logo

इजरायल जाने नेपाली कामदारसँग चर्को मेडिकल शुल्क असुली

    920   पटक पढिएको

६ मंसिर/अर्थ र व्यापार – सरकारी तवरबाटै इजरायल जाने नेपाली कामदारहरुसँग स्वास्थ्य परीक्षणमा चर्को शुल्क असुलिएको पाईएको छ । अहिले भाषा परिक्षा उत्तिर्ण भई इजरायल जाने सबै प्रक्रिया पुरा गरेका नेपाली कामदारसँग सरकारले तोकेका निजी स्वास्थ्य संस्थाले प्रति कामदार ८ हजार ९ सय रुपैयाँ शुल्क लिएका छन् । 
सरकारले इजरायलसँग श्रम समझदारी गरेर पठाउन लागे पनि केयरगिभर कामदार आफैंले मेडिकल शुल्क तिर्नुपर्ने व्यवस्था गरेको छ । अन्य देशसँग रोजगारदाताले नै मेडिकल शुल्क तिर्नुपर्ने गरी श्रम समझदारी गरेको सरकारले आफैंले श्रमिक पठाउँदा भने हवाइ टिकट र मेडिकल शुल्क कामदारलाई नै तिराउँदैछ । 
वैदेशिक रोजगार विभागले गत ५ मंसिर देखि आगामी ११ मंसिरसम्मकालागि इजरायल जाने नेपाली कामदारको स्वास्थ्य परीक्षण गर्ने कार्यतालिका तय गरेको  छ । सरकारी अस्पतालमा कामदारले स्वास्थ्य परीक्षण गराउन नपाउने गरी स्टार हस्पिटल सानेपा, ह्याम्स हस्पिटल मण्डिखाटार, नेपाल मेडिसिटी हस्पिटल भैँसेपाटी, मनमोहन मेमोरियल मेडिकल कलेज स्वयम्भूमा मात्रै तोकिएको छ ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले विदेश जाने श्रमिकको मडिकल गर्ने संस्थामा ह्याम्स,मेडिसिटी र स्टार हस्पिटल सूचीकृत पनि नरहेको बताएको छ । वैदेशिक रोजगार विभागले भने नेपालस्थित इजरायली दूतावासको सिफारिसमा मेडिकल छनोट गरेर शुल्क तोकिएको बताएको छ ।
अहिले साउदी अरब जाने श्रमिकले अधिकतम् ५ हजार ५ सय रुपैयाँ र कतार, मलेसिया, यूएई, लगायतका देश जानेले बढीमा  हजार ५ सय रुपैयाँमा मेडिकल गरिरहेका छन् । सरकारी तवरबाटै दक्षिण कोरिया जाने श्रमिकले सरकारी अस्पतालमै परीक्षणको सुविधा पाउने गरेका छन् ।
इजरायल जाने रोस्टरको अन्तिम छनोटमा परेका ११७५ जना श्रमिक नामावली सार्वजनिक भएको थियो ।  इजरायलको पपुलेसन एन्ड इमिग्रेसन अथोरिटी (पीआईबीए)ले कम्प्युटरबाट चिठ्ठा प्रणालीमार्फत ८२१ महिला र ३५४ जना पुरुष कामदारको नाम छनोट गरेर पठाएको थियो । छनोटमा परेका व्यक्तिहरू र रोजगारदाताबीच रोजगार सम्झौता भएपछि उनीहरु इजरायल जान पाउँछन् ।
छनोटमा परेर जाने श्रमिकले हप्ता ४२ घण्टा काम गर्नुपर्ने छ । श्रमिकले खानाको खर्च आफैंले गर्नुपर्ने हुन्छ । शुरुमा एक वर्षको करार ५ वर्षसम्म थप गर्न सक्ने व्यवस्था छ । इजरायल जान लाग्ने अनुमानित १ लाख ६५ हजार ७०० रुपैयाँ बराबरको खर्च कामदार आफैंले व्यहोर्नुपर्नेछ ।
यसैगरि, इजरायल जाँदाको भिसा शुल्क रोजगारदाताले तिर्नुपर्ने हुन्छ । तर, बीमा शुल्क, हवाईभाडा, अभिमुखीकरण, मेडिकल तथा कल्याणकारी शुल्क भने श्रमिकले नै तिर्नुपर्ने व्यवस्था छ । इजरायलमा श्रमिक लैजाने गरी २०७७ सालको ८ माघमा समझदारी गरेको थियो । सोही समझदारी अनुरुप अहिले कामदार पठाउन लागिएको हो । 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।