logo

श्रम सम्झौताको दुई वर्षपछि ९९ नेपाली आज इजरायल जाँदै 

    1216   पटक पढिएको

५ माघ/अर्थ र व्यापार – श्रम सम्झौता गरेको दुई वर्ष १ महिनापछि बल्ल ९९ जना नेपाली कामदार इजरायल जाने भएका छन् । नेपाल सरकार र इजरायल सरकारबीच २०७७ सालको १४ असोजमा श्रम सम्झौता भएदेखि सोही सम्झौता अनुसार पहिलोपटक  बल्ल ९९  जना नेपाली कामदार इजरायल तर्फ उड्न लागेका हुन । 
वैदेशिक रोजगार विभागका अनुसार पहिलोपटक सुरु भएको इजरायलमा कामदार पठाउने कार्यमा ६३ जना महिला र ३६ जना पुरुष गरी ९९ जना इजरायलतर्फ जान लागेका हुन् । उनीहरू बुधबार राती ११ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट इजरायलतर्फ लाग्ने छन्।  
यसअघि वैदेशिक रोजगार विभागले बुधबार १२५ जना नेपाली कामदारलाई विमानस्थलबाट इजरायलतर्फ उडाउने तयारी गरेको थियो । तर, दैनिक रुपमा नयाँ थपिने कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन संक्रमितको संख्या ह्वात्तै बढेका कारण पूर्व अनमानित कामदारको संख्या घटेको हो । अहिले सबै प्रक्रिया पुरा भएर इजरायल लैजाने तयारी गरिएका २६ जना नेपाली कामदार संक्रमित भएका थिए ।  त्यसले भनेजति कामदार पहिलो उडानमा पठाउन नसकिएको विभागले जनाएको छ । 
विभागका अनुसार अब दोस्रो चरणको उडानमा १६२ जना नेपाली कामदारलाई इजरायल पठाईने छ । 
दुई मुलुकबीच भएको सम्झौतापत्रमा हालसम्म ९९४ जना कामदारसँग सम्झौता भइसकेको छ । विभागले इजरायल रोजगारीका लागि एक हजार ६ सय जना नेपाली कामदारको अन्तिम नामावली छनोट गरेको थियो । 
त्यसमा इजरायल सरकारले ११ सय ७५ जना छनोट गरेको विभागले जनाएको छ । सो सम्झौता बमोजिम इजरायल जाने नेपाली कामदारको भिसा अवधी पाँच वर्षको हुनेछ ।  त्यसपछि स्वदेश फर्किएर इजरायलको रोजगारदाताले फेरि काम गर्न बोलाएको खण्डमा पुनः श्रम स्वीकृति लिएर नेपाली कामदार इजरायलतर्फ जान सक्ने छन । 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।