logo

अन्तर्राष्ट्रिय श्रमिक दिवस

समान कामको असमान ज्याला किन ? अनौपचारिक क्षेत्रका श्रमिकको प्रश्न

    1636   पटक पढिएको

१८ बैशाख/ अर्थ र व्यापार – आइतबार ( आज) मनाइँदै गरेको अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा अनौपचारिक क्षेत्रका श्रमिकले समान कामका लागि समान ज्याला पाउनुपर्ने माग गर्दै यसका लागि सरकारको ध्यानाकर्षण गराएका छन् । विविध कार्यक्रमकासाथ मनाइँदै गरेको अन्तर्राष्ट्रिय श्रमिक दिवसको पूर्वसन्ध्यामा शनिबार श्रम अधिकारको हक अधिकारमा लागेका विभिन्न संघ संस्थाहरुद्धारा आयोजित कार्यक्रममा अनौपचारिक क्षेत्रका श्रमिकहरुले हाल नेपालमा विद्येमान एउटै कामगर्नेहरुबीचमा पनि किन असमान ज्याला भन्ने प्रस्न गर्दै सरकारको ध्यानाकर्षण गराएका हुन ।
होमनेट नेपालको अगुवाइमा नेपाल महिला एकता समाज, राष्ट्रिय महिला अधिकार मञ्च, जिफन्ट, एनटीयूसी र एक्सन एडद्वारा संयुक्तरुपमा आयोजित छलफल कार्यक्रममा उनीहरुले समान कामका लागि समान ज्यालाको आवाज उठाएका हुन् ।
कार्यक्रममा अनौपचारिक क्षेत्रमा कार्यरत महिला श्रमिकहरुले सरकारी निकायका अधिकारी, श्रम संगठन तथा निजी क्षेत्रका प्रतिनिधिसामु आफ्ना पीडा र संघर्षका कथा सुनाएका थिए । पहिलोपटक सार्वजनिक कार्यक्रममा आफ्ना धारणा राखेका ती श्रमिकले महिला र पुरुषको ज्याला बराबर हुनुपर्ने, कार्यस्थलमा सम्मानजनक व्यवहार हुनुपर्ने, घर तथा समाजदेखि सरकारी तथा अन्य कार्यालयमा महिला श्रमिकलाई हेर्ने दृष्टिकोणमा परिवर्तन हुनुपर्नेमा पनि जोड दिएका थिए ।
गोदावरी नगरपालिकाकी गृहश्रमिक लक्ष्मी वली, दक्षिणकालीकी कृषि मजदूर शिला पुर्कुटी, शंकरापुर–८ की कृषि मजदुर शर्मिला तामाङ, शंखमूलकी घरेलु श्रमिक लक्ष्मी क्षेत्री, कीर्तिपुरकी गृहश्रमिक उषा महर्जन, वसन्तपुरकी घरेलु श्रमिक सरिता श्रेष्ठ, शंकरापुरकी कृषि श्रमिक डोल्मो नेसुर र बडिखेलकी गृहश्रमिक मनिता तामाङ पहरी लगायतका महिला श्रमिकहरुले एउटै काममा पनि किन असमाज ज्याला भन्दै आफ्ना संघर्षका कथा सुनाएका थिए ।
कृषि श्रमिक नेसुरले आफू पनि अब असमान ज्यालामा काम नगर्ने वाचा गर्दै अरु श्रमिक महिलालाई पनि आइन्दा समान कामका लागि समान ज्याला दाबी गर्न आह्वान गरिन । ‘समान ज्याला नपाए काममै नजाउँ, बरु आफ्नै घरको काम गरौं’ भन्दै उनीहरुले संविधान तथा कानुनले समान कामका लागि समान ज्याला र विभेदरहित रोजगार सुनिश्चित गरे पनि व्यवहारमा विभेद कायम रहेको बताएका थिए ।
कृषि, निर्माण जस्ता क्षेत्रमा आफूहरुले पुरुषले जतिकै कठिन तथा जोखिमपूर्ण काम गरे पनि समान ज्याला पाउन नसकेको गुनासो उनीहरुको छ । उनीहरुका संघर्षका कथा सुनेपछि स्वास्थ्य मन्त्रालयको लैंगिक समानता तथा सामाजिक समावेशीकरण शाखा प्रमुख रोशनीदेवी कार्कीले संविधान, कानुन र सरकारले ल्याएका विभिन्न कार्यक्रममा लैङ्गिक समानताका हक सुनिश्चित गरेकाले ती अधिकार प्राप्तिका लागि सम्बन्धित व्यक्तिहरु आफैँ अघि बढ्नुपर्ने बताएकी थिइन ।
संविधान र कानुनमा समानताको हक सुनिश्चित गरिएको छ । त्यसअनुसार सरकारले पनि विभिन्न कार्यक्रम ल्याएको छ । तर, ती व्यवहारमा कार्यान्वयन हुन सकेका छैनन् भन्दै उनले कार्यान्वयन गर्न र गराउनका लागि विभेदमा रहेका व्यक्तिहरु नै ती व्यवस्थाबारे जानकार भई अघि बढ्नुपने र त्यसका लागि संघर्ष गर्नैपर्ने बताइन ।
यसैगरि, सामाजिक सुरक्षा कोषका कार्यकारी निर्देशक कपिलमणि ज्ञवालीले अनौपचारिक क्षेत्रमा कार्यरत श्रमिकका लागि पनि स्वास्थ्य उपचार लगायतका सामाजिक सुरक्षा योजना लागू गर्न लागेको जानकारी दिए । उनले आगामी आर्थिक वर्षदेखि तोकिएका अस्पतालमा अनौपचारिक क्षेत्रमा रहेका श्रमिकको पनि स्वास्थ्य उपचार गर्ने कार्यक्रम लागू गर्न लागिएको जानकारी दिए ।
त्रिभुवन विश्वविद्यालयका सहप्राध्यापक तथा श्रमविज्ञ उमेश उपाध्यायले नेपालको श्रम क्षेत्रका लैङ्गिक असमानताको अवस्था र त्यसको निराकरणका लागि लिनुपर्ने पहलबारे जानकारी गराएका थिए । होमनेट नेपालका कार्यकारी निर्देशक ओम थपलियाले संविधान, कानुन र सोअन्तर्गतका योजनाले औपचारिक क्षेत्रलाई मात्र समेटेका कारण अनौपचारिक क्षेत्रमा कार्यरत झण्डै ९२ प्रतिशत श्रमिक श्रम कानुन, नीति र सामाजिक सुरक्षा लगायतका योजनाबाट वञ्चित हुनुपरेको स्थिति प्रस्तुत गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।