logo

मन्त्रालयले पुनः थाल्यो श्रमिकसँग श्रममन्त्री कार्यक्रम, विदेशबाट नेपाली कामदारले मन्त्रीलाई सुनाए आफ्ना गुनासा

    1212   पटक पढिएको

२६ मंसिर/अर्थ र व्यापार – श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले पुनः ‘श्रमिकसँग श्रममन्त्री कार्यक्रम थालनी गरेको छ । गत ४ मंसिरमा सम्पन्न प्रतिनिधि सभा तथा प्रदेशसभा निर्वाचनका कारण केही समय स्थगित गरिएको सो कार्यक्रम श्रम मन्त्रालयले आइतबारदेखि पुनः सुरू गरेको हो ।
वैदेशिक रोजगारीमा रहेका नेपाली कामदारलाई विभिन्न देसको रोजगारदाता कम्पनीबाट हुने गरेको विविध समस्याबारे जानकारि लिएर तत्काल एक्सनमा जाने उदेस्यले सञ्चालिन श्रमिकसँग श्रममन्त्री कार्यक्रम आइतबार बिहान ११ बजेदेखि १२ बजेसम्म मन्त्रालयको कल सेन्टरमा सञ्चालन भएको थियो ।
वैदेशिक रोजगारीमा रहेका नेपाली कामदारलाई सिधै आफ्ना समस्या सरकारलाई सुनाउन सक्ने सहज व्यवस्था गरिएको ‘श्रमिकसँग श्रममन्त्री’ कार्यक्रममा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरलाई विभिन्न देशबाट आपतमा परेका नेपाली कामदारले फोनमार्फत प्रत्यक्ष आफ्ना गुनासा, समस्या एवं सुझाव राखेका थिए ।
सो कार्यक्रममा मन्त्री कुँवरसँग प्रत्यक्ष फोन मार्फत कुरा गर्दै देश विदेशबाट विभिन्न १० जना कामदारले आफ्ना गुनासा, समस्या र सुझाव राखेका थिए । सो बेला मन्त्रीसँग श्रमिकहरूले वैदेशिक रोजगारीमा ठगिएका सबैभन्दा बढी गुनासा र समस्या राखेका छन्।
मन्त्री कुँवरसँग श्रमिकले सम्झौताअनुसार विदेशमा आफूले तलब सुविधा नपाइएको, विदेश पठाउँछु भनेर ७ लाख ५० हजार रुपैयाँसम्म रकम लिएको गुनासा सुनाएका थिए ।
आइतबारको कार्यक्रममा टेलिफोन मार्फत मन्त्री कुँवरलाई दुवई, मलेसिया, साउदीलगायतका देशमा रोजगारीका लागि जाँदा ठगिएको गुनासा बढी सुनाएका थिए । एकजना श्रमिकले सुर्खेतबाट फोन गर्दै आफूलाई क्यानडा पठाइदिने भन्दै करिब ६ लाख रुपैयाँ ठगेको गुनासो मन्त्री कुँवरलाई सुनाएका थिए।
आइतबारको सो कार्यक्रममा विभिन्न समस्यामा परेका १० जना श्रमिकका गुनासा र समस्या सुनेपछि उनीहरुलाई जवाफ दिनेक्रममा मन्त्री कुँवरले वैदेशिक रोजगारीकालागि विदेश जानुपुर्व आफु जान लागेको देश, आफूले त्यहाँ पुगेर गर्ने काम, रोजगारदाता मुलुकबाट पाउने सेवा सुविधा, पठाउने म्यानपावर वा व्यक्तिबारे राम्ररी बुझनुपर्ने बताएका थिए । उनले कामदारलाई आफु विदेश जानुभन्दा अघि नै यस्ता सुविधाबारे राम्रो जानकारी लिने र यदि कसैलाई पैसा तिरेको भए त्यसको प्रमाण आफुसित सुरक्षीत राख्ने लगायतका कुरामा ध्यानु दिनुपर्नेमा जोड दिएका थिए ।
यसैगरि,मन्त्री कुँवरले श्रमिकका तत्काल समाधान हुने गुनासा र समस्याबारे सम्बन्धित निकायबाट समाधान खोजिने आश्वासन समेत दिए ।
सो कार्यक्रममा मन्त्री कुँवरले श्रमिकका समस्या र सवालबारे तत्कालै बुझेर समाधानका लागि पहल गरिदिन वैदेशिक रोजगार विभाग र वैदेशिक रोजगार व्यवस्थापन बोर्डका सम्बन्धित व्यक्तिलाई निर्देशन दिएका थिए । उनले यो कार्यक्रममा समस्यामा परेका नेपाली कामदारले कुनै डर र संकोच नमानिकन कुरा गर्न पाउने भएकाले जतिसक्दो छिटो लाभ लिन सम्बन्धीत सरोकारवाला एवं कामदारलाई आग्रह गरेका छन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।