logo

भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोद्वारा राजनीतिक सङ्कट समाधानको लागी समय अगावै निर्वाचनको प्रस्ताव 

    1898   पटक पढिएको

२० माघ /अर्थ र व्यापार – भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोले  राजनीतिक सङ्कट समाधानको प्रयासस्वरुप समय अगावै निर्वाचनको प्रस्ताव गरेका छन् । त्यहाँका विपक्षी आन्दोलनकारीहरुले राष्ट्रपति निकोलस मदुरोका विरुद्धमा शनिबार बृहत् प्रदर्शन गरेका थिए र उनीहरुले आन्दोलनलाई थप चर्काउने चेतावनी राष्ट्रपति मदुरोलाई दिएका थिए । 

विरोध प्रदर्शनका क्रममा विपक्षीहरुले पनि यहाँ निर्वाचनको माग गरेका थिए । उनीहरुले राष्ट्रपति मदुरोलाई तत्कालै निष्पक्ष निर्वाचन गर्न माग गरेका थिए । उनीहरुले गरेको निर्वाचनको मागपछि शनिबार नै राष्ट्रपति मदुरोले पनि समय अगावै निर्वाचन गर्न सकिने प्रस्ताव गरेका छन् । राष्ट्रपति मदुरोले राजनीतिक समस्याको समाधानका लागि निर्वाचन एक उत्तम उपाय हुनसक्ने बताएको समाचारमा जनाइएको छ । उता आफैले अन्तरिम राष्ट्रपति घोषणा गरेका र अमेरिकालगायतका देशको समर्थन पाएका विपक्षी नेता हुँवा गुएइदो समर्थकहरुले शुक्रबार व्यापक रुपमा प्रदर्शन गरेका थिए । 
त्यसपछि शनिबार राष्ट्रपति मदुरोले निर्वाचनको प्रस्ताव गरेको जनाइएको छ । युरोपेली सङ्घमा आवद्ध प्रमुख देशहरुले पनि नयाँ निर्वाचनको वातावरण बनाउन सकेमा वर्तमान समस्याको समाधान निस्किन सक्ने प्रस्ताव गरेका छन् ।  विपक्षी नेता गुएइदोका समर्थक विदेशीहरुले पनि मदुरोलाई जतिसक्दो चाँडो निर्वाचन घोषणाका लागि गत हप्ता एक हप्ताको समय दिएका थिए । 

यस परिस्थितिमा राष्ट्रपति मदुरोले निवाचन गर्न सकिने प्रस्ताव गरेबाट यहाँको राजनीतिक सङ्कटको समाधान पनि निस्किन सक्ने अनुमान गरिएको छ । त्यहाँको नेशनल एसेम्ब्लीको निर्वाचन सन् २०१७ मा भएको थियो । सो निर्वाचन भेनेजुएलामा संविधान निर्माणका लागि भन्दै भएको हो । यो संविधान सभाको निर्वाचन थियो र यसले संविधान निर्माण गर्ने भनिएको थियो । 

तर त्यो निर्वाचन विपक्षीहरुले बहिस्कार गरेका थिए । जसका कारण राष्ट्रपति मोदुरोका पक्षधरहरुको मात्र संसदमा प्रतिनधित्व भएको थियो । त्यसैले पनि गुएइदोहरुले सो निर्वाचनबाट निर्वा्चित सरकार वैधानिक नभएको दाबी गर्दै आएका हुन् ।  अब नियमित रुपमा भएमा आगामी निर्वाचन् सन् २०२० मा हुनुपर्ने हो । तर पनि सन् २०१७ को संविधान सभाको निर्वाचनको परिणाम विपक्षीहरुले स्वीकार नगरेका र अर्को निर्वाचनको माग गरेकोले त्यस अगावै निर्वाचन गर्न सकिने राष्ट्रपति मदुरोले बताएका हुन् । 

विपक्षीहरुले तत्काल निर्वाचनको वातावरण नबनाएमा मदुरोलाई सहयोग गर्न नसक्ने चेतावनी दिएकापछि उनको यो प्रस्ताव आएको अनुमान गरिएको छ ।  भेनेजुएलामा पछिल्लो समयमा राजनीतिक सङ्कट बढ्दो छ । यहाँको राष्ट्रियसभाका अध्यक्ष समेत रहेका गुएइदोले राष्ट्रपति मदुरोलाई अवैध दावी गर्दै आएका छन् । उनले केही दिन अगाडि आफैलाई अन्तरिम राष्ट्रपतिका रुपमा घोषणा गरेका थिए । उनको यो कदमलाई अमेरिका र अरु केही विदेशीहरुले समर्थन गरेपछि यहाँको सङ्कट बढेको हो ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।