logo

चार दशकअघिको कानुन संशोधन गर्न वैदेशिक रोजगार व्यवसायीको माग

    1036   पटक पढिएको


८ बैशाख/अर्थ र व्यापार – वैदेशिक रोजगार व्यवसायीहरूले ४० वर्ष अघिको कानुन सच्याउन माग गरेका छन् । वैदेशिक रोजगार व्यवसायी गणतान्त्रिक मञ्चले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिशह भण्डारीलाई भटेर ज्ञापनपत्र बुझाउँदै यस्तो पुरानो कानुन सच्याउन माग गरेको हो ।
उनीहरुले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री भण्डारीलाई ज्ञापनपत्र बुझाउँदै पञ्चालयत कालमा बनेको वैदेशिक रोजगार ऐनले व्यवसायीलाई समस्यामा पारेको भन्दै छतिसक्दो छिटो सच्याउन माग गरेका हुन् ।
पञ्चायत कालमा वैदेशिक रोजगारलाई नियन्त्रण गर्ने प्रस्तावना राखी २०४२ सालमा वैदेशिक रोजगार ऐन जारी भएको थियो । त्यही कानुनको आधारमा वैदेशिक रोजगार व्यवसायले कानुनी वैधता प्राप्त गरेको थियो । बहुदलीय प्रजातन्त्र, लोकतन्त्र हुँदै गणतन्त्रसम्म आई पुग्दा समेत व्यवसायमुखी कानुन तथा राज्यको नीति नहुँदा व्यवसायीहरूलाई मर्का परिरहेको उनीहरूको भनाई थियो ।
मञ्चका अध्यक्ष धनलाल जैसीले पुरानो कानुनका कारण व्यवसायीले आत्मसम्मानसाथ व्यवसाय गर्न नपाएको बताए । उनले रोजगारदाता मुलुकबाट समेत नेपालमा विद्यमान झन्झटिलो कानुनी व्यवस्थाका कारण नेपाली कामदारहरुको विकल्प खोज्न थाली सकेको उनले बताए ।
वर्तमान अवस्थालाई तत्काल सम्बोधन गरी यो क्षेत्रलाई स्वच्छ, पारदर्शी, भरपर्दो र सरल पार्दै जानका लागि कानुन नै संशोधनको माग गरिएको उनले बताए ।
सो भेटमा सहभागी वैदेशिक रोजगार व्यवसायीहरूले वार्षिक १०० जना कामदार पठाउनैपर्ने, एकाघर परिवारले वैदेशिक रोजगार सम्बन्धी अन्य कम्पनी सञ्चालन गर्न नपाउने, एकभन्दा बढी इजाजत नपाउने जस्ता विभेदयुक्त र बाध्यकारी कानुनी व्यवस्था खारेज गर्न माग गरे ।
यसैगरि, उनीहरुले वैदेशिक रोजगारमा पठाए विपत् विश्वव्यापी प्रचलन र छिमेकी मुलुक समेतको कानुनी र प्रचलनलाई मध्यनजर राखी सेवा शुल्क विपत् कामदारले पाउने १ महिनाको तलब बराबर लिन पाउने व्यवस्था गर्न समेत माग गरेका छन ।
हाल ८६० ईजाजतपत्र मेनपावर संस्थाले वैदेशिक रोजगारीमा श्रमिकलाई पठाउँदै आएका छन् । उनीहरूलाई इजाजत दिँदा नगद र बैक ग्यारेण्टी गरी करिव १८ अर्ब रुपैयाँ राज्य कोषमा धरौटी राखिएको जानकारि गराउँदै मञ्चले सरकारसँग यस्तो माग गरेको जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।