

जर्मनले नेपालबाट सामान्य कामदार लैजाने र उतै काम पनि सिकाउने र जागिर पनि दिनेछ । प्रविधि र अर्थतन्त्रको हिसाबले अग्रपङ्क्तिमा रहेको जर्मनीसँग सम्झौता गर्ने विषयमा नेपाली अधिकारीहरू उत्साहित देखिएका छन् ।
मन्त्रालयका अनुसार जर्मनले लैजाने नेपाली कामदारहरूलाई जर्मन कामदार सरह तलब तथा सेवा–सुविधा उपलब्ध गराउनेछ । सामाजिक सुरक्षा र मानव अधिकारको दृष्टिकोणले समेत राम्रो रहेको जर्मनमा नेपाली कामदारहरूले सीपसँगै राम्रो पुँजी समेत ल्याउन पाउने मन्त्रालयको अपेक्षा छ ।
यसअघि खाडी मुलुकलाई गन्तव्य बनाउँदै आएकोमा अब सरकारले विकल्प खोज्न थालेको छ । युरोपेली देशहरूसँग सम्झौता गरेर नेपाली श्रमिक त्यतातिर पठाउनतिर लागेको उनको भनाई छ । हाल श्रम मन्त्रालयले यस्ता राम्रो आम्दानी हुने युरोपका विभिन्न श्रम गन्तव्यमुलुकहरु सहित थप ७१ वटा नयाँ देसहरुसँग कुटनीतिक सम्झौता गर्ने बताएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।