logo

‘अबुधाबी डाइलग’को छैटौं मन्त्रिस्तरीय परामर्श बैठक सोमबारबाट 

नेपालले श्रम सम्झौता र समान ज्यालाको विषय उठाउँछ : श्रममन्त्री श्रेष्ठ

    1865   पटक पढिएको

७ कात्तिक / अर्थ र व्यापार– यूएईमा श्रम बेच्ने र किन्ने देशहरूबीच बहुपक्षीय छलफल ‘अबुधाबी डाइलग’मा नेपालले श्रम सम्झौता र श्रमिकलाई समान ज्यालाको विषय उठान गर्ने भएको छ । 
आगामी ८ देखि १२ कात्तिकसम्म हुने ‘अबुधाबी डाइलग’को छैटौं मन्त्रिस्तरीय परामर्श बैठकमा नेपालको तर्फबाट सहभागी हुन त्यसतर्फ जान लागेका श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ (किसान)ले दुबईसँगको श्रम सम्झौतादेखि श्रमिकलाई समान ज्यालाको विषयमा आफूले जोडतोडका साथ विषय उठाउने जानकारी दिएका हुन् । 
लामो समयदेखि दुबईसँग श्रम सम्झौताको विषयमा छलफल भए पनि हालसम्म ठोष निर्णय निकाल्न नसकिरहेको बेला आगामी सोमबारबाट त्यही हुन लागेको सम्मेलनमा यसलाई विषेश प्राथमिकताका साथ विषय उठान गर्न लागिएको मन्त्री श्रेष्ठको भनाइ छ ।
सो सम्मेलनमा नेपालको तर्फबाट कुन कुन विषयहरू उठान गर्ने भन्ने विषयमा परराष्ट्र मन्त्रालयसँग पनि समन्वय गरिरहेको बताउँदै उनले नेपालको तर्फबाट श्रम सम्झौता र समान ज्याला प्रमुख मुद्दा रहेको बताए । वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकमध्ये  धेरै दुबईमा पुगेको र श्रम सम्झौता नहुँदा दुःख पाएको भन्दै उनले यो समस्या तत्कालै सम्बोधनका लागि आफ्नो विदेश भ्रमण फलदायी रहने विश्वास व्यक्त गरे ।
श्रम सम्झौता नभएकै कारण नेपाली श्रमिकहरूले समान ज्याला पाउन नसकेको बताउँदै मन्त्री श्रेष्ठले अन्य मुलुकका श्रमिकले सरह नै तलब पाउनेगरी सहमतिका लागि छलफल अगाडि बढाउने जानकारी गराए ।  यसैगरी, उनले केही समयअघि मात्र दुबईको राजदूतसँगको भेटमा पनि श्रम सम्झौता र समान ज्यालाको विषयमा कुरा उठाएको बताए ।
वैदेशिक रोजगार व्यवसायीहरूको कारणले पनि नेपाली श्रमिकहरूले त्यहाँका अन्य कामदारसरह नेपालीले समान ज्याला नपाएको उनको भनाइ छ । अन्य मुलुकका श्रमिकले भन्दा नेपालीले धेरै न्यून ज्याला पाएको भन्दै उनले अब यसको समस्या समाधानका लागि आफू लागि पर्ने जानकारी दिए । अन्य मुलुकमा रोजगारदाता कम्पनीले ज्यालाको विषयमा बार्गेनिङ गर्ने गरे पनि नेपालले भने उल्टै रोजगारदाता कम्पनीसँग बार्गेनिङ गर्ने गरेकोले अहिलेसम्म यस्तो समस्या आएको हुन सक्ने उनको भनाइ छ । 
यो मुख्य एजेन्डासँगै अब आफूले यूएईसँग दक्ष कामदारलाई पनि लिनका लागि अनुरोध गर्ने तयारी गरेको  जानकारी गराउँदै उनले अहिले धेरै नेपाली श्रमिक सेक्युरिटी गार्डको रूपमा मात्र धेरै लैजाने गरेको बताए । अब नेपालबाट डाक्टर, इन्जिनियर, कुकलगायतका दक्ष कामदार पनि लैजान अनुरोध गर्ने उनको भनाइ थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।