logo

इजरायलमा नेपाली कामदार पठाउन लिईने परीक्षा भोलि

काठमाडौका विभिन्न ११ स्थानमा परीक्षा केन्द्र 

    1416   पटक पढिएको

२७ भाद्र / अर्थ र व्यापार – वैदेशिक रोजगारिकालागि आकर्षक श्रम गन्तव्य मुलुक बनेको इजरायलमा नेपाली कामदार पठाउने प्रक्रिया अन्तर्गत लिईने परीक्षा भोलि (सोमबार) हुने भएको छ । दई सरकारबीच भएको सम्झौता अनुसार जीटुजी मार्फत् पहिलो पटक रोजगारीमा लैजाने निर्णय भएको इजरायलमा नेपाली कामदार पठाउन लिईने परिक्षा  सरकारले सोमबार लिन लागेको हो ।
सरकारले इजरायलमा नेपाली कामदार पठाउने प्रक्रियाकालागि परिक्षामा सहभागी हुन इच्छुक आवेदनकहरूको लिखित र मौखिक परिक्षा सञ्चालन गर्दा लोक सेवा आयोगले अवलम्बन गरेको विधि उपयोग गर्ने भएको छ । 
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले लिखित तथा मौखिक परीक्षा लोक सेवा आयोगले अवलम्बन गरेको विधिको उपयोग गर्ने निर्णय भएको बताएको छ ।
मन्त्रालयको निणर्यसँगै वैदेशिक रोजगार विभागले सो परिक्षा सम्पन्न गराउन लागेको हो ।  वैदेशिक रोजगार विभागका अनुसार आवेदन दिई दरखास्त स्वीकृत भएका उम्मेदवारहरुको भौतिक उपस्थितिमा काठमाडौं उपत्यकाका विभिन्न परीक्षा केन्द्रहरूमा सोमबार १ बजे अंग्रेजी भाषाको लिखित परीक्षा सञ्चालन हुनेछ ।
विभागले सो परीक्षा स्वास्थ्य मापदण्ड सहित पालना गरेर परीक्षा सञ्चालन गर्ने भएको जनाएको छ । इजरायलमा नेपाली कामदार पठाउन लिईने यस अंग्रेजी भाषाको परीक्षाकालागि काठमाडौका विभिन्न ११ वटा स्थानमा केन्द्र तोकेको छ । जसमा सोमबार हुने परीक्षा केन्द्रहरूमा कलंकीस्थित एलआरआई विद्यालय, त्रिपुरेश्वरको विश्व निकेतन उच्च मावि, रानीपोखरीको दरबार हाइस्कुल , नयाँबानेश्वरको मदन भण्डारी मेमोरियल कलेज, नोबेल एकेडेमी, एम्बिसन एकेडेमी, कोटेश्वरको सरस्वती मावि, कोटश्वर बहुमुखी क्याम्पस, गोठाटारको गान्धी आदर्श मावि, बसुन्धारको साउथवेस्टर्नस्टेट कलेज र बत्तिसपुतलीको गोल्डेनगेट इन्टरनेश्नल कलेजमा परीक्षा केन्द्र निर्धारण गरिएको छ ।
यस परिक्षामा सहभागी हुनेहरु भौतिक रुपमा नै उपस्थित हुनुपर्ने छ । इजरायल रोजगारीको परीक्षा १०० पूर्णाकंको हुने भएको छ । जसलागि इजरायल सरकारले अंग्रे्रजी भाषालाई प्राथमिकता दिएको छ । त्यसमा अंग्रेजी भाषाको लिखित परीक्षाको पूर्णाकं ८० तोकेको छ भने ४० नम्बर ल्याए उत्तीर्ण हुन सक्ने जनाएको छ । यसैगरि, दोस्रोमा बोल्ने र सुन्न सक्ने क्षमताको लागि लिईने परिक्षाकालागि २० अंक छुट्टाइएको छ । 
विभागले यसअघि नै रोजगारीकोलागि इजरायल जान इच्छुक नेपालीहरूलाई एक महिनाको समय दिएर आवेदन खुलाएको थियो । सोही आवेदनमा कुल ९ हजार ६ सय ९९ जनाले आवेदन दिएका छन् । जसमध्ये आवेदन दिनेमा ५ हजार ४ सय ९९ जना पुरुष छन् भने ४ हजार २ सय जना महिला रहेको वैदेशिक रोजगार विभागले जनाएको छ । 
इजरायलले यस भाषा परिक्षा उत्तिर्ण भएकाहरु मध्ये तोकिएका सबै प्रक्रिया पुरा गरि एक हजार जना नेपालीलाई आफ्नो मुलुकमा लैजाने छ । जसमा ७ सय जना महिला र ३ सयजना पुरुषको कोटा रहेको छ । 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।