logo

अमेरिकी राष्ट्रपति ट्रम्पको घरमा जबर्जस्ती छिर्न खोज्ने व्यक्तिलाई किन गोली हानेर मारियो ?

    108   पटक पढिएको


११ फागुन/अर्थ र व्यापार– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको फ्लोरिडास्थित मार–ए–लागो निवासमा आइतबार जबर्जस्ती प्रवेश गर्न खोजेका एक २० वर्षीय युवकलाई किन सुरक्षाकर्मीले गोली हानेर मारे भन्ने खवरबारे अहिले धेरैको ध्यान खिचिएको छ ।
अमेरिकी राष्ट्रपतिको सुरक्षा गर्ने निकाय संयुक्त राज्य गुप्तचर सेवाले एक अज्ञात व्यक्तिले जर्बरजस्ती सुरक्षित क्षेत्रभित्र गैरकानुनी रूपमा प्रवेश गर्ने प्रयास गरेपछि सुरक्षाकर्मीले गोली चलाएका हुन् भनेको छ । सो घटना त्यहाँको स्थानीय समयअनुसार आइतबार बिहान १ः३० बजे भएको थियो । अन्तर्राष्ट्रिय समाचार एजेन्सिहरूमा अनुसार सो घटनामा समलग्न ती युवकको घटनास्थलमै मृत्यु भएको छ ।
अमेरिकी सुरक्षा निकायका अनुसार ति युवक एकनाले बन्दुक र इन्धनको भाँडो लिएर ट्रम्पको घरमा पुगेका थिए । सो घरको उत्तर प्रवेशद्वारबाट एउटा सवारीसाधन बाहिरिँदै गर्दा यि युवकले सवारीको आडमा भित्र छिर्न खोजेका थिए ।
त्यपछि अमेरिकी राष्ट्रपति निवासको सुरक्षामा खट्टिएका दुईजना सुरक्षाकर्मीले उनलाई रोकेर हतियार र इन्धनको भाँडो भुइँमा राख्न निर्देशन दिएका थिए । ति युवकले इन्धनको भाँडो राखेपनि बन्दुक चलाउने अवस्थामा उठाएपछि प्रतिकार स्वरुप सुरक्षाकर्मीले गोली प्रहार गरेका थिए ।
सुरक्षाकर्मीको गोली लागेर उनको मृत्यु भएको हो । सो घटनाका बेला राष्ट्रपति ट्रम्प भने वासिङ्टन डीसीस्थित ह्वाइट हाउसमा नै थिए । ट्रम्प प्रायः हरेक साताको अन्त्यमा आफ्नो निजी निवास मार–ए–लागोमा समय बिताउन पुग्थे ।
अमेरिकी सुरक्षाकर्मीको प्रारम्भिक अनुसन्धानअनुसार ति मृत व्यक्तिका परिवारले केही दिनअघि उनी हराएको भन्दै उजुरी दिएका थिए । उनी नर्थ क्यारोलाइनाबाट दक्षिणतर्फ आएका र बाटोमै बन्दुक किनेको खुलेको छ । उनको सवारीसाधनबाट बन्दुक राख्ने बाकससमेत फेला परेको सुरक्षाकर्मीले जनाएको छ । सो घटनाबारे थप अनुसन्धान जारी रहेको बताइएको छ ।
यसअघि पनि ट्रम्पमाथि आक्रमण प्रयास भएको थियो । सन् २०२४ को १३ जुलाईमा चुनावी सभाका क्रममा ट्रम्पमाथि गोली प्रहार भएको थियो । सो घटनामा गोली उनको कान छुँदै गएको थियो भने सुरक्षाकर्मीले हमलागर्ने व्यक्तिलाई तत्काल घटनास्थलमै नियन्त्रणमा लिएका थिए ।
अमेरिकी सुरक्षाकर्मीका अनुसार सो घटनामा संलग्न २० वर्षका अज्ञात व्यक्तिलाई ट्रम्पको मार–ए–लागो रिसर्टको उत्तरी गेटमा बन्दूक र इन्धन क्यान बोकेको अवस्थामा सुरक्षा कारबाही गरिएको थियो । सो घटनामा सुरक्षाकर्मीतर्फ कोही पनि घाइते भएका छैनन् । ती व्यक्तिले ट्रम्पसहित कैयौं व्यक्तिको हत्याको षड्यन्त्र वा प्रयासको निशाना रचेको अनुमान गरिएको छ ।
यसअघि अमेरिकी चुनावको दुई महिनाअघि सन् २०२४ सेप्टेम्बरमा फ्लोरिडाको ‘गल्फ कोर्स’मा राष्ट्रपतिको हत्याको षड्यन्त्र रचेका ५९ वर्षीय रायन राउथलाई आजीवन कारावासको सजाय सुनाइएको थियो ।
पेन्सिल्भेनियामा रिपब्लिकन नेतामाथि हत्याको प्रयास गरेको दुई महिनापछि राउथको योजनामा ट्रम्पमाथि आक्रमण भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।