logo

तलब आयोगका पदाधिकारीले बुझे नियुक्तपत्र, सबैलाई न्याय गर्न अर्थमन्त्रीको आग्रह

    1419   पटक पढिएको

१५ भदौ/अर्थ र व्यापार – अर्थमन्त्री जनार्दन शर्माले राष्ट्रसेवक कर्मचारी र श्रमिकहरूको न्यूनतम तलब, भत्ता तथा पारिश्रमिक पुनरावलोकन गर्न बनेको उच्चस्तरीय तलब सुविधा आयोगका संयोजक तथा सदस्यहरूलाई नियुक्तिपत्र प्रदान गरेका छन् ।
मंगलबार अर्थ मन्त्रालयमा आयोजित एक कार्यक्रमकाबीच मन्त्री शर्माले आयोगका नवनियुक्त संयोजक तथा दुई सदस्यलाई नियुक्तिपत्र प्रदान गरेका हुन् ।
चालु आर्थिक वर्ष २०७९÷२०८० बजेटको बुदा नम्बर ३६७ मा ‘रास्ट्र सेवक कर्मचारीको न्युनतम तलब र सुबिधा पुनरावलोकन गर्न र श्रमिकहरुको तलब सुबिधाको अध्ययन गरि नेपाल सरकारलाइ सिफारिस गर्न एक उच्चस्तरिय तलब सुबिधा आयोग गठन गरिनेछ’ भन्ने व्यवस्था अनुसार अर्थमन्त्रि शर्माको प्रस्तावमा मन्त्रिपरिषदले गत ६ भदौमा यो आयोग गठन गरेको थियो ।
यो आयोग पूर्व मुख्यसचिव लीलामणि पौड्यालको संयोजकत्वमा गठन भएको हो । संयोजक पौड्याल सहित सदस्यहरू पूर्व सचिव विमल वाग्ले र नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक शिवनाथ पाण्डेलाई मंगलबार नियुक्तिपत्र प्रदान गरिएको हो ।
यस आयोगले नेपाल सरकारले निर्धारण गरेको मर्यादाक्रम बमोजिम राष्ट्रसेवक कर्मचारीहरूको तलबमान समायोजन गर्न सिफारिस गर्नेछ । यसैगरि,देसभरका सम्पूर्ण कामदार÷श्रमिकहरूको पारिश्रमिक, सेवा तथा सुविधाका मापदण्डहरु पनि सिफारिस गर्नेछ ।
नेपाल सरकारले आयोगलाई दिएको कार्य सर्तमा बिगतमा गठन भएका तलब , भत्ता पुनरावलोकन गर्ने सम्बन्धि आयोग, समिति र कार्यदलबाट प्रस्तुत भएका प्रतिबेदनहरुबाट आवश्यक सुचनाहरु संकलन गरी विश्लेषण गर्ने जिम्मेवारी दिएको छ ।
यसैगरि, दक्षिण एसियाली मुलुकहरुका रास्ट्रसेवक कर्मचारीहरुको तलब सुबिधाको अध्ययन एबम अर्थ तन्त्रको बर्तमान अवस्थाको अध्ययन विश्लेषण गरि नेपालका रास्ट्र सेवक कर्मचारीको तलब सुबिधा सिफारिस गर्ने, नेपाल सरकारले निर्धारण गरेको मर्यादाक्रम बमोजिम रास्ट्र सेवक कर्मचारीको तलबमान समायोजन गर्न सिफारिस गर्ने छ ।
त्यसैगरि, कार्यपालिका , व्यबस्थापिका , न्याय पालिका लगायतका निकाय तथा संबैधानिक निकाय समेतको जोखिम, कार्य समय, अतिरिक्त कार्य समय, कार्यभारको आधारमा उत्प्रेरणा योजना समेतको अध्ययन विश्लेषण गरी विद्यमान व्यवस्थामा पुनरावलोकन हुनेगरि सिफारिस गर्ने लगाएत रहेका छन् ।
सो आयोगको समयावधि तीन महिनाको हुने छ । यद्यपि आवश्यक परेको खण्डमा मन्त्रिपरिषद्ले यसको म्याद थप गर्न सक्ने छ भने आयोगका संयोजकको मन्त्री सरह र सदस्यहरूको राजपत्रांकित विशिष्ट श्रेणी सरह पारिश्रमिक तथा मर्यादाक्रम हुने अर्थमन्त्रालयले जनाएको छ ।
अर्थमन्त्रि शर्माले संयोजक तथा सदस्यहरुलाई नियुक्तिपत्र हस्तान्तरण गर्दै सरकारले सबैलाइ न्याय र समयानुकूल हुने पारिश्रमिक तथा सेवा सुबिधाबारे गहिरो अध्ययन गरेर आयोगबाट सुझाव प्राप्त गर्ने विश्वास व्यक्त गरे ।
आयोजका संयोजक पौडेलले नेपाल सरकारले विश्वास गरेर यो जिम्मेवारी दिएकोमा अर्थ मन्त्रिलाइ धन्यवाद दिए । आयोगको कार्यालय संघिय मामिला मन्त्रालयमा रहने अर्थमन्त्रालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।