logo

मलेसियामा कामदार पठाउन १० वटा म्यानपावरलाई मात्र अनुमति दिने तयारी

    4967   पटक पढिएको

२७ असार / अर्थ र व्यापार – सरकारले १० वटा म्यानपावर कम्पनीलाई मात्र मलेसिया कामदार पठाउन अनुमति दिने तयारी गरिरहेको छ ।  १० वटा म्यानपावरले मात्र मलेसिया कामदार पठाउन पाए, अन्य म्यानपावरहरु भने बन्द हुने अवस्थामा जाने छ ।

म्यानपावर व्यवसायीको चुनाव नजिकिदैँ गर्दा अध्यक्षका प्रत्यासी रोहन गुरुङ र बिमल ढकाल लगायतकाले यस विषयलाई चुनावी एजेन्डासमेत बनाएका छन् । सरकारले म्यानपावर व्यवसायमा सिण्डिकेट लगाउन खोजेको भन्दैे विरोध गरेका छन् ।

१० वटा म्यानपावरलाई मात्र मलेसिया कामदार पठाउन अनुमति दिने तयारी सरकारले गरेपनि वैदेशिक रोजगारको चुनावका कारण त्यो रोकिएको छ । १० वटा म्यानपावर कम्पनीलाई मात्र अनुमति दिए, संघको आगामी चुनाव प्रभावित हुने भन्दै त्यसलाई रोक्न व्यवसायीहरुले आग्रह गरेपछि तत्कालका लागि फाइल बन्द गरेको छ ।

वैदेशिक रोजगार व्यवसायी संघको चुनाव यही असार ३० गते हुन गइरहेको छ । नेपालमा बाइमेट्रिक संचालन गर्दै आएका बंगलादेशी नागरिक अमिनको पहलमा १० वटा मात्र म्यानपावरलाई अनुमति दिने काम भइरहेको म्यानपावर व्यवसायीहरुले नै आरोप लगाएका छन् ।

भिएलन, माइग्राम, ओएससी, जिएसजी लगायतका संचालकहरुसँग मिलेर अमिनले नेपालमा म्यानपावर छान्ने काम गरेकोे छ । मलेसिया जाने कामदारद्दघथद्ध.द्धे भिएलन, माइग्राम, ओएससी, जिएसजीका नाममा स्वास्थ्थ परीक्षण गर्नुपर्ने र त्यसले गर्दा १६ हजार ७ सय तिर्नुपर्छ ।

बंगलादेशी नागरिक अमिनले बंगलादेशमा पनि मलेसिया कामदार पठाउन १० वटा कम्पनीलाई मात्र जिम्मा दिएका छन्। वाइड स्पेश, कोशी म्यानपावर, खगोल ओभरसिज, द बेष्ट रिक्रुमेन्ट, प्याराडाइज म्यानपावर लगायतका म्यानपावर १० म्यानपावरको प्राथमिकतामा परेका छन् ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।