logo

महासंघ प्रतिनिधि र राष्ट्रिय योजना आयोगका उपाध्यक्ष श्रेष्ठबीच भेटवार्ता, निर्माण व्यवसायीको ठूलो रकम भुक्तानी रोकिँदा अर्थतन्त्र चलायमान भएन

    750   पटक पढिएको

२७ चैत/अर्थ र व्यापार – राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा.मीनबहादुर श्रेष्ठले निर्माण व्यवसायीहरूको ठूलो रकम भुक्तानी रोकिँदा अर्थतन्त्र चलायमान नभएको स्विकार गरेका छन । उनले निर्माण व्यवसायीहरूको रकम भुक्तानी गर्ने विषयमा सरकार सकारात्मक रहेको जानकारी दिए ।
नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंह नेतृत्वको प्रतिनिधिमण्डलसँगको भेटमा आयोगका उपाध्यक्ष श्रेष्ठले यस्तो जानकारि गराएका हुन । उनले निर्माण उद्योगमा धेरै समस्या रहेको भन्दै सबै मिलेर समस्या समाधान गर्नुपर्ने बताए ।
उनले जग्गा प्राप्ती,बजेट तथा निर्माण सामग्रीको अभाव,समुदायको अवरोध लगायतका समस्याहरूबाट निर्माण व्यवसायीहरू आक्रान्त रहेको बताए । ‘महासंघ जस्तो छाता संगठनले निर्माण व्यवसायीलाई अझ बढी जिम्मेवार बनाउन सक्ने भएकाले महासंघको भूमिका अझ बढी प्रभावकारी हुनुपर्छ’ उपाध्यक्ष श्रेष्ठले भने ।
महासंघका अध्यक्ष रवि सिंहले निर्माण उद्योगको विद्यमान समस्या र समाधानका उपायबारे उपाध्यक्ष श्रेष्ठलाई अवगत गराउँदै सरकारी कार्यशैलीकै कारण निर्माण उद्योग व्यवसायीक हुन नसकेको बताए । बजेटको व्यवस्था नगरी टेण्डर आह्वान गर्ने परिपाटी गलत रहेको भन्दै अध्यक्ष सिंहले निर्माण व्यवसायीले आफ्ने मु्लुकको स्रोत साधन उपभोग गर्न नपाउने परिपाटी अन्त्य हुनुपर्ने बताए ।
सार्वजनिक खरिद ऐन अनुसार व्यवसायीले बीस प्रतिशत मोबिलाइजेशन पेश्की पाउनुपर्ने माग राख्दै उनले मूल्यवृद्धिको मारमा परेका व्यवसायीले राहत नपाएको जानकारी दिए। उनले राष्ट्रिय योजना आयोग जस्तो जिम्मेवार निकाएले कसैको दबामा नपरी निर्भिक भएर काम गर्नुपर्ने सुझाव दिए ।
महासंघ प्रतिनिधिमण्डलमा महासचिव रोशन दाहाल, कार्यालय प्रमुख प्रेम सिंह ऐर लगायत सहभागी भएका थिए । निर्माण उद्योगको विकासका लागि आगामी बजेटमा समेटिनुपर्ने विषयबारे पनि महासंघले आयोगका उपाध्यक्ष श्रेष्ठको ध्यानाकर्षण गराएको थियो । 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।