logo

चार दशकअघिको कानुन संशोधन गर्न वैदेशिक रोजगार व्यवसायीको माग

    760   पटक पढिएको


८ बैशाख/अर्थ र व्यापार – वैदेशिक रोजगार व्यवसायीहरूले ४० वर्ष अघिको कानुन सच्याउन माग गरेका छन् । वैदेशिक रोजगार व्यवसायी गणतान्त्रिक मञ्चले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिशह भण्डारीलाई भटेर ज्ञापनपत्र बुझाउँदै यस्तो पुरानो कानुन सच्याउन माग गरेको हो ।
उनीहरुले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री भण्डारीलाई ज्ञापनपत्र बुझाउँदै पञ्चालयत कालमा बनेको वैदेशिक रोजगार ऐनले व्यवसायीलाई समस्यामा पारेको भन्दै छतिसक्दो छिटो सच्याउन माग गरेका हुन् ।
पञ्चायत कालमा वैदेशिक रोजगारलाई नियन्त्रण गर्ने प्रस्तावना राखी २०४२ सालमा वैदेशिक रोजगार ऐन जारी भएको थियो । त्यही कानुनको आधारमा वैदेशिक रोजगार व्यवसायले कानुनी वैधता प्राप्त गरेको थियो । बहुदलीय प्रजातन्त्र, लोकतन्त्र हुँदै गणतन्त्रसम्म आई पुग्दा समेत व्यवसायमुखी कानुन तथा राज्यको नीति नहुँदा व्यवसायीहरूलाई मर्का परिरहेको उनीहरूको भनाई थियो ।
मञ्चका अध्यक्ष धनलाल जैसीले पुरानो कानुनका कारण व्यवसायीले आत्मसम्मानसाथ व्यवसाय गर्न नपाएको बताए । उनले रोजगारदाता मुलुकबाट समेत नेपालमा विद्यमान झन्झटिलो कानुनी व्यवस्थाका कारण नेपाली कामदारहरुको विकल्प खोज्न थाली सकेको उनले बताए ।
वर्तमान अवस्थालाई तत्काल सम्बोधन गरी यो क्षेत्रलाई स्वच्छ, पारदर्शी, भरपर्दो र सरल पार्दै जानका लागि कानुन नै संशोधनको माग गरिएको उनले बताए ।
सो भेटमा सहभागी वैदेशिक रोजगार व्यवसायीहरूले वार्षिक १०० जना कामदार पठाउनैपर्ने, एकाघर परिवारले वैदेशिक रोजगार सम्बन्धी अन्य कम्पनी सञ्चालन गर्न नपाउने, एकभन्दा बढी इजाजत नपाउने जस्ता विभेदयुक्त र बाध्यकारी कानुनी व्यवस्था खारेज गर्न माग गरे ।
यसैगरि, उनीहरुले वैदेशिक रोजगारमा पठाए विपत् विश्वव्यापी प्रचलन र छिमेकी मुलुक समेतको कानुनी र प्रचलनलाई मध्यनजर राखी सेवा शुल्क विपत् कामदारले पाउने १ महिनाको तलब बराबर लिन पाउने व्यवस्था गर्न समेत माग गरेका छन ।
हाल ८६० ईजाजतपत्र मेनपावर संस्थाले वैदेशिक रोजगारीमा श्रमिकलाई पठाउँदै आएका छन् । उनीहरूलाई इजाजत दिँदा नगद र बैक ग्यारेण्टी गरी करिव १८ अर्ब रुपैयाँ राज्य कोषमा धरौटी राखिएको जानकारि गराउँदै मञ्चले सरकारसँग यस्तो माग गरेको जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।