logo

भैरहवामा पनि वैदेशिक रोजगार कार्यालय स्थापना हुँदै

    1407   पटक पढिएको

८ जेठ/अर्थ र व्यापार – श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलहुँदै वैदेशिक रोजगारमा जाने श्रमिकहरुका लागि त्यहाँ वैदेशिक रोजगार कार्यलय स्थापना गर्ने घोषणा गरेका छन्।
उनीहरुलाई सरल र सहज सेवा दिन यहि जेठ महिनाभित्रै वैदेशिक रोजगार कार्यालय स्थापना गर्ने घोषणा गरेका हुन्। भैरहवामा उद्योग वाणिज्य संघले आयोजना गरेको कार्यक्रममा मन्त्री श्रेष्ठले म्यानपावर कम्पनीका शाखा, अभिमुखीकरण तालिम दिने संस्था र स्वास्थ्य परीक्षण गर्ने संस्थाहरु पनि जेठभित्रै सञ्चालन गर्ने प्रतिवद्धता जनाए।
सो कार्यक्रममा स्थानीय जनप्रतिनिधि, उद्योगी व्यवसायी सहित सरोकारवलाहरुले वैदेशिक रोजगारमा जानुअघि श्रमिकले पूरा गर्नुपर्ने सबै प्रक्रिया भैरहवाबाटै हुनुपर्ने माग गरे।
श्रममन्त्री श्रेष्ठले विमानस्थलमा रहेको श्रमिक सहायता कक्षको पनि अवलोकन गरेका थिए । त्यसपछि उनले श्रमिकका लागि छुट्टै प्रवेशद्वार नराखि सम्मानजनक व्यवहार गर्न त्यहाँको प्रशासनलाई निर्देशन दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।