logo

संसदीय श्रम समितिमा नयाँ श्रम गन्तव्यको चर्चा, मन्त्रीसँग भयो छलफल

    1430   पटक पढिएको

८ मंसिर/अर्थ र व्यापार – प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ (किसान)सँग वैदेशिक रोजगारीमा देखिएको समस्या र समाधानबारे छलफल गरेको छ । श्रममन्त्री श्रेष्ठलाई बधाई तथा शुभकामना दिन संसदीय समितिले मंगलबार आयोजना गरेको कार्यक्रममा उक्त छलफल गरेको हो । 
समितिका सदस्य समेत रहेका श्रेष्ठ श्रममन्त्री भएपछि पहिलोपटक समितिको बैठकमा सहभागी भएका थिए । छलफलमा फ्रि भिसा र फ्रि टिकट कार्यान्यवन नहुँदा भइरहेको ठगी, भिजिट भिसाको नाममा अवैध बाटोबाट विदेश लैजाने प्रवृत्ति, अवैध बाटोबाट गएका घरेलु कामदारको समस्याका साथै आन्तरिक बेरोजगारी समस्या समाधानबारे समितिका सदस्यहरुले चासो राखेका थिए ।
सभापति विमल श्रीवास्तवले लामो समयदेखि टुंगोमा पुग्न नसकिरहेको विषयमा सकेसम्म छिटो निर्णयमा पुग्न श्रममन्त्री श्रेष्ठलाई आग्रह गरिएको बताए । उनले भने, ‘कोरोनाका कारणले अर्थतन्त्रमा शिथिलता आइ आन्तरिक रोजगारी सिर्जना हुन नसकेको अवस्थामा अल्पकालीन भएपनि वैदेशिक रोजगारीले बेरोजगारी समस्याको समाधान गर्ने भएकाले बेलायत, जापान, दक्षिण कोरिया र खाडी मुलुकको रोजगारीमा  तीव्रता दिनु आवश्यक रहेकाले मन्त्रीलाई निर्देशन दिएका छौं ।’

श्रममन्त्री श्रेष्ठले बिचौलियाहरूको ठगी अन्त्य गरेर वैदेशिक रोजगार क्षेत्रलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाइने बताए । मन्त्री श्रेष्ठले राम्रो पारिश्रमिक पाउने श्रम गन्तव्यमा नेपाली कामदार पठाउन सरकारले पहल गरिरहेको जानकारी दिए  । मन्त्री श्रेष्ठले सरकारले बेलायतमा फाष्ट ट्र्याकबाट १० हजार नर्स पठाउन औपचारिक पहल शुरु गरेको जानकारी दिँदै सीप सिकाएर उपयुक्त गन्तव्य मुलुकमा नेपाली कामदार पठाउने गरी तयारी अघि बढेको  बताए । 
दक्षिण कोरियामा कोरोनाका कारण रोकिएका कामदार पठाउन शुरु गरिएको भन्दै मन्त्री श्रेष्ठले आगामी जनवरीसम्म ६ सय जना कामदार पठाइने बताए । इजरायलमा रोजगारीका लागि भाषा परीक्षा पास गरेका कामदारको स्वास्थ्य तथा पुलिस रिपोर्टसम्बन्धी काम सकिएर प्रशासनिक काम मात्र बाँकी रहेकोले छिट्टै इजरायल पठाइने जानकारी दिए । 
मन्त्रालयका सचिव सुर्यप्रसाद गौतमले वैदेशिक रोजगारको नयाँ गन्तव्य खाजी भइरहेको बताउँदै विभिन्न रोजगारदाता देशसँग श्रम सम्झौता र नवीकरणको तयारी भइरहेको बताए । समितिको सदस्य समेत रहेका मन्त्री श्रेष्ठलाई समितिमा बधाइ ज्ञापन गरिएको थियो ।
यसैबीच मन्त्री श्रेष्ठको निजी सचिवालयले अनुगमनपछि वैदेशिक रोजगार कार्यालय ताहचलबाट प्रदान गरिने सेवा व्यवस्थित र पारदर्शी हुन थालेको बताएको छ  । गत मंसिर १ गते मन्त्री श्रेष्ठले वैदेशिक रोजगार कार्यालय ताहचलमा अनुगमन गरी सेवा प्रवाहलाई बिचौलियामुक्त गरी तीव्रता दिन निर्देशन दिएका थिए । त्यसको करिब एक हप्तापछि मन्त्री श्रेष्ठको निजी सचिवालयले सेवा प्रवाहमा केही सुधार भएको जनाएको छ ।
विदेश जाने युवाले भोग्ने सास्ती कम गर्न श्रम स्वीकृति लिने प्रक्रियागत काम आधा घटाइएकोले त्यससबाट घण्टौं लाइन बस्नुपर्ने बाध्यता हट्न थालेको, सेवाग्राहीले अनलाइन फारम भरेर ई–टोकन अर्थात् विद्युतीय पालो प्रणालीको व्यवस्था रहेकोमा अनलाइन र अफलाइन टोकनका आधारमा सेवा दिने व्यवस्था गरिएकोले सेवामा सहजता आएको पनि सचिववालयले जनाएको छ ।
ठगीलाई नियन्त्रणका लागि सहायता कक्ष स्थापना गरिएको र श्रम स्वीकृति, पुनः श्रम स्वीकृति र बायोमेट्रिकका सेवाग्राहीको भीड कम गर्न आवश्यकता अनुसार २ सिफ्टमा काम गर्न थालिएको भन्दै मन्त्री श्रेष्ठको निजी सचिवालयले त्यसबाट प्रक्रियागत काम सरल र व्यवस्थित हुनुका साथै ठगी नियन्त्रण गर्न सहयोग पुग्ने अपेक्षा गरिएको बताएको छ । 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।