logo

वैदेशिक रोजगारीबाट फर्किएका कामदारको जीवनस्तर विकास गर्न स्वीस सरकारद्धारा ८६ करोड रुपैयाँ सहयोग

    1401   पटक पढिएको

२५ जेठ/अर्थ र व्यापार – वैदेशिक रोजगारीबाट फर्किएका कामदारको जीवनस्तर विकास गर्न स्वीजरल्याण्ड सरकारले ८६ करोड रुपैयाँ सहयोग गर्ने भएको छ ।
स्वीस सरकारले विभिन्न देशबाट वैदेशिक रोजगारी गरी नेपाल फर्किएका नेपाली कामदारहरुको जीवनस्तर वृद्धिकालागि सो रकम खर्च गर्न लागेको हो । स्वीस सरकारले ‘रिइन्टीग्रेसन अफ रिर्टनी माइग्रेन्ट वर्कर’ परियोजना मार्फत सो रकम नेपाललाई सहयोग गरेको हो ।
नेपाल फर्किएका श्रमिकहरुको आर्थिक, सामाजिक, सांस्कृतिक एवं राजनीतिक जीवन सुधार र विदेशमा आर्जन गरेको ज्ञान, सीप नेपालमै उपयोग गर्न आवश्यक पर्ने सबै प्रबन्ध मिलाउनको लागि स्वीजरल्यान्डले यस्तो सहयोग गरेको हो ।
यस परियोजना अन्तर्गत प्राप्त हुने सहयोग रकम प्रदेश १ र मधेस प्रदेशका २० वटा स्थानीय तहमा उपयोग गरिनेछ । यो सहयोग परिचालन आगामी जुलाई महिनाबाट कार्यान्वयन गरिने छ । परियोजनाबाट प्राप्त सहयोग रकमलाई नेपालको रातो किताबमा समावेश गरिएको छ ।
यो परियोजना नेपालको तर्फबाट अर्थ मन्त्रालयका सह–सचिव इश्वरीप्रसाद अर्याल र स्वीजरल्यान्डको तर्फबाट नेपालस्थित स्वीस राजदुतावासकी सिल्भाना होगले बुधबार हस्ताक्षर गरेका हुन् ।
नेपालस्थित स्वीस राजदुतावासकी होगले यस सम्झौताले वैदेशिक रोजगारबाट नेपाल फर्किएका नागरिकहरुलाई आफूले आर्जन गरेको सीपको सदुपयोग गर्न सघाउने र नेपालमा उद्यमशीलता विकासका लागि आवश्यक पर्ने पुँजी जुटाउन सहयोग गर्ने बताइन् । यसैगरी, सह सचिव अर्यालले यस किसिमका परियोजनाले स्वदेश फर्किएका श्रमिकहरुको पुर्नस्थापनामा सहयोग पुर्याउने बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।