logo

मलेसियामा कामदार पठाउन १० वटा म्यानपावरलाई मात्र अनुमति दिने तयारी

    5342   पटक पढिएको

२७ असार / अर्थ र व्यापार – सरकारले १० वटा म्यानपावर कम्पनीलाई मात्र मलेसिया कामदार पठाउन अनुमति दिने तयारी गरिरहेको छ ।  १० वटा म्यानपावरले मात्र मलेसिया कामदार पठाउन पाए, अन्य म्यानपावरहरु भने बन्द हुने अवस्थामा जाने छ ।

म्यानपावर व्यवसायीको चुनाव नजिकिदैँ गर्दा अध्यक्षका प्रत्यासी रोहन गुरुङ र बिमल ढकाल लगायतकाले यस विषयलाई चुनावी एजेन्डासमेत बनाएका छन् । सरकारले म्यानपावर व्यवसायमा सिण्डिकेट लगाउन खोजेको भन्दैे विरोध गरेका छन् ।

१० वटा म्यानपावरलाई मात्र मलेसिया कामदार पठाउन अनुमति दिने तयारी सरकारले गरेपनि वैदेशिक रोजगारको चुनावका कारण त्यो रोकिएको छ । १० वटा म्यानपावर कम्पनीलाई मात्र अनुमति दिए, संघको आगामी चुनाव प्रभावित हुने भन्दै त्यसलाई रोक्न व्यवसायीहरुले आग्रह गरेपछि तत्कालका लागि फाइल बन्द गरेको छ ।

वैदेशिक रोजगार व्यवसायी संघको चुनाव यही असार ३० गते हुन गइरहेको छ । नेपालमा बाइमेट्रिक संचालन गर्दै आएका बंगलादेशी नागरिक अमिनको पहलमा १० वटा मात्र म्यानपावरलाई अनुमति दिने काम भइरहेको म्यानपावर व्यवसायीहरुले नै आरोप लगाएका छन् ।

भिएलन, माइग्राम, ओएससी, जिएसजी लगायतका संचालकहरुसँग मिलेर अमिनले नेपालमा म्यानपावर छान्ने काम गरेकोे छ । मलेसिया जाने कामदारद्दघथद्ध.द्धे भिएलन, माइग्राम, ओएससी, जिएसजीका नाममा स्वास्थ्थ परीक्षण गर्नुपर्ने र त्यसले गर्दा १६ हजार ७ सय तिर्नुपर्छ ।

बंगलादेशी नागरिक अमिनले बंगलादेशमा पनि मलेसिया कामदार पठाउन १० वटा कम्पनीलाई मात्र जिम्मा दिएका छन्। वाइड स्पेश, कोशी म्यानपावर, खगोल ओभरसिज, द बेष्ट रिक्रुमेन्ट, प्याराडाइज म्यानपावर लगायतका म्यानपावर १० म्यानपावरको प्राथमिकतामा परेका छन् ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।