logo

ईपीएस कोरियन भाषा परीक्षाको निष्पक्षताप्रति नेपाली विश्वस्त:श्रममन्त्री

    1135   पटक पढिएको

२५ जेठ/अर्थ र व्यापार – श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत संचालन हुने कोरियन भाषा परीक्षा प्रभावकारी र विश्वसनीय रहेको बताएका छन । बुधबार ललितपुरको भैँसेपाटीमा संचालन भइरहेको कोरियन भाषा परीक्षाको निरीक्षण गर्न पुगेका श्रममन्त्री श्रेष्ठले यस्तो बताएका हुन । उनले इपिएस प्रणाली मार्फत सरकारी तवरमा नेपाली कामदार पठाउन संचालन हुने भाषा परीक्षा प्रणालीलाई वैज्ञानिक बनाउँदै लगेको भन्दै कोरियाको मानव संसाधन विकास विभाग (एचआरडी) को प्रशंसा गरे ।
यसैगरि, उनले ईपीएस कोरियन भाषा परीक्षाको निष्पक्षताप्रति नेपालीहरुको गहिरो विश्वास रहेको बताए । वैदेशिक रोजगार विभाग अन्तर्गत (ईपीएस) कोरिया शाखाले दक्षिण कोरिया जानका लागि आवेदन दिएकामध्ये हाल कृषि तथा पशुपालन क्षेत्रको भाषा परीक्षा सञ्चालन गरिरहेको छ । कृषि तथा पशुपालन र उत्पादनमुलक समूहमा रोजगारीका लागि दक्षिण कोरिया जान ४४ हजार ८ सय ५३ युवाले आवेदन दिएका छन् ।
कृषि र पशुपालनत क्षेत्रमा जाने १० हजार ८ सय ५८ जना रहेका छन् । यसैगरि, उत्पादनमुलक समूहमा ३३ हजार ९ सय ९५ जना छन् । कृषि तथा पशुपालनमा जाने १० हजार ८ सय ५८ जनामध्ये ६ हजार ५ सय ९७ जनाको परीक्षा अहिले सञ्चालन भइरहेको छ । बाँकी ४ हजार २ सय ६१ जनाको आगामी १३ असारबाट भाषा परिक्षा सुरु हुने सो शाखाले जनाएको छ । अन्य परीक्षा पनि नियमित रुपमा संचालन हुने इपीएस कोरिया शाखाले जनाएको छ ।
सन् २००७ मा नेपाल र कोरियन सरकारबीच वैदेशिक रोजगारिका लागि नेपाली प्रशिक्षार्थी कामदार लैजाने सहमति भएको थियो । सोही सहमती अनुसार अहिले दक्षिण कोरियाले धमाधम नेपाली कामदार लगिरहेको छ । दुई देसबीच भएको सहमती अनुसार नेपाली कामदार दक्षिण कोरिया जाने क्रम सन् २००८ बाट सुरु भएको थियो ।
दक्षिण कोरियामा नेपालीहरू उत्पादन र कृषि तथा पशुपालन गरी दुई समुहका क्षेत्रमा कार्यरत छन् । कोरोना विश्व महामारिका कारण सन् २०२० देखि रोकिएको रोजगार अनुमति प्रणाली (इपीएस) छिट्टै नवीकरण हुने समेत मन्त्री श्रेष्ठले जानकारि दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।