logo

मन्त्रालयले पुनः थाल्यो श्रमिकसँग श्रममन्त्री कार्यक्रम, विदेशबाट नेपाली कामदारले मन्त्रीलाई सुनाए आफ्ना गुनासा

    928   पटक पढिएको

२६ मंसिर/अर्थ र व्यापार – श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले पुनः ‘श्रमिकसँग श्रममन्त्री कार्यक्रम थालनी गरेको छ । गत ४ मंसिरमा सम्पन्न प्रतिनिधि सभा तथा प्रदेशसभा निर्वाचनका कारण केही समय स्थगित गरिएको सो कार्यक्रम श्रम मन्त्रालयले आइतबारदेखि पुनः सुरू गरेको हो ।
वैदेशिक रोजगारीमा रहेका नेपाली कामदारलाई विभिन्न देसको रोजगारदाता कम्पनीबाट हुने गरेको विविध समस्याबारे जानकारि लिएर तत्काल एक्सनमा जाने उदेस्यले सञ्चालिन श्रमिकसँग श्रममन्त्री कार्यक्रम आइतबार बिहान ११ बजेदेखि १२ बजेसम्म मन्त्रालयको कल सेन्टरमा सञ्चालन भएको थियो ।
वैदेशिक रोजगारीमा रहेका नेपाली कामदारलाई सिधै आफ्ना समस्या सरकारलाई सुनाउन सक्ने सहज व्यवस्था गरिएको ‘श्रमिकसँग श्रममन्त्री’ कार्यक्रममा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरलाई विभिन्न देशबाट आपतमा परेका नेपाली कामदारले फोनमार्फत प्रत्यक्ष आफ्ना गुनासा, समस्या एवं सुझाव राखेका थिए ।
सो कार्यक्रममा मन्त्री कुँवरसँग प्रत्यक्ष फोन मार्फत कुरा गर्दै देश विदेशबाट विभिन्न १० जना कामदारले आफ्ना गुनासा, समस्या र सुझाव राखेका थिए । सो बेला मन्त्रीसँग श्रमिकहरूले वैदेशिक रोजगारीमा ठगिएका सबैभन्दा बढी गुनासा र समस्या राखेका छन्।
मन्त्री कुँवरसँग श्रमिकले सम्झौताअनुसार विदेशमा आफूले तलब सुविधा नपाइएको, विदेश पठाउँछु भनेर ७ लाख ५० हजार रुपैयाँसम्म रकम लिएको गुनासा सुनाएका थिए ।
आइतबारको कार्यक्रममा टेलिफोन मार्फत मन्त्री कुँवरलाई दुवई, मलेसिया, साउदीलगायतका देशमा रोजगारीका लागि जाँदा ठगिएको गुनासा बढी सुनाएका थिए । एकजना श्रमिकले सुर्खेतबाट फोन गर्दै आफूलाई क्यानडा पठाइदिने भन्दै करिब ६ लाख रुपैयाँ ठगेको गुनासो मन्त्री कुँवरलाई सुनाएका थिए।
आइतबारको सो कार्यक्रममा विभिन्न समस्यामा परेका १० जना श्रमिकका गुनासा र समस्या सुनेपछि उनीहरुलाई जवाफ दिनेक्रममा मन्त्री कुँवरले वैदेशिक रोजगारीकालागि विदेश जानुपुर्व आफु जान लागेको देश, आफूले त्यहाँ पुगेर गर्ने काम, रोजगारदाता मुलुकबाट पाउने सेवा सुविधा, पठाउने म्यानपावर वा व्यक्तिबारे राम्ररी बुझनुपर्ने बताएका थिए । उनले कामदारलाई आफु विदेश जानुभन्दा अघि नै यस्ता सुविधाबारे राम्रो जानकारी लिने र यदि कसैलाई पैसा तिरेको भए त्यसको प्रमाण आफुसित सुरक्षीत राख्ने लगायतका कुरामा ध्यानु दिनुपर्नेमा जोड दिएका थिए ।
यसैगरि,मन्त्री कुँवरले श्रमिकका तत्काल समाधान हुने गुनासा र समस्याबारे सम्बन्धित निकायबाट समाधान खोजिने आश्वासन समेत दिए ।
सो कार्यक्रममा मन्त्री कुँवरले श्रमिकका समस्या र सवालबारे तत्कालै बुझेर समाधानका लागि पहल गरिदिन वैदेशिक रोजगार विभाग र वैदेशिक रोजगार व्यवस्थापन बोर्डका सम्बन्धित व्यक्तिलाई निर्देशन दिएका थिए । उनले यो कार्यक्रममा समस्यामा परेका नेपाली कामदारले कुनै डर र संकोच नमानिकन कुरा गर्न पाउने भएकाले जतिसक्दो छिटो लाभ लिन सम्बन्धीत सरोकारवाला एवं कामदारलाई आग्रह गरेका छन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।