logo

शक्तिशाली तुफानले भियतनाम अस्तव्यस्त, ६० जनाको मृत्यु, १५ लाख भन्दाबढी प्रभावित

    619   पटक पढिएको

२५ भदौ/अर्थ र व्यापार – भियतनाममा ‘यागी’ नामक शक्तिशाली तुफानले त्यहाँको अनजिवन अस्तव्यस्त भएको छ । सो तुफानबाट ६० जनाभन्दा बढीको मृत्यु भएको छ भने १५ लाख भन्दाबढी मानिसहरु प्रभावित भएका छन् ।
यस तुफानले फुथोक प्रान्तको फोङचाउ पुल भत्किँदा सवारी साधनहरु रेड नदीमा खस्दा कम्तिमा १३ जना बेपत्ता छन् । २४० भन्दा बढी मानिसहरु घाइते छन् । विद्यालयहरु बन्द गरिएको छ ।
तुफानले उत्तरी क्षेत्रको जनजीवन अस्तव्यस्त छ । ठाउँ–ठाउँमा बाढी र पहिरोले सडकहरु अवरुद्ध छन् । घरहरु उजाडिएका छन् । विद्युत आपूर्ति बन्द हुँदा झन्डै १५ लाख भन्दा बढी मानिस प्रभावित भएका छन् । तटीय क्षेत्रबाट करिब ५० हजार जनालाई सुरक्षित स्थानमा सारिएको छ ।
तुफान शक्तिशाली र विनाशकारी भएकाले यसलाई ‘सुपर टाइफुन’ भनिएको छ । ‘सुपर टाइफुन’ शनिबार भियतनामको भूमिमा बज्रिएको थियो । यागी तुफानलाई भियतनाममा तीन दशकपछिको शक्तिशाली भनिएको छ । तुफानको वेग २०३ किलोमिटर प्रतिघण्टाको थियो । यो यस वर्ष एसियामा देखापरेको सबैभन्दा शक्तिशाली तुफान हो ।
यस तुफानले भत्किएको रेड नदी माथिको पुल सबै नदिमा बगेका छन । तुफानले भियतनाममा रेड नदी माथिको पुल भत्काएइदिएको छ । अहिले ३७५ मिटर लामो उक्त पुलको अहिले आधा भाग मात्र देखिन्छ ।
एक भिडियोमा पुलमा गुडिरहेका लरी, कार र स्कुटरहरु नदीमा खसेको देखिन्छ । त्यहाँबाट ती जनाको उद्धार गरिएको र १३ जना हराइरहेको भियतनामका उपप्रधानमन्त्री हो डुच पोचले जानकारी दिएका छन् । तुफानले चीन र फिलिपिन्समा पनि क्षति पुर्याएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।
चीनको हाइनान र गुआङडोङ प्रान्तका बस्ती यागी तुफानबाट बढी प्रभावित भएका छन् । दक्षिणी चीनका सहरहरु यागी तुफानबाट गत बिहीबारदेखि नै प्रभावित भएका थिए । विद्यालय र हवाई उडानहरु बन्द गरिएको थियो । चीनमा तुफानको असर कम भएपछि अहिले पुर्नस्थापनाको काम जारी छ ।
सिन्ह्वा समाचार एजेन्सीका अनुसार यागी दक्षिणी चीन सागर पार गरी पश्चिमी चीनको हाइनान हुँदै शुक्रबार दिउँसो गुआङडोङ पुगेको थियो । चीनको गुआङडोङ प्रान्त हुँदै तुफान भियतनाम प्रवेश गरेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।