logo

दक्षिण कोरिया जाने कामदारलाई थप डलर सटही सुविधा, विभागको सिफारिस चाहिने

    1319   पटक पढिएको

२४ मंसिर/अर्थ र व्यापार– नेपाल राष्ट्र बैंकले  दक्षिण कोरिया जाने कामदारका लागि थप सटही सुविधा दिने भएको छ । विदेशी विनिमय कारोबार गर्न इजाजतप्राप्त निकायलाई जारी गरिएको एकीकृत परिपत्र–२०७६ मा संशोधन गर्दै केन्द्रीय बैंकले वैदेशिक रोजगारीका लागि कोरिया जाने कामदारहरूका लागि सटहीको फरक व्यवस्था गरेको हो । 
वैदेशिक रोजगारीका लागि दक्षिण कोरिया जाने नेपाली कामदारहरूले कोरोना भाइरस महामारीका कारणले गर्दा क्वारिन्टिन खर्च गर्नुपर्ने भएकाले थप सटहीको सुविधा उपलब्ध गराउने व्यवस्था गरेको हो । १ हजार ५०० सय अमेरिकी डलरसम्मको सटही सुविधा कामदारहरूले पाउने छन् । विद्युतीय कार्डको माध्यमबाट थप सुविधा उपलब्ध गराउनुपर्ने राष्ट्र बैंकले जानकारी दिएको छ । 
त्यसका लागि विवरण खुल्ने गरी कामदारले वैदेशिक रोजगार विभागबाट सिफारिस लिनुपर्ने जनाइएको छ । नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा जाने नेपाली नागरिकलाई अधिकतम अमेरिकी डलर  २०० सटही सुविधा पाउने व्यवस्था यसअघि गरिएको थियो । 
देशमा विदेशी मुद्राको सञ्चिति घट्दै आएपछि केन्द्रीय बैंक तथा सरकारले सटही सुविधामा कडाइ गर्दै आएका छन्। विदेशमा घुम्न जाने नेपालीहरू तथा अध्ययनमा जाने विद्यार्थीलाई सटही सुविधामा कडाई गरिएको छ । कोरोनाको कारणले सिर्जित नयाँ नियम अनुसार कोरियामा विशेष प्रवेश पाउने कामदारलाई थप सुविधा दिने व्यवस्था गरिएको हो । 
वैदेशिक रोजगारीका लागि दक्षिण कोरिया जाने कामदारले सरकारले पछिल्लो समय गरेको व्यवस्था अनुसारको सटही सुविधाले नपुग्ने र जानै नसकिने बताउँदै आएका थिए । 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।