logo

नेपाल र सेसेल्सबीच द्विपक्षीय श्रम सम्झौताको सहमती

    1580   पटक पढिएको

६ चैत /अर्थ र व्यापार – नेपाल र सेसेल्सबीच द्विपक्षीय श्रम सम्झौता गर्ने सहमति भएको छ । अफ्रिकी टापु मुलुक सेसेल्सले नेपालसँग श्रम सम्झौता गर्न प्रस्ताव गरेको थियो । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार (किसान) श्रेष्ठ र सेसेल्सका समकक्षी रोजगार तथा सामाजिक मामिलामन्त्री प्याट्रिकिया फ्र्यानकोर्टबीच सेसेल्समा भएको मन्त्रीस्तरीय बैठकमा सहमति भएको हो ।

श्रम सम्झौतालाई टुंगोमा पु¥याउन संयुक्त कार्यदल बनाउने पनि सहमति भएको छ । कार्यदलले एक महिनाभित्रै सम्झौतालाई टुंगोमा पु¥याउने श्रममन्त्री श्रेष्ठको सचिवालयले जनाएको छ । श्रम सम्झौता नभएका कारण नेपालीहरू व्यक्तिगत पहुँचका आधारमा सेसेल्स पुग्ने गरेका छन । त्यसरी गएका नेपालीमध्ये सबैजसो प्रहरी र जेल सुरक्षा गार्डका रूपमा कार्यरत रहेको बताइन्छ । सेसेल्सले जेल सुरक्षाका लागि नेपालीलाई रोजगार दिने भन्दै श्रम सम्झौता अघि बढाउन नेपाल पक्षलाई आग्रह गर्दै आइरहेको छ ।

गत ११ पुसमा काठमाडौं आइपुगेका नेपालका लागि सेसेल्सका राजदूत थोमस सेल्बी पिल्ले श्रममन्त्री श्रेष्ठलाई भेटी सेसेल्समा नेपालीका लागि अवसर रहेको भन्दै श्रम सम्झौताको प्रस्ताव राखेका थिए । ‘सेसेल्स सरकारले सुरक्षा गार्डबाहेक अन्य क्षेत्रमा पनि नेपाली कामदार लैजान इच्छुक छ । खुला र उदार अर्थव्यवस्था भएको सेसेल्स नेपाली श्रमिकका लागि आकर्षक गन्तव्य हुन सक्छ,’ राजदूत पिल्लेले मन्त्री श्रेष्ठसमक्ष भनेका थिए, ‘सेसेल्स जान श्रमिकले आर्थिक लगानी गर्नु पर्दैन ।’ भेटमा राजदूत पिल्लेले मन्त्री श्रेष्ठलाई सेसेल्स भ्रमणको निम्तो दिएका थिए ।

मन्त्री श्रेष्ठ रोजगारीको सम्भाव्यता अध्ययन गर्न सचिव एकनारायण अर्याल, सहसचिव राजीव पराजुली, उपसचिव थानेश्वर भुसालसहितको टोली लिएर गत बिहीबार सेसेल्स पुगेका थिए । सेसेल्सले जेल सुरक्षासहित प्रहरी सेवा र निजी क्षेत्रमा समेत अवसर दिने जनाएको छ । मन्त्री प्याट्रिका फ्र्यानकोटका अनुसार त्यहाँ कम्तीमा १२ सय ५० जना नेपाली कार्यरत छन। ‘हामी द्विपक्षीय श्रम सम्झौता गरेरै नेपाली ल्याउन चाहन्छौं,’ मन्त्री फ्र्यानकोटलाई उद्धृत गर्दै एक नेपाली अधिकारीले भने ।
यस विषयमा मन्त्री श्रेष्ठ र आन्तरिक मामिलामन्त्री इरोल फोन्सेकाबीच पनि छलफल भएको छ । फोन्सेकाले जेल सुरक्षाका साथै प्रहरी सेवामा पनि नेपालीलाई रोजगारी दिन सकिने बताएको मन्त्री श्रेष्ठको भनाई छ ।
‘श्रम सम्झौतालाई टुंग्याएर हामी नेपाली कामदार पठाउन तयार छौं । यसबारे छिट्टै कार्यदलले काम गर्नेछ,’ उनले भने । कार्यदलले सेसेल्स जाने नेपाली कामदारको न्यूनतम योग्यता, भाषागत क्षमता, न्यूनतम पारिश्रमिक लगायत सेवासुविधा, कामदार छनोट विधि र स्वदेश फिर्तीलगायत विषय टुंग्याउनेछ । कार्यदलमा नेपालको तर्फबाट मन्त्रालयका उपसचिव भुसालले नेतृत्व गर्ने छन ।
वैदेशिक रोजगारीका लागि सम्भावित गन्तव्य मुलुक, सरकारीस्तरबाट श्रमिक पठाउने सम्भाव्यता र श्रमिकको सेवा शुल्कसम्बन्धी अध्ययन कार्यदल प्रतिवेदन–२०७५ अनुसार कुल श्रमशक्तिको एकचौथाइ विदेशी श्रमिकको हिस्सा रहेको सेसेल्समा आप्रवासी कामदारको उच्च माग छ । २०१७ को एक आँकडाअनुसार त्यहाँ करिब १३ हजार आप्रवासी कामदार छन । अफ्रिकी टापु मुलुक सेसेल्सको अर्थतन्त्रमा पर्यटन र मत्स्य उद्योगको प्रमुख योगदान छ ।

विशेषगरी निर्माण र पर्यटन जस्ता क्षेत्रमा ‘न्यून दक्ष’ विदेशी कामदारको उच्च माग छ । ‘सेसेल्सका नागरिकहरू न्यून दक्षले गर्ने काम गर्न रुचाउँदैनन् तर, त्यहाँका रोजगारदाताले उच्च दक्षताका क्षेत्रमा विदेशी नागरिकलाई प्राथमिकता दिने गर्छन्’ सो प्रतिवेदनमा भनिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।