logo

सामाजिक सुरक्षा कोषले विराटनगर र सिमरामा शाखा कार्यालय खोल्यो

    1308   पटक पढिएको

९ भदौ/अर्थ र व्यापार – सामाजिक सुरक्षा कोषले पहिलो पटक विराटनगर र सिमरामा शाखा कार्यालय खोलेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले सिंहदबारबाटै यी शाखाको उद्घाटन गरेका हुन् ।
कोषले हालसम्म राजधानी काठमाडौंको बबरमहलस्थित कार्यालयबाट सेवा दिँदै आएकोमा अब जिल्लास्तरमा पनि शाखा सुरु गरी सो ठाउँबाट सेवा दिन थालेको हो । कोषले थप शाखाहरु विस्तार गर्ने पनि बताएको छ ।
एक साता अघि विशेष सापटी योजना सुरु गरेको कोषले ८० जना योगदानकर्ताहरुलाई झण्डै दुई करोड रुपियाँ बराबरको विशेष सापटी पनि दिएको जानकारी दिएको छ ।
कार्यक्रममा मन्त्री कुँवरले कोषले आवद्ध श्रमिकहरुलाई आफ्नो भविष्य सुरक्षित हुने अनुभूति गराएको बताए । उनले अब कोषको शाखाहरु पनि गाउँगाउँ, ठाउँठाउँमा विस्तार हुनुपर्ने बताए । सामाजिक सुरक्षा कोष कसको लागि किन आवश्यक छ ? भन्ने अनुभूति दिलाउने गरि सुविधाजनक गतिविधि बढ्नुपर्ने कुँवरले बताए ।
कोषका कार्यकारी निर्देशक कपिल ज्ञवालीले आफ्ना अधिकांश सेवा प्रवाह अनलाइनबाटै हुने गरेको भन्दै हालसम्म कोषमा १७ हजार तीन सयभन्दा बढी रोजगारदाता रहेको र तीन लाख ५५ हजारभन्दा बढी श्रमिकहरु आवद्ध भएको बताए ।
हालसम्म २२ अर्ब ३३ करोडभन्दा बढी रकम संकलन भएको उनले बताए । ज्ञवालीले ५३ हजार योगदानकर्तालाई विभिन्न स्किममार्फत सुविधा उपलब्ध गराएको पनि बताए पनि कोषमा जम्मा भएको ठूलो रकम प्रतिफलमूलक क्षेत्रमा लगानी गरेर श्रमिकहरुलाई थप सेवा सुविधा दिनेबारे कुनै योजना सुनाएनन् । कोषले सरकारी अस्पतालमा गरेको उपचारको औषधिउपचार खर्च दिने कुरामा समेत सीमा घटाउँदा धेरै योगदानकर्ताहरु रुष्ट भएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।