logo

नेपाली कामदारलाई नेपाल वायुसेवा निगमको विमान मार्फत इजरायल लैजाने तयारी

    1144   पटक पढिएको

३० कात्तिक /अर्थ र व्यापार – आगामी साताबाट इजरायल जाने नेपाली कामदारलाई नेपाल वायुसेवा निगमको विमानबाट लैजानेबारे छलफल शुरु भएको छ । 
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आले र नेपालका लागि इजरायलका राजदूत हेनान गोदरबीच भएको भेटवार्तामा यस्तो तयारीबारे छलफल भएको हो ।
पर्यटनमन्त्री आलेको सचिवालयका अनुसार सो भेटवार्ताका क्रममा आगामी दुई साताभित्र कम्तिमा एकहजार नेपाली कामदार इजरायल जाने भन्दै त्यसका लागि नेपाल वायुवेवा निगमको वाइडबडी विमान भाडामा लिनेबारे छलफल भएको हो । भेटको क्रममा राजदूत गोदरले यस्तो इच्छा व्यक्त गरेको सचिवालयले जनाएको छ ।
भेटको क्रममा राजदूत गोदरले इजरायल–भैरहवा सिधा हवाई उडान भर्न इजरायल सरकार इच्छुक रहेको समेत जानकारी गराएको सचिवालयले जनाएको छ । भेटवार्तामा राजदूत गोदरले इजरायल र काठमाडौं बीच सिधा हवाई उडानकालागि इजरायल सरकारले पहल गर्ने आश्वासन समेत दिएका छन् । 
राजदूत गोदरले नेपालको आन्तरिक हवाई उडानमा विदेशी र नेपालीको असमान हवाई भाडादरका विषयमा चासो व्यक्त गरेका छन् । मन्त्री आलेले नेपाल र इजरायल बीच सिधा हवाई सम्पर्कका लागि आफूहरु तयार रहेको जानकारी राजदूत गोदरलाई गराएका थिए ।
असमान भाडादर घटाउन सुझाव
भेटमा नेपालको आन्तरिक हवाई उडानमा विदेशी र नेपाली बीचरहेको असमान हवाई भाडादरका विषयमा समेत कुराकानी भएको छ । सोही क्रममा मन्त्री आलेले भाडा घटाउन पहल गर्ने बताए ।
मन्त्री आलेले नेपालको विविध क्षेत्रमा इजरायले गर्दै आएको सहयोगप्रति धन्यवाद व्यक्त गर्दै आगामी दिनमा समेत सहयोगले निरन्तरता पाउने विश्वास समेत व्यक्त गरे । नेपाल सरकारले निजगढमा निर्माण गर्न लागेको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि लगानीकर्ता जुटाइदिन वा जीटूजीमार्फत काम गर्न समन्वय गरिदिन पनि मन्त्री आलेले राजदूत गोदरसँग आग्रह गरे । यस विषयमा राजदूत गोदरले आवश्यक समन्वय र पहल गर्ने आश्वासन दिए ।

राजदूत गोदरले ड्राइभ इन सिनेमा (गाडीमा बसी ५० वटा ठूलो पर्दामा फिलिम हेर्न मिल्ने प्रविधि) नेपालमा पहिलो पटक प्रयोग गरी ५० मिनेट लामो इजरायली फिल्म हेर्न मन्त्री आलेलाई निमन्त्रण समेत गरे । 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।