logo

सामाजिक सुरक्षा कोषको मोबाइल एप सार्वजनिक, सापटी योजना कार्यान्वयनमा

    1001   पटक पढिएको

२ भदौं/अर्थ र व्यापार – सामाजिक सुरक्षा कोषले एसएसएफ मोबाइल एप सार्वजनिक गरेको छ । कोषले बुधबार मन्त्रालयमा आयोजना गरेको कार्यक्रममा श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले सो एप सार्वजनिक गरेका हुन् ।
श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री कुँवरले कोषको एप सार्वजनिक गर्दै प्रविधिमा समाज अघि बढेकोले त्यसलाई आत्मसात् गर्नुपर्ने बताए । यसअघि कोषले प्रदान गर्ने सुविधा तथा भुक्तानीका लागि कोषमा धाउनुपर्ने बाध्यता हटेको र एपको प्रयोगले घरमा बसेर सबै काम गर्न सकिने पनि उनले जानकारि गराए ।
सार्वजनिक एपबाट विभिन्न सेवा सुविधा उपलब्ध हुने कोषले जनाएको छ । कोषका कार्यकारी निर्देशक कपिलमणि ज्ञवालीले मन्त्रालयको सक्रियतामा कोषको कार्यलाई प्रविधिमैत्री र योगदानमैत्री बनाउँदै लगेको बताए ।
कोषले यसअघि नागरिक एपमा आवद्ध भएर विभिन्न सेवा प्रदान गर्दै आएको थियो । तर, आगामी दिनमा कोषको एपबाट नै विभिन्न सेवा प्रदान हुने उनले जानकारी दिए । सो एपबाट कोषका सम्पूर्ण कार्यहरू गर्न सकिने व्यवस्था गरिएको कोषले जनाएको छ । यसैगरि, एपको प्रयोगबाट भुक्तानी तथा रकम तिर्न सकिने कोषले जनाएको छ ।
एप सार्वजनिक भएसँगै आजबाट विशेष सापटीको व्यवस्था गरेको जानकारि गराउँदै उनले विशेष सापटी, घर कर्जा, शैक्षिक कर्जा र सामाजिक कर्जा एपबाटै लिन सकिने व्यवस्था मिलाइएको बताए ।
तीन वर्ष निरन्तर कोषमा योगदान गर्ने योगदानकर्ताले यो सुविधा पाउने कोषले जनाएको छ । बुधबार नै कोषले एक जनालाई एपमार्फत् सापटी दिएको छ भने, दुई जनालाई अवकास योजनाको रकम वितरण गरि सापटी योजना कार्यान्वयनको थालनी गरेको हो ।
श्रम मन्त्रालयका सचिव एक नारायण अर्यालले कोषको एपबाट विभिन्न सुविधा लिन सकिने बताए । उनले बुधबारबाट कोषले विशेष सापटीको व्यवस्था गरेको बताए ।
कोषबाट विशेष सापटीमा योगदानको ८० प्रतिशत, घरसापटीका लागि ७० लाख, शैक्षिक सापटीमार्फत् ३० लाख र सामाजिक कार्यमार्फत् ५ लाख रूपैयाँ लिन सकिने व्यवस्था गरिएको छ । उनले आगामी दिनमा सहुलियत कर्जाको समेत व्यवसथा गर्ने तयारी गरेको बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।