logo

ईपीएस मार्फत कोरिया जाँदा तोकिए भन्दाबढी भाडा लिनेविरुद्ध उजुरी आह्वान

    738   पटक पढिएको


२१ वैशाख/अर्थ र व्यापार – रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत दक्षिण कोरिया जाँदा तोकिए भन्दा बढी भाडा लिनेविरुद्ध उजुरी आह्वान गरिएको छ ।
इपिएस कोरिया शाखाले तोकिएको भाडादरमा मात्रै हवाई टिक लिन सम्बन्धीत सरोकारवालाहरुलाई एक सूचना मार्फत यस्तो आवहान गरेको हो ।
जसकालागि युनिभर्सल टुर्स एण्ड ट्राभल्स प्रालिले पनि सूचना जारी गर्दै सरकारसँग भएको सम्झौता अनुसार तोकिएको भाडादरमा दक्षिण कोरिया जान अनुरोध गरेको छ ।
गत ३ माघमा वैदेशिक रोजगार विभागको ईपीएस कोरिया शाखा र युनिभर्सल टुर्स एण्ड ट्राभल्स प्रालिबीच भएको सम्झौता अनुसार प्रति यात्रु ८९५ अमेरिकी डलर भाडा निर्धारण गरिएको छ ।
सोही अनुसार राष्ट्र बैंकको प्रचलित विनिमयदरबमोजिम हुन आउने रकम सौझै तोकिएको बैंक खातामा जम्मा गरी टिकट लिन आवहान गरिएको सो शाखा र ट्राभलले जनाएको छ ।
यदि, कसैले तोकिएको रकमभन्दा बढी रकम लिएमा वा लिने प्रयास गरेमा उजुरी गर्न समेत आह्वान गरिएको छ । उजुरी अमेरिकी डलर वैदेशिक रोजगार विभागको ईपीएस शाखा र युनिभर्सल टुर्स एण्ड ट्राभल्स प्रालिको ईपीएस शाखामा गर्न सकिने बताईएको छ ।
यसरी सूचना जारी गर्दा समेत यदि कसैले बढी भाडा लिन्छ भने त्यस्तो व्यक्ति वा कम्पनीमाथी कडा कारबाही हुने भनिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।