logo

संघका पूर्व अध्यक्ष ढकाललाई पुनः संघ संयोजकको जिम्मेवारी

सबैलाई मिलाएर अघि बढ्ने प्रतिवद्धता

    998   पटक पढिएको

११ फागुन/अर्थ र व्यापार– जिल्ला प्रशासन कार्यालय काठमाडौंले नेपाल वैदेशिक रोजगार व्यवसायी संघका पूर्व अध्यक्ष बिमलप्रसाद ढकाललाई संघको तदर्थ कार्यसमितिको संयोजक तोकेको छ । यसअघि पटकपटक समय थप गर्दा पनि साधारणसभा र कार्यसमितिको निर्वाचन गराउन नसकेको भन्दै गत २७ माघमा काठमाडौ जिल्ला प्रशासनले तत्कालीन कार्यवाहक अध्यक्ष कमल तामाङ नेतृत्वको तदर्थ कार्यसमिति विघटन गरेको थियो ।
खगोल ओभरसिज प्रालिका सञ्चालक ढकाल नेपाली कांग्रेसको शुभेच्छुक संस्थाको हैसियतमा रहेकोे नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसनको पूर्व अध्यक्ष समेत हुन् ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंले वैदेशिक रोजगार व्यवसायी संघ कार्यसमितिको तर्फबाट गत १ फागुनमा पूर्व अध्यक्ष ढकाललाई संयोजक तोक्न लेखिएको पत्रसहित नेपाल वैदेशिक रोजगार व्यवसायी लोकतान्त्रिक एसोसिएसन, वैदेशिक रोजगार व्यवसायी गणतन्त्रिक मञ्च, एकीकृत वैदेशिक रोजगार व्यवसायी संगठन र समाजवादी वैदेशिक रोजगार व्यवसायी संघको लिखित सहमतिमा पूर्व अध्यक्ष ढकाललाई तदर्थ समितिको संयोजक तोकेको बताएको छ ।
संघको साधारणसभा र कार्यसमितिको निर्वाचन सकेसम्म छिटो गराउन म्याण्डेट दिएको जिल्ला प्रशासन कार्यालय काठमाडौंले तदर्थ समिति बढीमा ९ सदस्यीय गठन गर्न सीमा दिए पनि कार्यसमिति चयनमा पदाधिकारी तथा सदस्य तोक्न संयोजक ढकाललाई नै सर्वाधिकार दिएको छ । यो भन्दा बढी जिल्ला प्रशासनले कुनै शर्त तोकेको छैन । यथाशीघ्र संघको साधारणसभा र निर्वाचन गर्ने उल्लेख गरेपनि समयसीमा किटान गरी मिति पनि तोकिएको छैन ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंले बुधबारदेखि नै संघको दैनिक कार्य सञ्चालन गर्न ढकाललाई अनुमति दिएको छ । तर संयोजक ढकालले आगामी मंगलबारदेखि मात्रै आफुले आधिकारिक रूपमा संघमा पदवहाली र दैनिक कामकाज शुरू गर्ने बताएका छन । उनले अब आफुले संघमा दिईएको जिम्मेवारी पुरा गर्न सबै व्यवसायीलाई मिलाएर अघि बढ्ने प्रतिवद्धता व्यक्त गरे ।
यसैगरि, उनले संघको तदर्थ समिति गठनका लागि भने संघलाई छाता संस्था मान्ने व्यवसायीको संस्थाका प्रतिनिधिसँग छलफल शुरू गरेको बताए । संघ तथा अन्य चार संस्थाका तर्फबाट लिखित सहमति नै आएको र नेपाल वैदेशिक रोजगार प्रगतिशील मञ्च नेपालले पनि संयोजक भई संघलाई अघि बढाउन पूर्ण समर्थन गर्दै आग्रह गरेको कारणले आफु संयोजक भएको बताउँदै संयोजक ढकालले भने, ‘ अब सबै व्यवसायीसँग छलफल गरेर सबैलाई विश्वासमा लिएर नै अघि बढ्ने हो ।’
मञ्चका कार्यवाहक अध्यक्ष राजेन्द्र भण्डारीले पनि ढकाललाई संयोजक बनाउने विषयमा मञ्चको समर्थन रहेको बताए । संघको संयोजकले राजनीतिक दम्भ नराखी संघलाई व्यावसायिक नेतृत्व प्रदान गरे कार्यसमितिमा सहकार्य गर्न सकिने भन्दै भण्डारीले संघमा संयोजक तोक्ने प्रशासनको निर्णयले मञ्चले लामो समयदेखि उठाएको संघ नेतृत्व सम्बन्धी एजेन्डा स्थापित गरेकोे बताए ।
‘तत्कालीन अध्यक्षको निधन भएको २१ दिनभित्र निर्वाचन नगराएकोले अघिल्लो कार्यसमिति अवैधानिक भन्ने मञ्चको मान्यता थियोे, त्यो स्थापित भयो । संयोजक ढकालले संघलाई विधिसम्मत अघि बढाएमा हाम्रो सहकार्य हुने छ ।’ संयोजक ढकालले भने ।
यसैगरि, मञ्चका महासचिव डिकबहादुर खत्री ‘कुमार’ले मञ्चको कार्यसमितिको बैठकले औपचारिक निर्णय गर्ने भए पनि संघलाई सक्रिय बनाउन जिल्ला प्रशासन कार्यालय काठमाडौंको निर्णयलाई सकारात्मक रूपमा लिएको टिप्पणी गरे । उनले भने, ‘संघ नेतृत्वमा भएको अति राजनीतिकरणको अन्त्य गरेर जानुपर्ने अवस्था छ । नयाँ नेतृत्वले सहमतिमा जाने विषयलाई मुल एजेन्डा बनाउनु पर्छ ।’
एसोसिएसनले आफ्ना पूर्व अध्यक्ष ढकाललाई वैदेशिक रोजगार व्यवसाय चुनौतीपूर्ण रहेकोे अवस्थामा संघको संयोजक जस्तो गरिमामय जिम्मेवारी प्राप्त हुनु सुखद भन्दै खुशी व्यक्त गरेको छ ।
संघमा यसअघि २१ सदस्यीय कार्यसमितिमा एसोसिएसनले अध्यक्ष, दुई पदाधिकारी र पाँच सदस्य, प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्च नेपालले प्रथम उपाध्यक्षसहित तीन सदस्य, वैदेशिक रोजगार व्यवसायी गणतन्त्रिक मञ्चले द्वितीय उपाध्यक्ष र दुई सदस्य, एकीकृत वैदेशिक रोजगार व्यवसायी संगठनले महासचिव र तीन सदस्य तथा समाजवादी वैदेशिक रोजगार व्यवसायी संघले तृतीय उपाध्यक्ष र एक सदस्यमा प्रतिनिधित्व गर्ने सहमति भएको थियोे । सोही अनुपातमा तदर्थ समिति बन्ने आंकलन व्यवसायीहरूले गर्दै आएका छन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।