logo

आगामी १० कात्तिकबाट भाषा परिक्षा उत्तिर्ण नेपाली कामदार कोरिया जान पाउने

    1467   पटक पढिएको

२० असोज / अर्थ र व्यापार – भाषा परिक्षा उत्तिर्ण भई सबै प्रक्रिया पुरा भएर पनि कोरोना महामारिको प्रभावका कारण लामो समयसम्म रोकिएर रोजगार अनुमती प्रणाली (इपिएस) मार्फत दक्षिण कोरिया जान नपाएका प्रशिक्षाथी कामदारहरू आगामी १० कात्तिक बाट जान पाउने भएका छन् ।
वैदेशिक रोजगार विभाग अन्र्तरगतको ईपीएस कोरिया शाखाले बुधबार एक सुचना जारी गर्दै यस्तो जानकारि गराएको हो । विभागका अनुसार आगामी १० कात्तिकमा पहिलो ५० जना प्रशिक्षार्थी कामदार जान पाउने छन ।  
सरकारले २०१९ मा दक्षिण कोरियाबाट अक्टोबर, नोभेम्बर र डिसेम्बरमा नेपाल फर्केका प्रतिवद्ध कामदारहरूलाई पनि कोरिया पठाउने तयारी गरेको छ । इपिएस कोरिया शाखाले यसअघि नै रोकिएका कामदारलाई सीसीभीआईको फारम भर्नकालागि अनुरोध गरेको थियो । हालसम्ममा ११९ जनाले सीसीभीआई फारम भरेका छन् ।
सो सीसीभिआई फारम भरी नामवली सूचीमा परेका कामदारलाई विशेष सावधानी अपनाएर लैजाने तयारी गरेको इपिएस कोरिया शाखाले जनाएको छ । सरकारले ११९ कामदारमध्ये खोप नलिएका वा एक डोज मात्र खोप लिएकालाई काठमाडौको बीरेन्द्र सैनिक छाउनी अस्पतालमा सम्पर्क गरी खोप लगाउन आग्रह गरेको छ ।
यसैगरि, शाखाद्वारा सूचिकृत बीमा कम्पनीबाट तोकिए बमोजिमको बिमा गर्नुपर्नेछ । कोरिया सरकारले विभिन्न शर्त राखेकाले सो सर्त पूरा गरेर मात्रै जान पाउने व्यवस्था गरिएको छ । जसमा उडान हुनुभन्दा ४८ घण्टा पहिला अनिवार्य पीसीआर परीक्षणमा नेगेटिभ आएकालाई मात्र पहिलो उडानकालागि प्रक्रिया अघि बढाइने शाखाले जनाएको छ । पीसीआर परीक्षणमा नेगेटिभ आएकाहरूलाई उडान पूर्व कामदारको खर्च व्यहोर्ने गरी तोकिएको स्थानमा सेल्फ क्वारेन्टिन बस्नुपर्नेछ । सेल्फ क्वारेन्टिन अवधिमा पूर्व प्रस्थान अभिमूखिकरण सञ्चालन गर्ने शाखाले जनाएको छ ।
यसैगरि, कोरिया पुगेपछि कोरिया सरकारले तोकेको स्थानमा १४ दिन कामदारको आफ्नै खर्च क्वारेन्टिन बस्ुनपर्ने व्यवस्था गरेको छ । त्यसैले कोरिया एचआरडी सर्भिसबाट प्राप्त निर्देशन अनुसार १४ दिन बराबरको १५ सय अमेरिकन डलर वा कोरियान मुद्रा आफुसँग लिएर जानुपर्ने व्यवस्था रहेकाले सो को लागि शाखाको समन्वयमा आवश्यक व्यवस्था गर्न आग्रह गरेको बताएको छ । 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।