logo

वैदेशिक रोजगार व्यवसायी संघको अध्यक्षमा भण्डारी र महासचिवमा भुर्तेत बिजयी

    802   पटक पढिएको


७ माघ/अर्थ र व्यापार – नेपाल वैदेशिक रोजगार व्यवसायी संघको अध्यक्षमा राजेन्द्र भण्डारी भारी मतकासाथ बिजयी भएका छन । शुक्रबार काठमाडौमा सम्पन्न भएको संघको २९ औं साधारण सभापछिको निर्वाचनबाट नेकपा एमाले निकट प्रगतिशील वैदेशिक रोजगार व्यावसायी मञ्च नेपालका अध्यक्ष एवं अरोरा ह्युमन रिसोर्स प्रालिका सञ्चालक भण्डारी भारी मत ल्याएर बिजयी भएका हुन।
भण्डारीले आफुसँगै भिन्दाभिन्दा समुह बनाएर चुनावी प्रतिस्पर्धामा उत्रिएका अन्य तिनजना अध्यक्षका प्रत्यासी व्यवसायीहरुलाई भारी मतले उछिनेर संघको अध्यक्षमा निर्वाचित भएका हुन । भण्डारीले आफ्ना निकटम प्रतिस्पर्धी नेपाली कांग्रेस निकट संयुक्त लोकतान्त्रिक व्यावसायिक समुहका भुवनसिंह गुरुङको भन्दा ४२ मत बढी ल्याएर संघ अध्यक्षमा बिजयी हाँसिल गरेका हुन ।
सो निर्वाचनको शनिबार बिहान सम्पन्न मतगणनाको अन्तिम मतपरिणाम अनुसार भण्डारीले १९९ मत प्राप्त गरी संघ अध्यक्षमा बिजयी भएका हुन । भण्डारीका प्रत्यासी अध्यक्षका प्रतिस्पर्धी गुरुङले कुल १५७ मत ल्याएका थिए ।
अन्य दुई अध्यक्षका उम्मेदवारहरु कुमुद खनालले जम्मा १३१ मत र इश्वर जिसीले जम्मा १२८ मत ल्याएका थिए ।
सो निर्वाचनबाट संघको प्रथम उपाध्यक्षमा डिक बहदुर खत्री (कुमार), दितिय उपाध्यक्षमा सन्जु गुरुङ , तृतिय उपाध्यक्षमा रोशन कटुवाल, महासचिवमा मेघनाथ भुर्तेल, सचिबमा कर्णराज कटुवाल, कोषाध्यक्षमा सरिता घले बिजयी भएका छन ।
काँग्रेस आधिकारिक निकट लोकतान्त्रिक खनाल समुहबाट महासचिवमा बिजयी भएका भुर्तेलले २ सय ६३ मत ल्याएर निर्वाचित भएका हुन । निलकमल ह्यूमेन रिसोर्स प्रालिका संचालक भुर्तेल यसअघि संघको सचिवमा निर्वाचित भएका थिए । उनका अन्य दुईजना प्रतिस्पर्धी उम्मेदवारहरु मिलन कट्टेलले जम्मा १८३ मत र मधुकर रिजालले जम्मा १ सय ५६ मत मात्र ल्याएका थिए । महासचिव बाहेक अन्य पदाधिकारीहरुमा अध्यक्षमा निर्वाचित भण्डारी समुहका व्यवसायी नै बिजयी भएका छन ।
यसैगरि, संघको कर्यसमिति सदस्यहरुमा राजेन्द्र बस्नेत, बैकुण्ठ प्रसाद पौडेल (वैभव), देउमान नेम्वाङ (डिएम सुब्बा), आनन्दप्रसाद कोइराला, बिक्रम श्रेष्ठ, देविमाया थापा, कैलाश पाठक, नारायण भुसाल, तोरणकुमार कार्की र चन्द्रबहादुर लिम्बु बिजयी भएका छन्।
संघको २९ औं वार्षिक साधारण सभा उद्घाटन कार्यक्रम र बन्द पत्र सकिएको केही बेरपछि शुक्रबार साँझ ५ बजेबाट मतदान प्रक्रिया सुरु भएको थियो । मतदान कार्य राती सवा ८ बजे सकिएको थियो । कुल ६९२ मतदाता रहेको संघको यस निर्वाचनमा जम्मा ६४० मत खसेको थियो । कुल मतदाता संख्या मध्ये ५२ मत नखसेको संघ निर्वाचन समितिले जनाएको छ । निर्वाचन समितिका अनुसार राती साढे ९ बजेबाट सुरु भएको यस निर्वाचनको मत परिणाम भने शनिबार बिहान मात्र सार्वजनिक भएको थियो ।
सो निर्वाचनमा आफ्ना विभिन्न प्रतिवद्धता एवं एजेन्डा सहित व्यवहारिक वैदेशिक रोजगार ऐन परिमार्जन एवं ‘सुरक्षित व्यवस्थित र मर्यादित’ वैदेशिक रोजगारको नारा लिएर अध्यक्षमा निर्वाचित भण्डारी नेतृत्वको व्यवसायीक समुह चुनावी मैदानमा उत्रिएको थियो ।
संघ अध्यक्षमा बिजयी भएसँगै भण्डारीले सरकारले एकतर्फी रुपमा वैदेशिक रोजगार सम्बन्धी नीति नियम लागू गर्दै समग्र वैदेशिक रोजगार व्यवसायीलाई धराशायी पारेको र विनाकसुर व्यवसायीलाई दुख दिने क्रम बढेसँगै समग्र व्यवसायीक हकहितका लागि आफु नेतृत्वको व्यवसायीक समुहले काम गर्ने बताए ।
यसअघि संघमा स्वार्थकेन्द्रित व्यक्तिहरुको हावी हुँदा व्यवसायीका समस्या ओझेलमा परेको र सरकारले पनि संधैै व्यवसायीमाथि अनावश्यक नीति नियम लादेर दुःख दिने काम गरेको स्मरण गर्दै नवनिर्वाचित अध्यक्ष भण्डारीले भने, ‘व्यवसायीका समस्या समाधनकै लागि प्रगतीशिल वैदेशिक रोजगार व्यवसायी मञ्चको तर्फबाट मेरो नेतृत्वलाई यस संघका सदस्यहरुले बिजयी गराएका हुन् अब म सम्पूर्ण व्यवसायीको चाँहना अनुसारको काम गर्न लाग्ने छु।’
यसैगरि, नवनिर्वाचित अध्यक्ष भण्डारीले व्यवसायिक एकता र पेशागत हकहित संरक्षणका लागि यस निर्वाचनबाट आफ्नो नेतृत्वलाई सम्पूर्ण व्यवसायीले मत दिएर बिजयी गराएकोमा सबैलाई धन्यावाद दिए । उनले अब आफुले सम्पूर्ण व्यवसायीक एकताकासाथ आम व्यवसायीका मुद्दा उठाई समस्या समाधान गर्न लागिपर्ने प्रतिवद्धता व्यक्त गरे ।
वैदेशिक रोजगार ऐन तथा नियमावलीमा राखिएको फ्री भिसा तथा फ्रि टिकट, घरेलु कामदार कार्यबिधि २०७२ का विभिन्न अव्यवहारिक सरकारी एवं प्रशासनिक निर्णयहरु र निहित स्वार्थका कारण वैदेशिक रोजगारीको क्षेत्रमा समस्या देखिएको भन्दै उनले अब यस्ता गलत एवं अव्यवहारिक निर्णयहरुलाई सच्याउँदै व्यवसायिक यात्रालाई समयानुकूल बनाउन आफ्नो यो निर्वाचित समुहले पहल गर्ने बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।