logo

क्षमता अभिवृद्धि तालिमले सेवा प्रभावकारी हुन्छ: वैदेशिक रोजगार व्यवसायी संघ

    1039   पटक पढिएको


६ बैशाख/अर्थ र व्यापार – नेपाल वैदेशिक रोजगार व्यवसायी संघले दुई दिने क्षमता अभिवृद्धि तालिम कार्यक्रमले म्यानपावर कम्पनीहरूले प्रदान गर्ने सेवामा प्रभावकारिता देखिने बताएको छ ।
वैदेशिक रोजगार व्यवस्थापन बोर्डले संघको समन्वयमा व्यवसायीहरूका लागि गत आइतबार र सोमबार काठमाडौमा दुई दिने क्षमता अभिवृद्धि तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको थियो । सो तालिममा सहभागी संघका व्यवसायीहरुले यस्तो बताएका हुन ।
संघका महासचिव मेघनाथ भुर्तेलले दुई दिनमा ८ सय ८० व्यवसायीमध्ये तालिममा ७ सय ५० जना भन्दा बढि सहभागी भएको बताए ।
बजार प्रवद्र्धनका लागि मुलुक बाहिर गएका र काम विशेषले उपत्यका बाहिर गएका बाहेक सबैजसो व्यवसायी कार्यक्रममा सहभागी भएको बताइएको छ ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीले आइतबार उद्घाटन गरेको कार्यक्रम सोमबार समापन गरिएको थियो ।

कार्यक्रममा वैदेशिक रोजगार व्यवसाय सञ्चालनका क्रममा व्यवसायीहरूले दैनिक रूपमा झेलिरहेका समस्या र आगामी दिनमा वैदेशिक रोजगारलाई समय सापेक्ष बनाउँदै रोजगार आकांक्षी युवायुवतीलाई कसरी सहज रूपमा सेवा दिने भन्ने विषयमा महत्वपूर्ण छलफल भएको पनि महासचिव भुर्तेलले जानकारी दिए ।
छलफललाई प्रभावकारी बनाउन मन्त्री शरतसिंह भण्डारी सहित मन्त्रालयका सचिव एकनारायण अर्याल,बोर्ड सचिवालयका कार्यकारी निर्देशक डा.द्वारिका उप्रेती, वैदेशिक रोजगार विभागका महानिर्देशक उमाकान्त आचार्य, वैदेशिक रोजगार काठमाडौं कार्यालयकी प्रमुख पार्वती अर्यालले उल्लेख्य भूमिका निर्वाह गरेको संघले बताएको छ ।

प्रशिक्षकका रूपमा मन्त्रालयका सहसचिव राजिव पोखरेल, विभागका पूर्व महानिर्देशक तथा हाल गृह मन्त्रालयका सहसचिव डा. भीष्मकुमार भुसाल, बोर्डका निर्देशक राजन पौडेल, रमा भट्टराई, सीता दुवाडी लगायतको भूमिका अविस्मरीय रहेको संघले उल्लेख गरेको छ । कार्यक्रममा संघका पूर्व अध्यक्षहरु, सल्लाहकारहरु, विभिन्न घटक संस्थाका अध्यक्षसहित व्यवसायीहरुको सहभागिता थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

महासंघको केन्द्रिय सदस्यमा सागर ढकालको उम्मेदवारी घोषणा

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले वस्तुगत तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । अध्यक्ष ढकालले महासंघको वस्तुगत

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।