logo

रोजगार कार्यक्रम : श्रमिकको ज्याला दैनिक ६० रुपैयाँ बढ्यो, बिमा अनिवार्य

    1659   पटक पढिएको

४ माघ/अर्थ र व्यापार– मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालन निर्देशिका–२०७५ संशोधन गरेको छ । कार्यक्रम अन्तरगत सञ्चालित आयोजनामा काम गर्नेहरूको ज्यालालाई समायानुकुल बनाउन र श्रमिकको बिमा अनिवार्य गर्ने गरी निर्देशिका संशोधन भएको हो ।
यसअघि मासिक १३ हजार रुपैयाँ न्युनतम् ज्यालाका आधारमा ज्यालादर तय भएकोमा अहिले गत साउनबाट न्युनतम् १५ हजार पुगे अनुसार थोरै ज्याला रकम बढेको हो ।
प्रधानमन्त्री रोजगार कार्यक्रमका उपसचिव लोकनाथ भुसालका अनुसार स्थानीय रोजगार केन्द्रमा सूचीकृत बेरोजगारलाई रोजगार कार्यक्रम अन्तरगतको आयोजनामा काम लगाउँदा न्युनतम् ५७७ रुपैयाँ वा सम्बन्धित स्थानीय तहले निर्धारण गरेको ज्यालादरको ८० प्रतिशत नबढ्ने गरी हुने रकममध्ये जुन बढी हुन्छ, सोही रकम श्रमिकलाई उपलब्ध गराउनुपर्ने छ । यसअघि यस्तो ज्यालादर ५१७ रुपैयाँ थियो । यसअनुसार अब श्रमिकले दैनिक ६० रुपैयाँ बढी ज्याला पाउनेछन् ।
त्यसरी काम गर्दा गर्दै कार्यस्थलमा हुने दुर्घटनाबापतको बिमा भने सरकारल आफैंले गर्ने भएको छ । कार्यक्रम अन्तरगत काम गर्ने श्रमिक र उसको परिवारलाई कार्यस्थलमा हुने दुर्घटनाको जोखिम र क्षतिलाई न्युन गर्न बिमा अनिवार्य गरिएको कार्यक्रमले बताएको छ ।
अहिलेसम्म कार्यक्रममा सात लाख ८ हजार ४२ श्रमिक सूचीकृत भएका छन् । त्यसमध्ये तीन लाख  ७१ हजार पुरुष छन् भने ३ लाख ३७ हजार महिला छन् । यो वर्ष २ लाख श्रमिकलाई न्युनतम् १०० दिनको रोजगारी दिने कार्यक्रमको लक्ष्य छ । अहिलेसम्म ६७१८ जना मात्रैले कार्यक्रम अन्तरगत काम पाएका छन् ।
देशभर पाँच अर्ब ३७ करोड खर्च गर्ने गरी ११ हजार ६०९ वटा आयोजना कार्यक्रम अन्तरगत सञ्चालनको तयारीमा छन् । यो वर्ष १२ अर्ब तीन करोड रुपैयाँ संघ सरकारले कार्यक्रमका लागि स्थानीय तहमा पठाउँदैछ ।
तर, अहिलेसम्म ३३ करोड रुपैयाँ मात्रै खर्च भएको छ । यो कार्यक्रमको अधिकांश बजेट असार महिनामै मुख्य गरी सडक आयोजनाहरूमा खर्च हुने गरेको छ । 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।