logo

वैदेशिक रोजगारीको क्षेत्रलाई थप व्यवस्थित र मर्यादित बनाइन्छ:नवनियुक्त श्रममन्त्री भण्डारी

    1026   पटक पढिएको


१९ चैत/अर्थ र व्यापार– नवनियुक्त श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले वैदेशिक रोजगारीको क्षेत्रलाई थप व्यवस्थित, मर्यादित र सम्मानित बनाइने प्रतिबद्धता व्यक्त गरेका छन् ।
नवनियुक्त श्रममन्त्री भण्डारीले सिंहदबारस्थित मन्त्रालयमा पुगेर आफ्नो पदबहाली गर्ने क्रममा यस्तो प्रतिबद्धता व्यक्त गरेका हुन् । उनले स्वदेशमै रोजगारी सिर्जना तथा वैदेशिक रोजगारीलाई थप व्यवस्थित, मर्यादित र सम्मानित बनाउनेतर्फ आफूले सक्दो प्रयास गर्ने बताए ।
मुलुकलाई आर्थिक रूपले समृद्ध बनाउनका लागि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले योगदान गर्न सक्नेगरी मन्त्रालयलाई सञ्चालन गरिने बताए ।
अहिले मन्त्रालयले गरिरहेका सम्पूर्ण कामकारबाहीलाई पुनरावलोकन गरिने बताउँदै उनले सीपयुक्त दक्ष जनशक्तिलाई वैदेशिक रोजगारीमा पठाउन पहल गरिने बताए ।
आफ्नो पदबहालीका क्रममा मन्त्री भण्डारीले अभिमुखीकरण सेवा प्रदायक संस्थाका काम कारबाहीलाई थप प्रभावकारी बनाउन कार्यदल गठन गर्नेसम्बन्धी निर्णयसमेत गरेका छन् ।
उनले आफ्नो लक्ष्यमा साथ दिन मन्त्रालयका सम्पूर्ण कर्मचारीलाई आग्रह गरे । उनले यस मन्त्रालय र मातहतमा भएका कर्मचारीसँगको आपसी सहकार्यबाट नै देशले खोजेको लक्ष्य प्राप्तिमा पुगिने भएकाले सबैको साथ र सहकार्यबाट नै आफू अघि बढ्ने बताए ।
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)बाट श्रममन्त्री बनेका भण्डारीले यसअघि पनि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलगायत विभिन्न मन्त्री भई आफ्नो जिम्मेवारी पूरा गरिसकेका छन् । अहिले भण्डारी १६ औं पटक श्रम मन्त्री भएका हुन । त्यसैले, नवनियुक्त श्रममन्त्री भण्डारी अनुभवी मन्त्रीका रूपमा चिनिन्छन् ।
श्रममन्त्री भण्डारी गत मंसिरमा सम्पन्न प्रतिनिधिसभाको निर्वाचनमा लोसपाबाट महोत्तरी क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।