logo

आगामी १० कात्तिकबाट भाषा परिक्षा उत्तिर्ण नेपाली कामदार कोरिया जान पाउने

    1190   पटक पढिएको

२० असोज / अर्थ र व्यापार – भाषा परिक्षा उत्तिर्ण भई सबै प्रक्रिया पुरा भएर पनि कोरोना महामारिको प्रभावका कारण लामो समयसम्म रोकिएर रोजगार अनुमती प्रणाली (इपिएस) मार्फत दक्षिण कोरिया जान नपाएका प्रशिक्षाथी कामदारहरू आगामी १० कात्तिक बाट जान पाउने भएका छन् ।
वैदेशिक रोजगार विभाग अन्र्तरगतको ईपीएस कोरिया शाखाले बुधबार एक सुचना जारी गर्दै यस्तो जानकारि गराएको हो । विभागका अनुसार आगामी १० कात्तिकमा पहिलो ५० जना प्रशिक्षार्थी कामदार जान पाउने छन ।  
सरकारले २०१९ मा दक्षिण कोरियाबाट अक्टोबर, नोभेम्बर र डिसेम्बरमा नेपाल फर्केका प्रतिवद्ध कामदारहरूलाई पनि कोरिया पठाउने तयारी गरेको छ । इपिएस कोरिया शाखाले यसअघि नै रोकिएका कामदारलाई सीसीभीआईको फारम भर्नकालागि अनुरोध गरेको थियो । हालसम्ममा ११९ जनाले सीसीभीआई फारम भरेका छन् ।
सो सीसीभिआई फारम भरी नामवली सूचीमा परेका कामदारलाई विशेष सावधानी अपनाएर लैजाने तयारी गरेको इपिएस कोरिया शाखाले जनाएको छ । सरकारले ११९ कामदारमध्ये खोप नलिएका वा एक डोज मात्र खोप लिएकालाई काठमाडौको बीरेन्द्र सैनिक छाउनी अस्पतालमा सम्पर्क गरी खोप लगाउन आग्रह गरेको छ ।
यसैगरि, शाखाद्वारा सूचिकृत बीमा कम्पनीबाट तोकिए बमोजिमको बिमा गर्नुपर्नेछ । कोरिया सरकारले विभिन्न शर्त राखेकाले सो सर्त पूरा गरेर मात्रै जान पाउने व्यवस्था गरिएको छ । जसमा उडान हुनुभन्दा ४८ घण्टा पहिला अनिवार्य पीसीआर परीक्षणमा नेगेटिभ आएकालाई मात्र पहिलो उडानकालागि प्रक्रिया अघि बढाइने शाखाले जनाएको छ । पीसीआर परीक्षणमा नेगेटिभ आएकाहरूलाई उडान पूर्व कामदारको खर्च व्यहोर्ने गरी तोकिएको स्थानमा सेल्फ क्वारेन्टिन बस्नुपर्नेछ । सेल्फ क्वारेन्टिन अवधिमा पूर्व प्रस्थान अभिमूखिकरण सञ्चालन गर्ने शाखाले जनाएको छ ।
यसैगरि, कोरिया पुगेपछि कोरिया सरकारले तोकेको स्थानमा १४ दिन कामदारको आफ्नै खर्च क्वारेन्टिन बस्ुनपर्ने व्यवस्था गरेको छ । त्यसैले कोरिया एचआरडी सर्भिसबाट प्राप्त निर्देशन अनुसार १४ दिन बराबरको १५ सय अमेरिकन डलर वा कोरियान मुद्रा आफुसँग लिएर जानुपर्ने व्यवस्था रहेकाले सो को लागि शाखाको समन्वयमा आवश्यक व्यवस्था गर्न आग्रह गरेको बताएको छ । 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।