logo

बाध्यात्मक वैदेशिक रोजगारीको अन्त्य गर्छौं : नवनियुक्त श्रममन्त्री अर्याल

    1316   पटक पढिएको


३ माघ/अर्थ र व्यापार – नवनियुक्त श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद (डिपी) अर्यालले रोजगारीका लागि बाध्यताले विदेश जानुपर्ने अवस्थाको अन्त्य गर्ने बताएका छन् ।
मंगलबार मन्त्रालयमा पदभार ग्रहणगरेपछि नवनियुक्त श्रममन्त्री अर्यालले यस्तो बताएका हुन । उनले स्वदेशमा भनेजस्तो काम नपाएपछि आफ्ना घरपरिवार पाल्नकालागि सामान्य आम्दानीकालागि पनि विदेशीनुपर्ने बाध्यात्मक अवस्थाको अन्त्य गर्ने दाबी गरे । रोजगारीका लागि विदेशिनु नै पर्ने अवस्था रहेमा त्यस्ता व्यक्तिहरुको आत्मसम्मन र सुरक्षाको प्रत्याभूति सरकारले गर्ने उनले बताए ।
आफु काममा विश्वास गर्ने व्यक्ति भएकाले गर्नेमा नै विशेष जोडदिने बताउँदै मन्त्रि अर्यालले भने, ‘ काम गरेरै त्यसलाई चिर्ने हो । यो जिम्मेवारीमा चुनौती छ र त्यसको सामना गरेर नतिजा निकाल्न सकिन्छ । यस मन्त्रालयमा धेरै कामहरु छन् । म काम आएको हुँ । आफ्नो काम इमान्दारीपूर्वक पुरा गर्छु ।’
उनले सबैभन्दा पहिले आफुले स्वदेशमा रोजगारी सिर्जना गर्न के–के गर्नुपर्छ भनेर त्यसमा लाग्ने, त्यसका लागि मातहतका विभाग, बोर्ड लगायतबाट अध्ययन गरेर दुर्गामी नीतिगत परिमार्जन गरी स्वदेशमै रोजगारी सिर्जना गर्नेतर्फ अघि बढ्ने बताए । र्छौं ।
वैदेशिक रोजगारीमा रहेका नेपालीले पनि नयाँ श्रममन्त्रीसँग केही आशा होला होलान । त्यसैले अब आफुले यो जिम्मेवारीमा बसेपछि अवस्य पनि सबै नेपालीको साझा मान्छे हुनेगरि काम गर्ने भन्दै उनले आफुले सबैको हित र राम्रोका लागि काम गर्ने बताए ।
स्वदेशका बेरोजगार जनशक्तिलाई रोजगारी दिन र विदेशमा रहेकाहरुको समस्यालाई अध्ययन गराएर काम गर्ने प्रतिवद्धता व्यक्त गर्दै उनले स्वदेशमा जागिर नपाएर विदेशिनु पर्ने अवस्था अन्त्यका लागि गम्भीर आफु निकै गम्भिर भएको बताए । बाध्यताले विदेश जानु पर्ने अवस्थाको अन्त्यका लागि सरकारले देखिने काम गर्छ भन्दै उनले विदेश जानै पर्नेहरुका लागि उनीहरुको आत्मसम्मान र सुरक्षाको प्रत्यभूति सरकारले दिने दावी गरे ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।