logo

मलेसियामा विदेशी कामदार आपूर्ति गर्न आवेदन दिनेको चाप बढ्यो

    1064   पटक पढिएको

१६ भदौ/अर्थ र व्यापार – कोरोना विश्व महामारिको प्रभावका कारण वैदेशिक रोजगारीमा नेपाली कामदार पठाउन नपाएको धेरै समयपछि बल्ल मलेसियामा विदेशी कामदार आपूर्ति गर्न आवेदन दिनेको चाप बढेको छ ।
अहिले विदेशी कामदार आपूर्तिका लागि आवेदन दिनेको चाप बढेपछि मलेसियाको मानव संशाधन मन्त्रालयलाई रोजगारदाताहरूको माग सम्बोधन एवं व्यवस्थापन गर्न समस्या परेको छ ।
हाल नेपाली लगायत विदेशी कामदार लैजान चाँहने रोजगारदाताहरूको चाप बढेपछि त्यहाँको मन्त्रालयले उनीहरूसँगका प्रारम्भिक अन्तर्वार्तालाई समेत कम्तीमा एक सातापछिको समय दिने गरेको छ ।
मन्त्रालयले एप्वाइन्टमेन्ट दिएका रोजगारदातालाई पनि केही समयपछि तोकिएको मितिमा सम्पर्क गर्न भनेको छ । गत आइतबार तिनसय रोजगारदाताले प्रारम्भिक अन्तर्वार्ताका लागि समय पाएको भएपनि आधा भन्दा बढीलाई बीचबाटै फर्काइएको सो मन्त्रालयले जनाएको छ ।
कोरोना विश्व महामारीका कारण अन्तर्राष्ट्रिय सीमा बन्द गरी दुईवर्षदेखि विदेशी कामदारको आवागमन बन्द गरेकोे मलेसियाले हाल विदेशी कामदारका लागि आफ्नो ढोका पुनः खोलिदिएपछि ठूलो संख्यामा आवेदन प्राप्त भएकाले भीड बढेको जनाएको छ ।
यस्तो भीड नियन्त्रण गर्न संख्या तोकेर आवेदन माग गरेको भन्दा कम कोटा प्राप्त गर्ने रोजगारदाताले पुनः आवेदन गर्नुपरेका कारण आवेदनको संख्यामा वृद्धि भएको मलेसियाको मानव संशाधन मन्त्रालयले जनाएको छ ।
सो मन्त्रालयले रोजगारदाताहरूलाई नयाँ आवेदन पेस गर्नुअघि स्वीकृत पाएको सबै संख्यामा विदेशी कामदार ल्याउन आग्रह गरेको छ ।
मलेसिया नेपाली कामदारको पनि आकर्षक श्रम गन्तव्य मुलुक हो । पछिल्लो समय मलेसियामा आप्रवासी कामदारको न्यूनतम तलब वृद्धि भएपछि हाल त्यहाँ जान नेपाली कामदारको आकर्षण निकै बढेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।