logo

ईपीएस कोरियन भाषा परीक्षाको निष्पक्षताप्रति नेपाली विश्वस्त:श्रममन्त्री

    1444   पटक पढिएको

२५ जेठ/अर्थ र व्यापार – श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत संचालन हुने कोरियन भाषा परीक्षा प्रभावकारी र विश्वसनीय रहेको बताएका छन । बुधबार ललितपुरको भैँसेपाटीमा संचालन भइरहेको कोरियन भाषा परीक्षाको निरीक्षण गर्न पुगेका श्रममन्त्री श्रेष्ठले यस्तो बताएका हुन । उनले इपिएस प्रणाली मार्फत सरकारी तवरमा नेपाली कामदार पठाउन संचालन हुने भाषा परीक्षा प्रणालीलाई वैज्ञानिक बनाउँदै लगेको भन्दै कोरियाको मानव संसाधन विकास विभाग (एचआरडी) को प्रशंसा गरे ।
यसैगरि, उनले ईपीएस कोरियन भाषा परीक्षाको निष्पक्षताप्रति नेपालीहरुको गहिरो विश्वास रहेको बताए । वैदेशिक रोजगार विभाग अन्तर्गत (ईपीएस) कोरिया शाखाले दक्षिण कोरिया जानका लागि आवेदन दिएकामध्ये हाल कृषि तथा पशुपालन क्षेत्रको भाषा परीक्षा सञ्चालन गरिरहेको छ । कृषि तथा पशुपालन र उत्पादनमुलक समूहमा रोजगारीका लागि दक्षिण कोरिया जान ४४ हजार ८ सय ५३ युवाले आवेदन दिएका छन् ।
कृषि र पशुपालनत क्षेत्रमा जाने १० हजार ८ सय ५८ जना रहेका छन् । यसैगरि, उत्पादनमुलक समूहमा ३३ हजार ९ सय ९५ जना छन् । कृषि तथा पशुपालनमा जाने १० हजार ८ सय ५८ जनामध्ये ६ हजार ५ सय ९७ जनाको परीक्षा अहिले सञ्चालन भइरहेको छ । बाँकी ४ हजार २ सय ६१ जनाको आगामी १३ असारबाट भाषा परिक्षा सुरु हुने सो शाखाले जनाएको छ । अन्य परीक्षा पनि नियमित रुपमा संचालन हुने इपीएस कोरिया शाखाले जनाएको छ ।
सन् २००७ मा नेपाल र कोरियन सरकारबीच वैदेशिक रोजगारिका लागि नेपाली प्रशिक्षार्थी कामदार लैजाने सहमति भएको थियो । सोही सहमती अनुसार अहिले दक्षिण कोरियाले धमाधम नेपाली कामदार लगिरहेको छ । दुई देसबीच भएको सहमती अनुसार नेपाली कामदार दक्षिण कोरिया जाने क्रम सन् २००८ बाट सुरु भएको थियो ।
दक्षिण कोरियामा नेपालीहरू उत्पादन र कृषि तथा पशुपालन गरी दुई समुहका क्षेत्रमा कार्यरत छन् । कोरोना विश्व महामारिका कारण सन् २०२० देखि रोकिएको रोजगार अनुमति प्रणाली (इपीएस) छिट्टै नवीकरण हुने समेत मन्त्री श्रेष्ठले जानकारि दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।