logo

वैदेशिक रोजगारिमा जानेहरुको संख्या बढ्यो, एक महिनामा ५५ हजारबढिको श्रम स्वीकृति

    1054   पटक पढिएको

८ मंसिर/अर्थ र व्यापार – कोरोनाको संक्रमणदर कम हुँदै गएसँगै पछिल्लो समय वैदेशिक रोजगारीमा जानेहरुको संख्या पनि क्रमशः बढ्दै गएको छ । वैदेशिक रोजगार विभागले तयार पारेको प्रतिवेदन अनुसार गत कात्तिकको एक महिनामा संस्थागत रुपमा विभिन्न म्यानपावर कम्पनीहरु मार्फत २७ हजार ७ सय ९ जना नेपाली कामदारले वैदेशिक रोजगारमा जानका लागि अन्तिम श्रम स्वीकृति लिएका छन् ।
गत असोज महिनामा म्यानपावर कम्पनी मार्फत २६ हजार ९१ जना कामदारले वैदेशिक रोजगारमा जानकालागि अन्तिम श्रम स्वीकृति लिएका थिए । उनीहरू पहिलोपटक वैदेशिक रोजगारीमा जान लागेका हुन् । त्यसमा महिला कामदारको संख्या २ हजार १ सय ८३ रहेकोे छ । कात्तिक महिनामा व्यक्तिगत प्रक्रिया मार्फत १ हजार २ सय ६७ जनाले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएका छन् ।
कात्तिकमा वैधानिकीकरणका माध्यमबाट १ हजार ४२ जना, पुनः श्रम स्वीकृतिका माध्यमबाट २४ हजार ९ सय ४७ जना गरी कुल ५४ हजार ९ सय १८ जनाले वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएका छन् । विभागको प्रगति विवरण अनुसार कात्तिक महिनामा ६ सय ५ वटा म्यानपावर कम्पनीले श्रम स्वीकृति निकालेका थिए । 
यसैगरि,असोजमा ५ सय ६८ म्यानपावरले वैदेशिक रोजगारमा कामदार पठाएका थिए । त्यसमध्ये सबैभन्दा बढी साउदी अरबमा १२ हजार ३ सय ३ जनाको श्रम स्वीकृति भएको छ । असोजमा साउदी अरबका लागि १३ हजार ३ सय ४८ जनाको श्रम स्वीकृति भएको थियोे । साउदी अरबपछि अघिल्लो महिना जस्तै कतार जानेको श्रम स्वीकृति भएको छ । असोजमा कतार जाने ७ हजार ६ सय ८५ जनाले श्रम स्वीकृति लिएकोमा कात्तिकमा ८ हजार ४ सय ८० जनाको श्रम स्वीकृति भएको छ । 
यूएई जाने पनि केही बढेका छन् । असोजमा ३ हजार १ सय ६ जनाले यूएई जान श्रम स्वीकृति लिएकोमा कात्तिकमा ५ हजार १ सय २५ जनाले श्रम स्वीकृति लिएका छन् । मलेसियामा संस्थागतरूपमा एक जनाको पनि श्रम स्वीकृति भएको छैन भने व्यक्तिगत रूपमा ८२ जनाको श्रम स्वीकृति भएको छ । अघिल्लो महिनामा जस्तै रोमानिया जाने क्रम कात्तिकमा पनि देखिएको छ । 
असोजमा २ सय ९ जनाको रोमानियाका लागि श्रम स्वीकृति भएकोमा कात्तिकमा २ सय ५० जनाको श्रम स्विकृति भएको छ ।सो अवधीमा ओमान जाने कामदारहरुको संख्या भने घटेको छ । असोजमा ३ सय १३ जनाको श्रम स्वीकृति भएको ओमानमा कात्तिकमा २ सय ६२, मरिससमा ९ जना, कुवेतमा १ सय ५८ जना, माल्दिभ्समा १२ जना, जोर्डनमा १४ जना, साईप्रसमा ३ सय ४० जना, बहराइनमा ७ सय ४७ जनाले संस्थागत अर्थात् म्यानपावर कम्पनीमार्फत श्रम स्वीकृति लिएका छन् । 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।