logo

मलेसिया जाने कामदारको मागपत्र कार्यान्वयन गर्न ३ महिना समय थपियो

    1476   पटक पढिएको

२२ जेठ/अर्थ र व्यापार – सरकारले वैदेशिक रोजगारिकालागि नेपाली कामदार मलेसिया पठाउन संस्थागत रुपमा म्यानपावर कम्पनीहरुले ल्याएको मागपत्रको म्याद तीन महिना थप गरिदिएको छ ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार (किसान) श्रेष्ठले मन्त्रिस्तरीय निर्णय गरी वैदेशिक रोजगारीमा जाने नेपाली कामदारको मागपत्र प्रमाणित भई पूर्वस्वीकृति लिइसकेका तर, शनिबार म्याद सकिने मागपत्रको म्याद तीन महिना थप गरेका हुन् ।
कोरोना विश्व महामारीका कारण मलेसिया सरकारले प्रमाणिकरणको म्याद एक वर्ष थप गरेको र भिसा आउन समय लाग्ने भएकाले आगामी २२ भदौसम्मका लागि म्याद थप गरेको थियो ।
यसअघि पनि कोरोना महामारिको बेला मुलुकमा लकडाउन हुनुअघि म्यानपावर कम्पनीले कामदार आपूर्ति गर्न ल्याएको मागपत्रको म्याद ६ महिना थपिएको थियो । २०७६ सालको फागुन अघि प्राप्त भएका मागपत्र कार्यान्वयन गर्न २२ मंसिर २०७८ देखि २१ जेठ २०७९ सम्म कायम रहने गरी ६ महिना म्याद थप गरिएको थियो ।
यसरी थप भएको समय शनिबारदेखि समाप्त भएका कारण श्रममन्त्री श्रेष्ठले मन्त्रिस्तरीय निर्णय गरी वैदेशिक रोजगारीमा जाने नेपाली कामदारको मागपत्र प्रमाणित भई पूर्वस्वीकृति लिइसकेका र शनिबारबाट म्याद सकिने मागपत्रको समयावधी पुनः आगामी तिन महिनाकालागि थप गरिदिएका हुन ।
यसअघि वैदेशिक रोजगार व्यवसायी र कामदारले गरेको माग अनुसार नै सरकारले मलेसियामा कामदार आपूर्ति गर्न म्यानपावर कम्पनीले ल्याएको मागपत्रको म्याद तीन महिना थप गरेको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार कोरोना विश्व महामारीका कारण मलेसिया सरकारले केडिएन (गृह मन्त्रालय) प्रमाणिकरणको म्याद एक वर्ष थप गरेको र भिसा आउन समय लाग्ने भएकोले आगामी २२ भदौसम्मका लागि म्याद थप गरिएको हो ।
यसैबीच वैदेशिक रोजगारीका लागि मलेसिया जाने कामदारको बायोमेट्रिक स्वास्थ्य परीक्षणमा देखिएको समस्या समाधान गर्न सम्बन्धीत सरोकारवालाहरुबीच सहमती भएको छ । श्रम मन्त्रालयमा मन्त्री श्रेष्ठ र सचिव एकनारायण अर्याल सहित स्वास्थ्य व्यवसायी तथा वैदेशिक रोजगार व्यवसायीका प्रतिनिधिबीच भएको छलफलमा सम्बन्धीत सरोकारवालाबीच यस्तो सहमती भएको हो । सो छलफलमा सम्बन्धीत सरोकारवालाहरुले बायोमेट्रिक स्वास्थ्य परीक्षणमा देखिएको समस्या तत्काल समाधान गर्ने प्रतिबद्धता जनाएको मन्त्रालयले जनाएको छ ।
यो सहमतीसँगै अबदेखि पूर्व श्रमस्वीकृतिका सबै प्रक्रिया पूरा गरेपछि मात्रै श्रमिकको बायोमेट्रिक स्वास्थ्य परीक्षण गरिनेछ । अहिले श्रम स्वीकृतिको प्रक्रिया सुरु नहुँदै दैनिक हजारौं नेपाली कामदार बायोमेट्रिक स्वास्थ्य परीक्षणका लागि जाने गरेका छन् ।
पूर्व श्रमस्वीकृतिका सबै प्रक्रिया पूरा गरेपछि मात्र स्वास्थ्य परीक्षणका लागि सूचीकृत स्वास्थ्य संस्थाले बायोमेट्रिक स्वास्थ्य परीक्षण गर्नेछन् । नेपाली कामदारको आकर्षक श्रम गन्तव्य मुलुक माएिको मलेसिया रोजगारी लामो समयपछि बल्ल नियमित भएपछि स्वास्थ्य परीक्षणको चाप बढेको सम्बन्धीत स्वास्थ्य व्यवसायीको भनाई छ ।
स्वास्थ्य परीक्षणमा देखिएको समस्या समाधान गर्न स्वास्थ्य व्यवसायी तथा वैदेशिक रोजगार व्यवसायीले संयुक्त वक्तव्य जारी गर्ने, पूर्व श्रम स्वीकृतिका सबै प्रक्रिया पूरा नगरी स्वास्थ्य परीक्षण नगर्ने, नियमानुसार नगर्ने संस्थालाई कारबाहीको दायरामा ल्याउने र स्वास्थ्य परीक्षणको विवरण साप्ताहिक रुपमा मन्त्रालयमा बुझाउने निर्णय भएको मन्त्रालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।