logo

वैदेशिक रोजगार व्यवसायी नेवाः समाजमा पुनः प्रधान

    1113   पटक पढिएको

२७ चैत/अर्थ र व्यापार – वैदेशिक रोजगार व्यवसायी नेवाः समाजको अध्यक्षमा पुनः किशन प्रधान निर्विरोध निर्वाचित भएका छन् । राजधानीमा सम्पन्न समाजको चौथो वार्षिक साधारण सभाले क्राउन ओभरसिज प्रालिका सञ्चालक प्रधानलाई आगामी दुईवर्षे कार्यकालका लागि पुनः निर्विरोध निर्वाचित गरेको हो ।
समाजको प्रथम उपाध्यक्षमा विजयराज श्रेष्ठ, द्वितीय उपाध्यक्षमा दिनेश श्रेष्ठ र तृतीय उपाध्यक्षमा प्रवीन श्रेष्ठ, महासचिवमा देवेन्द्रनारायण श्रेष्ठ, सचिवमा गगन श्रेष्ठ र कोषाध्यक्षमा मोती लक्ष्मी श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन् । यसैगरि, कार्यसमिति सदस्यहरूमा अमितकुमार श्रेष्ठ, कृष्णभक्त श्रेष्ठ र चन्द्रकुमार श्रेष्ठ निर्वाचित भएका छन् ।
साधारण सभाले समाजको वार्षिक प्रतिवेदन, महासचिवको प्रतिवेदन र लेखापरीक्षण प्रतिवेदन सर्वसम्मतले पारित गरेको छ । नेपाल खुद्रा व्यापार संघका अध्यक्ष तथा नेवाः दवुका पूर्वअध्यक्ष पवित्रकुमार बज्राचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष राजेन्द्र भण्डारी, लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एशोसिएसनका अध्यक्ष कुमुद खनाल, प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्च नेपालका अध्यक्ष जनक रावल, नेपाल वैदेशिक रोजगार व्यवसायी गणतान्त्रिक मञ्चका अध्यक्ष धनलाल जैसीले आ आफ्ना धारणा राखेका थिए ।
यसैगरि, सामाखुसी वैदेशिक रोजगार व्यवसायी एकता समाजका अध्यक्ष हरिबहादुर पाण्डे क्षेत्री, संघका पूर्वअध्यक्ष पुष्प महर्जन,वैदेशिक रोजगार व्यवसायी तमुधीं समाजका अध्यक्ष तीर्थबहादुर गुरूङ, महिला वैदेशिक रोजगार व्यवसायी संघकी अध्यक्ष तथा नेपाली कांग्रेसकी केन्द्रीय सदस्य सीता देवकोटा, नेपाल मगर व्यवसायी समाजका अध्यक्ष पदमबहादुर आले, नेपाल तामाङ व्यवसायी समाजका अध्यक्ष मिन तामाङ, जापान इम्प्लोइमेन्ट कोअर्डिनेशन काउन्सिल (जेईसीसी)का अध्यक्ष मदन महत, समाजवादी वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष अख्तर हुसेन, नेपाल मुस्लिम वैदेशिक रोजगार व्यवसायी समाजका अध्यक्ष मल्जुम मियाँ, नेपाल वैदेशिक रोजगार व्यवसायी विश्वकर्मा समाज तथा धौलाश्री समाजमा अध्यक्ष त्रिलोक चन्द विश्वास विक लगायतले यस नयाँ कार्यसमितिको सफलताको कामना गरे ।
सो कार्यक्रममा सहभागी वैदेशिक रोजगार व्यवसायीहरूले मागपत्र प्रमाणीकरणमा रहेको पक्षपात र भेदभाव रोक्न तथा सेवा शुल्क परिमार्जन, संख्या सयलगायतका समस्या समाधान गर्न वैदेशिक रोजगार ऐनको संशोधन, महिला वैदेशिक रोजगार व्यवसायीले भोग्नु परेका समस्या, घरेलु कामदार पठाउन व्यवधान, अनधिकृत युट्युबरहरूले सिर्जना गरेको अशान्ति र असुरक्षा, साउदी दूतावास समस्या लगायतका विषयमा आवाज उठाएका थिए । उनीहरुले संघका अध्यक्ष भण्डारीको ध्यानाकर्षण गराउँदै व्यवसायी एकताका पक्षमा काम गर्न आग्रह गरे ।
नेपाल बैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष राजेन्द्र भण्डारीले आफू संघलाई संस्थागत पद्धतिमा सञ्चालन गरी पूर्वअध्यक्षहरू समेतलाई राखी छलफल गरेर अघि बढ्न चाहेको बताए । उनले सेवा शुल्क परिमार्जन व्यवसायीको पहिलो ऐजेण्डा भएकाले कामदारको एक महिनाको तलब बराबरको रकम लिन पाउने व्यवस्थाका लागि सरकारी पक्षलाई दबाब दिने बताए ।
सोही कार्यक्रममा वैदेशिक रोजगार व्यवसायी संघका पूर्व अध्यक्ष पुष्पलाल महर्जनलाई वैदेशिक रोजगार क्षेत्रमा पु¥याएको येगदानको कदरस्वरुप दोसल्ला ओढाएर सम्मान गरिएको थियो भने नेवाः समाजलाई आर्थिक सहयोग गर्ने संस्था र व्यवसायीलाई पनि सम्मानपत्र सहित सम्मान गरिएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।