logo

बुधबारबाट सामाजिक सुरक्षा कोषले योगदानकर्तालाई सापटी दिने

    1254   पटक पढिएको

३१ साउन/अर्थ र व्यापार – सामाजिक सुरक्षा कोषले भोलि(बुधबार) बाट योगदानकर्ता श्रमिकलाई विशेष सापटी दिन थाल्ने भएको छ । बुधबार श्रम,रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा एक कार्यक्रमकाबीच श्रम,रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले सापटी योजनाको कार्यान्वयन सुरु गर्नेछन् ।
सरकारले निजी क्षेत्रका श्रमिकलाई लक्षित गरेर दुईवर्ष अघि योगदानमा आधारित सामाजिक सुरक्षा योजना अघि सारेको थियो । श्रमिकले जम्मा गरेको रकम अप्ठ्यारो पर्दा पनि निकाल्न नपाइने लगायतका अव्यवहारिक व्यवस्थाका कारण रोजगारदाता मात्रै होइन, धेरै श्रमिक पनि कोषमा आवद्ध हुन चाहिरहेका थिएनन् ।
सोही कारण सामाजिक सुरक्षा योजनाप्रति आम श्रमिकको आकर्षण बढाउन सरकारले सामाजिक सुरक्षा कोषको लगानी सम्बन्धी कार्यविधि ल्याएर यसअघिका कठोर र अन्यायपूर्ण व्यवस्थाहरु सुधारको थालनी गरेको थियो ।
‘सामाजिक सुरक्षा कोष लगानी कार्यविधि–२०७७’ ले श्रमिकले आफूले सामाजिक सुरक्षाबापत योगदान गरेको रकमबाट सापटी पाउने बाटो खोलेको थियो । मंसिर २०७७ सालमा मन्त्रिपरिषद्ले पारित गरेको कार्यविधि अनुसार सामाजिक सुरक्षा कोषले अब १२ किसिमका कर्जा तथा घर सापटी रकम परिचालन गर्नसक्छ ।
समाजिक सुरक्षा कोषमा अनुसार अवकास योजनामा योगदानकर्ताले जम्मा गरेको रकमको ८० प्रतिशतसम्म रकम सापटीका रुपमा लिन पाइने छ । तर, योगदान गरेको ३ वर्ष पुगेका श्रमिकले मात्रै यो सुविधा पाउनेछन् । कोषका एक अधिकारीका अनुसार ५० हजार वा योगदान रकमको ८० प्रतिशतसम्मको रकमका जुन रकम बढी हुन्छ, त्यसकै आधारमा सपाटी प्रदान गरिने छ ।
कोषले श्रमिक र रोजगारदाताबाट जम्मा हुने पारिश्रमिकको ३१ प्रतिशतमध्ये २८.३३ प्रतिशतभित्रबाट अवकासतर्फको हिस्सा पनि छुट्याएर त्यसकै आधारमा सापटी परिचालन गर्नेछ । हालसम्म १७ हजार २७४ रोजगारदाता र ३ लाख ५२ हजार ९२४ जना सूचिकृत योगदानकर्ता यो कोषमा आवद्ध भएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।