logo

संसदीय श्रम समितिमा नयाँ श्रम गन्तव्यको चर्चा, मन्त्रीसँग भयो छलफल

    1145   पटक पढिएको

८ मंसिर/अर्थ र व्यापार – प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ (किसान)सँग वैदेशिक रोजगारीमा देखिएको समस्या र समाधानबारे छलफल गरेको छ । श्रममन्त्री श्रेष्ठलाई बधाई तथा शुभकामना दिन संसदीय समितिले मंगलबार आयोजना गरेको कार्यक्रममा उक्त छलफल गरेको हो । 
समितिका सदस्य समेत रहेका श्रेष्ठ श्रममन्त्री भएपछि पहिलोपटक समितिको बैठकमा सहभागी भएका थिए । छलफलमा फ्रि भिसा र फ्रि टिकट कार्यान्यवन नहुँदा भइरहेको ठगी, भिजिट भिसाको नाममा अवैध बाटोबाट विदेश लैजाने प्रवृत्ति, अवैध बाटोबाट गएका घरेलु कामदारको समस्याका साथै आन्तरिक बेरोजगारी समस्या समाधानबारे समितिका सदस्यहरुले चासो राखेका थिए ।
सभापति विमल श्रीवास्तवले लामो समयदेखि टुंगोमा पुग्न नसकिरहेको विषयमा सकेसम्म छिटो निर्णयमा पुग्न श्रममन्त्री श्रेष्ठलाई आग्रह गरिएको बताए । उनले भने, ‘कोरोनाका कारणले अर्थतन्त्रमा शिथिलता आइ आन्तरिक रोजगारी सिर्जना हुन नसकेको अवस्थामा अल्पकालीन भएपनि वैदेशिक रोजगारीले बेरोजगारी समस्याको समाधान गर्ने भएकाले बेलायत, जापान, दक्षिण कोरिया र खाडी मुलुकको रोजगारीमा  तीव्रता दिनु आवश्यक रहेकाले मन्त्रीलाई निर्देशन दिएका छौं ।’

श्रममन्त्री श्रेष्ठले बिचौलियाहरूको ठगी अन्त्य गरेर वैदेशिक रोजगार क्षेत्रलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाइने बताए । मन्त्री श्रेष्ठले राम्रो पारिश्रमिक पाउने श्रम गन्तव्यमा नेपाली कामदार पठाउन सरकारले पहल गरिरहेको जानकारी दिए  । मन्त्री श्रेष्ठले सरकारले बेलायतमा फाष्ट ट्र्याकबाट १० हजार नर्स पठाउन औपचारिक पहल शुरु गरेको जानकारी दिँदै सीप सिकाएर उपयुक्त गन्तव्य मुलुकमा नेपाली कामदार पठाउने गरी तयारी अघि बढेको  बताए । 
दक्षिण कोरियामा कोरोनाका कारण रोकिएका कामदार पठाउन शुरु गरिएको भन्दै मन्त्री श्रेष्ठले आगामी जनवरीसम्म ६ सय जना कामदार पठाइने बताए । इजरायलमा रोजगारीका लागि भाषा परीक्षा पास गरेका कामदारको स्वास्थ्य तथा पुलिस रिपोर्टसम्बन्धी काम सकिएर प्रशासनिक काम मात्र बाँकी रहेकोले छिट्टै इजरायल पठाइने जानकारी दिए । 
मन्त्रालयका सचिव सुर्यप्रसाद गौतमले वैदेशिक रोजगारको नयाँ गन्तव्य खाजी भइरहेको बताउँदै विभिन्न रोजगारदाता देशसँग श्रम सम्झौता र नवीकरणको तयारी भइरहेको बताए । समितिको सदस्य समेत रहेका मन्त्री श्रेष्ठलाई समितिमा बधाइ ज्ञापन गरिएको थियो ।
यसैबीच मन्त्री श्रेष्ठको निजी सचिवालयले अनुगमनपछि वैदेशिक रोजगार कार्यालय ताहचलबाट प्रदान गरिने सेवा व्यवस्थित र पारदर्शी हुन थालेको बताएको छ  । गत मंसिर १ गते मन्त्री श्रेष्ठले वैदेशिक रोजगार कार्यालय ताहचलमा अनुगमन गरी सेवा प्रवाहलाई बिचौलियामुक्त गरी तीव्रता दिन निर्देशन दिएका थिए । त्यसको करिब एक हप्तापछि मन्त्री श्रेष्ठको निजी सचिवालयले सेवा प्रवाहमा केही सुधार भएको जनाएको छ ।
विदेश जाने युवाले भोग्ने सास्ती कम गर्न श्रम स्वीकृति लिने प्रक्रियागत काम आधा घटाइएकोले त्यससबाट घण्टौं लाइन बस्नुपर्ने बाध्यता हट्न थालेको, सेवाग्राहीले अनलाइन फारम भरेर ई–टोकन अर्थात् विद्युतीय पालो प्रणालीको व्यवस्था रहेकोमा अनलाइन र अफलाइन टोकनका आधारमा सेवा दिने व्यवस्था गरिएकोले सेवामा सहजता आएको पनि सचिववालयले जनाएको छ ।
ठगीलाई नियन्त्रणका लागि सहायता कक्ष स्थापना गरिएको र श्रम स्वीकृति, पुनः श्रम स्वीकृति र बायोमेट्रिकका सेवाग्राहीको भीड कम गर्न आवश्यकता अनुसार २ सिफ्टमा काम गर्न थालिएको भन्दै मन्त्री श्रेष्ठको निजी सचिवालयले त्यसबाट प्रक्रियागत काम सरल र व्यवस्थित हुनुका साथै ठगी नियन्त्रण गर्न सहयोग पुग्ने अपेक्षा गरिएको बताएको छ । 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।