logo

शुन्य लागतमा एक हजार कामदार मलेसिया पठाउन माई टेक र एसेम्ब्ली कम्पनीसँग ह्वाईट हर्ष रिक्रुटमेन्टको सम्झौता

    1251   पटक पढिएको

३ भदौ / अर्थ र व्यापार- मलेसियामा रहेको अन्तर्राष्ट्रिय कम्पनी माई टेक र एसेम्ब्ली एसडिएन बिएसडिले शून्य लागतमा नेपाली कामदार लैजानका लागि विहिवार सम्झौता गरेको छ । माई टेक र एसेम्ब्ली एसडिएन बिएसडिले आफ्नो कम्पनीमा कामदारलाई शुन्य लागतमा लैजानका लागि नेपालको ह्वाईट हर्ष रिक्रुटमेन्ट प्रा.लि.सँग सम्झौता गरेको हो ।

मलेसियाको माई टेक र एसेम्ब्ली एसडिएन बिएसडिले र नेपालमा रहेको ह्वाईट हर्ष रिक्रुटमेन्ट प्रा.लि मेनपावरबीच विहीबार काठमाडौंको रेडिसन होटलमा पत्रकार सम्मेलन गरेर द्विपक्षीय सम्झौतापत्रमा हस्ताक्षर गरिएको छ । सम्झौतापत्रमा माई टेक र एसेम्ब्ली एसडिएन बिएसडिका तर्फबाट एच आर निर्देशक माईकल लि र ह्वाईट हर्ष रिक्रुटमेन्ट प्रा.लि का तर्फबाट अध्यक्ष सागर गिरि र सिईओ राजन श्रेष्ठले हस्ताक्षर गरे । सम्झौता अनुसार माई टेक र एसेम्ब्ली एसडिएन बिएसडिमा जाने नेपाली श्रमिकले ह्वाईट हर्ष रिक्रुटमेन्ट मेनपावर कम्पनीमार्फत शून्य लागतमा मलेसिया जान पाउनेछन ।

मलेसियाको सो कम्पनीले पहिलो चरणमा एक हजार श्रमिक लैजाने जनाएको छ । ह्वाईट हर्ष रिक्रुटमेन्ट प्रा.लि मेनपावरबाट पहिलो चरणमा एक हजार कामदार मलेसिया जान पाउने र केहि समयमै थप एक हजार कामदार मलेसिया लैजाने कम्पनीका एच आर निर्देशक माईकल लि ले पत्रकार सम्मेलनमा वताए । छनोट भएर मलेसिया जाने नेपाली श्रमिकको सम्पूर्ण खर्च कम्पनीले बेहोर्ने लिले बताए । ‘कामदारको सुरक्षा र स्वास्थ्यका बारेमा हामी अत्यन्त सजक रहेका छौँ’ उनले भने –‘नेपाली श्रमिक र मलेसियाका श्रमिकका बीचमा पारिश्रमिक तथा अवसरमा कुनै विभेद नहुने लिले दावी गरे ।

रेस्पोन्सिबल विजनेश एलाइन्स (आरबिए)मा आवद्ध एच आर निर्देशक माईकल लिको मलेसिया लगायतका देशमा विविध उद्योग रहेको छ । मलेसियामा मात्रै दुई उद्योग ४ प्लाण्ट रहेका छन् । यो कम्पनीमा विभिन्न देशका गरी ३ हजार भन्दा बढी श्रमिक कार्यरत छन । एच आर निर्देशक माईकल लिले श्रमिकको आरामदायी बसोवासका लागि आफ्नै अपार्टमेन्ट रहेको जनाउँदै नेपाली कामदार इमान्दार, परिश्रमी र छिटो भाषा सिक्न सक्ने भएकाले नेपाली नै पहिलो रोजाईमा परेको बताए ।

यो कम्पनीमा नेपाली श्रमिकलाई न्यूनतम एक हजार ५०० मलेसियन रिंगेट तलबका साथै भत्ता, बोनस, ओभरटाइमका साथै वार्षिक बिदाको पनि व्यवस्था रहेको छ ।

ह्वाईट हर्ष रिक्रुटमेन्ट प्रा.लि.का अध्यक्ष सागर गिरीले शुन्य लागतमा कामदार पठाउने नमूना मेनपावर बनाउने लक्ष्यसहित कम्पनीले काम गरिरहेको बताए । मेनपावरका सीईओ राजन श्रेष्ठले कामदारबाट कुनै पनि पैसा नउठाउने जनाउदै आफ्नो मेनपावरमा कुनै एजेण्ट वा मिडिलमेन नहुने र इथिकल रिक्रुटमेण्ट मात्र गर्ने बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।