logo

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राखिएको श्रम डेस्क हट्यो

अब वैदेशिक रोजगारीमा जाने कामदारले भिन्दै लाइन बस्न नपर्ने

    1588   पटक पढिएको

२६ फागुन/अर्थ र व्यापार– श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राखेको श्रम डेस्क हटाएको छ । यसअघि वैदेशिक रोजगारीकालागि विमानस्थलको श्रम डेस्कमा पुगेका कामदारलाई सहीछाप लगाउने नाममा अनावस्यक दुःख दिइएको गुनासो आएपछि श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले विमानस्थलमा राखिएको श्रम डेस्क हटाउने निर्णय गरेका हुन ।
विगत केही महिनादेखि नै वैदेशिक रोजगारिमा जाने नेपाली कामदारलाई यसरी अनावस्यक दुःख दिएको गुनासो आएपछि मन्त्रि श्रेष्ठले श्रम डेक्स हुँदा र नहुँदाको फाइदा बेफाइदाबारे सबै जानकारि लिएका थिए । त्यसपछि मन्त्री श्रेष्ठकै निर्देशनमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालय र वैदेशिक रोजगार विभागको सूचना प्रणालीहरूको एकीकरण सम्पन्न भएको भन्दै अध्यागमन विभागले अब त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयले श्रम स्वीकृतिको विवरण आफै हेर्न सक्ने व्यवस्था गरिएकाले श्रम डेस्क हटाउन सकिने सुझाव दिएको थियो ।
सोही सुझावको आधारमा मन्त्री श्रेष्ठले विमानस्थलको श्रम डेक्स हटाउने निर्णय गरेका हुन । जसकालागि बुधबार मन्त्री श्रेष्ठ, श्रम सचिव एकनारायण अर्याल सहित मन्त्रालयका अधिकारीहरु अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेर श्रम डेस्क हटाईएको हो ।
श्रम मन्त्रालयका सचिव एकनारायण अर्यालले यसअघि एकठाउँमा मात्र रहेको श्रम डेक्स हटाईएपछि अब वैदेशिक रोजगारिमा जाने नेपाली कामदार विमानस्थलको भिआईपी जाने बाटो बाहेक सबै अध्यागमन काउन्टरबाट सहजरुपमा आफुसँग भएको श्रम स्वीकृति र भिसा लागेको राहदानी लगायत आवस्यक कागजात देखाएर जान पाउने बताए । उनले मन्त्रालयको यस्तो कार्यले कामदारलाई विगतमा जस्तो श्रम डेक्समा लामो लाइन बस्नुपर्ने झन्झट हटेकाले धेरै सजिलो हुने अपेक्षा गरिएको बताए ।
वैदेशिक रोजगारिमा जाने कामदारलाई यसअघि विमानस्थलमा अर्कै दर्जाको नागरिक जसरी छुट्टै गेटबाट प्रवेश दिने गरिएकोमा अब जुनसुकै गेटबाट पनि प्रवेश गर्न पाउने व्यवस्था मिलाइएको बताए । यस निणर्यले अब कामदारको प्रस्थानलाई छिटोछरितो बनाउन तीनवटै ढोकाबाट प्रवेश पाउने उनले बताए ।
हाल अनलाइन सूचना प्रणाली (फेमिस) आइसकेको अवस्थामा विमानस्थलमा श्रम डेस्क आवश्यक नभएको मन्त्री श्रेष्ठको भनाइ छ । यसअघि सहसचिव प्रमुख रहेको वैदेशिक रोजगार कार्यालयबाट श्रम स्वीकृति दिएपछि पनि श्रम डेस्कले श्रम स्वीकृति प्रक्रियामाथि छानबिन गर्ने नाममा कामदारलाई दुःख दिएको गुनासो आएको थियो । अझै श्रम स्वीकृति लिएर वैदेशिक रोजगारिमा जाने नेपाली कामदारलाई विमानस्थलमा आइपर्ने समस्या समाधान गर्दै जाने प्रतिवद्धता पनि मन्त्री श्रेष्ठले व्यक्त गरे ।
यसैगरि, मन्त्री श्रेष्ठले विमानस्थलमा राखिएको कोरोना भाइरसको पिसिआर परीक्षण चेकजाँच गर्ने प्रक्रिया पनि हटाउन स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडालाई आग्रह गरे ।
यसअघि वैदेशिक रोजगारीमा जाने र घर बिदामा आएका नेपाली कामदारलाई अनिवार्य रूपमा श्रम डेस्कमा गई डेस्कले सहीछाप लगाइदिएपछि मात्रै बोर्डिङ पासको प्रक्रिया अघि बढाईन्थ्यो । अब कामदारले श्रम डेस्क नगई सिधै जुनसुकै गेटबाट पनि बिमानस्थलमा प्रवेश पाउने छन् । विमानस्थलमा वैदेशिक रोजगार विभागले सुचना केन्द्र भने स्थापना गर्नेछ । केन्द्रले समस्यामा परेका कामदारको सहजीकरणका लागि विशेष काम गर्नेछ ।
यसअघि कामदारले साथमा लिएका श्रम स्वीकृती सक्कली या नक्कली हेर्न श्रम डेस्क राखिएको थियो । अहिले अनलाइन सफ्टवेयर राखिएपछि त्यसको औचित्य सकिएको छ । वैदेशिक रोजगारीमा जान विमानस्थल पुगेका कामदारले प्रवेश र श्रम स्वीकृती स्टीकर परिक्षणका लागि घन्टौ लाइन बस्नुपर्ने बाध्यता हटेको छ । चालु आर्थिक वर्षको वितेका ७ महिनामा मात्र ३ लाख ५० हजार भन्दभ धेरै श्रमिकले त्रिभुवन विमानस्थल प्रयोग गरेका थिए ।
यस अघि वैदेशिक रोजगारीमा जान विमानस्थल पुगेका दैनिक २ हजार कामदारले लामो लाइन बसेर श्रम स्वीकृतीको छाप लगाउनु पर्ने नियमका कारण सास्ती बेहोर्दै आएका थिए । श्रम डेस्क हटाइएपछि उनिहरु पनि खुसी भएका छन् । यसअघि वैदेशिक रोजगारीमा जान कामदारले ३ वटा मध्ये एउटा मात्र प्रस्थान द्धार प्रयोग गर्न पाउँने विभेदपुर्ण नियम थियो । यसअघि वैदेशिक रोजगारीमा जाने कामदारको प्रस्थानद्धारलाई एउटा मात्र सिमित गरिएका कारण विमानस्थलभित्र प्रवेश गर्न समेत कामदारले घन्टौं लाईन बस्नुपर्ने बाध्यता थियो । अब त्यो बाध्यता हटेको मन्त्रालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।