logo

वैदेशिक रोजगारीमा जाने कामदारका परिवारलाई स्वास्थ्य बीमामा सहजीकरण गर्न बोर्डको आग्रह

    1135   पटक पढिएको

५ माघ /अर्थ र व्यापार– वैदेशिक रोजगारीमा जाने कामदारको परिवारलाई स्वास्थ्य बीमामा आवद्ध गर्ने कार्यका लागि सहजीकरण गर्न स्वास्थ्य बीमा बोर्डले आग्रह गरेको छ । बोर्डले बुधबार एक सूचना मार्फत यस्तो आग्रह गरेको हो । बोर्डले मुलुकभरका सातै प्रदेशका प्रदेश संयोजक, प्रदेश शाखा कार्यालय र जिल्ला संयोजक, सम्पर्क शाखा कार्यालयलाई सो कार्यक्रमका लागि आवश्यक सहयोग गर्न आग्रह गरेको हो ।
स्वास्थ्य बीमा बोर्डले वैदेशिक रोजगारमा जाने कामदारका परिवारलाई अनिवार्य रुपमा सरकारले ल्याएको स्वास्थ्य बीमा कार्यक्रममा सहभागी गराउनका लागि अभ्यास गर्दै छ ।
सोही कार्यक्रमका आवश्यक सहयोग, सहजीकरण एंव समन्वयन गर्नका लागि बोर्डले आग्रह गरेको हो ।
नेपालको संविधानको धारा (५१) को उपधारा ज(१५) मा ‘नागरिकको स्वास्थ्य बीमा सुनिश्चित गर्दै स्वास्थ्य उपचारमा पहुँचको व्यवस्था मिलाउने’ भनी उल्लेख भए बमोजिम समेतको कार्यान्वयनका लागि बीमा ऐन, २०७४ को दफा(३) को उपदफा(४) मा ‘वैदेशिक रोजगारीमा जाने कामदारको लागि स्वास्थ्य बीमा कार्यक्रममा आवद्ध हुनुपर्ने छ’उल्लेख छ ।
स्वास्थ्य बीमा ऐनमा व्यवस्था भएबमोजिम नै वैदेशिक रोजगारीमा जाने हरेक कामदारले आफ्ना परिवारको अनिवार्य रुपमा बीमा गर्नुपर्ने कार्यक्रम अघि ल्याएको हो ।
बोर्डले स्वास्थ्य बीमा नियमावली, २०७५ एंव वैदेशिक रोजगारीमा जाने कामदारका परिवारलाई स्वास्थ्य बीमामा आवद्ध गर्ने कार्यविधि–२०७८ जारी गरेको हो । बोर्डका अनुसार सो कार्यविधि यसै महिनादेखि लागू हुने छ । श्रम विभागसँगको समन्वयनमा सो कार्यविधि कार्यान्वयनमा ल्याउने भएको हो ।
कामदारले श्रम स्वीकृति लिने समयमा नै स्वास्थ्य बीमामा आबद्ध भएको प्रमाण पेस गर्नुपर्नेछ । वैदेशिक रोजगारीमा जाने कामदारका परिवार अनिवार्य रूपमा स्वास्थ्य बीमामा आबद्ध हुनुपर्नेछ  । 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।