logo

वैदेशिक रोजगारीको क्षेत्रलाई थप व्यवस्थित र मर्यादित बनाइन्छ:नवनियुक्त श्रममन्त्री भण्डारी

    752   पटक पढिएको


१९ चैत/अर्थ र व्यापार– नवनियुक्त श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले वैदेशिक रोजगारीको क्षेत्रलाई थप व्यवस्थित, मर्यादित र सम्मानित बनाइने प्रतिबद्धता व्यक्त गरेका छन् ।
नवनियुक्त श्रममन्त्री भण्डारीले सिंहदबारस्थित मन्त्रालयमा पुगेर आफ्नो पदबहाली गर्ने क्रममा यस्तो प्रतिबद्धता व्यक्त गरेका हुन् । उनले स्वदेशमै रोजगारी सिर्जना तथा वैदेशिक रोजगारीलाई थप व्यवस्थित, मर्यादित र सम्मानित बनाउनेतर्फ आफूले सक्दो प्रयास गर्ने बताए ।
मुलुकलाई आर्थिक रूपले समृद्ध बनाउनका लागि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले योगदान गर्न सक्नेगरी मन्त्रालयलाई सञ्चालन गरिने बताए ।
अहिले मन्त्रालयले गरिरहेका सम्पूर्ण कामकारबाहीलाई पुनरावलोकन गरिने बताउँदै उनले सीपयुक्त दक्ष जनशक्तिलाई वैदेशिक रोजगारीमा पठाउन पहल गरिने बताए ।
आफ्नो पदबहालीका क्रममा मन्त्री भण्डारीले अभिमुखीकरण सेवा प्रदायक संस्थाका काम कारबाहीलाई थप प्रभावकारी बनाउन कार्यदल गठन गर्नेसम्बन्धी निर्णयसमेत गरेका छन् ।
उनले आफ्नो लक्ष्यमा साथ दिन मन्त्रालयका सम्पूर्ण कर्मचारीलाई आग्रह गरे । उनले यस मन्त्रालय र मातहतमा भएका कर्मचारीसँगको आपसी सहकार्यबाट नै देशले खोजेको लक्ष्य प्राप्तिमा पुगिने भएकाले सबैको साथ र सहकार्यबाट नै आफू अघि बढ्ने बताए ।
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)बाट श्रममन्त्री बनेका भण्डारीले यसअघि पनि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलगायत विभिन्न मन्त्री भई आफ्नो जिम्मेवारी पूरा गरिसकेका छन् । अहिले भण्डारी १६ औं पटक श्रम मन्त्री भएका हुन । त्यसैले, नवनियुक्त श्रममन्त्री भण्डारी अनुभवी मन्त्रीका रूपमा चिनिन्छन् ।
श्रममन्त्री भण्डारी गत मंसिरमा सम्पन्न प्रतिनिधिसभाको निर्वाचनमा लोसपाबाट महोत्तरी क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।