logo

वैदेशिक रोजगारिमा जानेहरुको संख्या बढ्यो, एक महिनामा ५५ हजारबढिको श्रम स्वीकृति

    1335   पटक पढिएको

८ मंसिर/अर्थ र व्यापार – कोरोनाको संक्रमणदर कम हुँदै गएसँगै पछिल्लो समय वैदेशिक रोजगारीमा जानेहरुको संख्या पनि क्रमशः बढ्दै गएको छ । वैदेशिक रोजगार विभागले तयार पारेको प्रतिवेदन अनुसार गत कात्तिकको एक महिनामा संस्थागत रुपमा विभिन्न म्यानपावर कम्पनीहरु मार्फत २७ हजार ७ सय ९ जना नेपाली कामदारले वैदेशिक रोजगारमा जानका लागि अन्तिम श्रम स्वीकृति लिएका छन् ।
गत असोज महिनामा म्यानपावर कम्पनी मार्फत २६ हजार ९१ जना कामदारले वैदेशिक रोजगारमा जानकालागि अन्तिम श्रम स्वीकृति लिएका थिए । उनीहरू पहिलोपटक वैदेशिक रोजगारीमा जान लागेका हुन् । त्यसमा महिला कामदारको संख्या २ हजार १ सय ८३ रहेकोे छ । कात्तिक महिनामा व्यक्तिगत प्रक्रिया मार्फत १ हजार २ सय ६७ जनाले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएका छन् ।
कात्तिकमा वैधानिकीकरणका माध्यमबाट १ हजार ४२ जना, पुनः श्रम स्वीकृतिका माध्यमबाट २४ हजार ९ सय ४७ जना गरी कुल ५४ हजार ९ सय १८ जनाले वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएका छन् । विभागको प्रगति विवरण अनुसार कात्तिक महिनामा ६ सय ५ वटा म्यानपावर कम्पनीले श्रम स्वीकृति निकालेका थिए । 
यसैगरि,असोजमा ५ सय ६८ म्यानपावरले वैदेशिक रोजगारमा कामदार पठाएका थिए । त्यसमध्ये सबैभन्दा बढी साउदी अरबमा १२ हजार ३ सय ३ जनाको श्रम स्वीकृति भएको छ । असोजमा साउदी अरबका लागि १३ हजार ३ सय ४८ जनाको श्रम स्वीकृति भएको थियोे । साउदी अरबपछि अघिल्लो महिना जस्तै कतार जानेको श्रम स्वीकृति भएको छ । असोजमा कतार जाने ७ हजार ६ सय ८५ जनाले श्रम स्वीकृति लिएकोमा कात्तिकमा ८ हजार ४ सय ८० जनाको श्रम स्वीकृति भएको छ । 
यूएई जाने पनि केही बढेका छन् । असोजमा ३ हजार १ सय ६ जनाले यूएई जान श्रम स्वीकृति लिएकोमा कात्तिकमा ५ हजार १ सय २५ जनाले श्रम स्वीकृति लिएका छन् । मलेसियामा संस्थागतरूपमा एक जनाको पनि श्रम स्वीकृति भएको छैन भने व्यक्तिगत रूपमा ८२ जनाको श्रम स्वीकृति भएको छ । अघिल्लो महिनामा जस्तै रोमानिया जाने क्रम कात्तिकमा पनि देखिएको छ । 
असोजमा २ सय ९ जनाको रोमानियाका लागि श्रम स्वीकृति भएकोमा कात्तिकमा २ सय ५० जनाको श्रम स्विकृति भएको छ ।सो अवधीमा ओमान जाने कामदारहरुको संख्या भने घटेको छ । असोजमा ३ सय १३ जनाको श्रम स्वीकृति भएको ओमानमा कात्तिकमा २ सय ६२, मरिससमा ९ जना, कुवेतमा १ सय ५८ जना, माल्दिभ्समा १२ जना, जोर्डनमा १४ जना, साईप्रसमा ३ सय ४० जना, बहराइनमा ७ सय ४७ जनाले संस्थागत अर्थात् म्यानपावर कम्पनीमार्फत श्रम स्वीकृति लिएका छन् । 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।