logo

घट्दो जनसंख्याको प्रभाव जापानमा ,९० लाख घर खाली

    791   पटक पढिएको


२० वैशाख/अर्थ र व्यापार – घट्दो जनसंख्याको प्रत्यक्ष असर अहिले जापानमा देखिएको छ । घट्दो जनसंख्याको मारमा रहेको जापानमा खाली घरहरूको संख्या ९० लाख पुगेको छ ।
सन् २०१८ मा गरिएको सर्वेक्षण भन्दा यसपटक ५ लाख १० हजारबढी घर खाली भएको देखिएको हो । स्थानीय भाषामा ‘आकिया’ भनेर चिनिने खाली घरहरुको संख्या सन् २०२३ को अक्टोबरसम्म ९० लाख भन्दाबढी रहेको त्यहाँको सरकारद्वारा जारी रिपोर्टमा उल्लेख छ। औसत्मा सातवटा घरमा एउटा घर खाली रहेको जापानको आन्तरिक मामिला मन्त्रालयको सर्वेक्षण रिपोर्टमा उल्लेख छ।
खाली घरहरुको यो संख्या जापानमा कूल घर संख्याको करिब १४ प्रतिशत हुने अन्तर्राष्ट्रिय संचारमाध्यमले उल्लेख गरेका छन् । जापानको नोमुरा रिसर्च इन्सटिच्युटले भने सरकारबाट जारी तथ्यांकभन्दा अझ धेरै बढी घरहरु खाली हुन सक्ने जनाएको छ ।
उसले हाल जापानमा करिब १ करोड १० लाख वटा घरहरु खाली भएको हुन सक्ने दाबी गरेको छ।
त्यहाँको सरकारले जानकारी गराए अनुसार सन्तान विदेशमा हुँदा र सन्तान नभएका वृद्धवृद्धाको नाममा रहेका घरहरु खाली भएका हुन् । यसैगरी, केही स्याहारको लागि वृद्धाश्रममा बसेपछि पनि घर खाली भएको सर्वेक्षणमा देखिएको छ ।
सर्वेक्षण गरिएका मध्ये ४४ लाख घरहरु भाडाका लागि उपलब्ध छन् । ३ लाख ३० हजार घर हरुचाहिँ जतिसक्दो छिटो बिक्री गर्ने अवस्थाका लागि राखिएका छन्। जापानमा लाखौं घरहरु बेवारिसे अवस्थामा नै छन् ।
जापानमा खाली जग्गाको बढी कर तिर्नुपर्छ । त्यसैले धेरैले प्राचीन घरहरु छाड्ने गरेको देखिएको छ । विदेशबाट जापान आएकाहरु पुराना घरहरु प्रति आकर्षित देखिएका छन्। जापानका विभिन्न शहरहरुमा धेरैले घर भाडामा लिने गर्छन्। यस्तै, केही घर बिदा मनाउन चाहनेका लागि भाडामा दिने गरिन्छ भने पर्यटकका लागि पनि घर भाडामा दिने गरिन्छ ।
पुरान घर बिक्रीमा भए पनि हजारौं डलर मूल्य पर्नेगर्छ । यस्तै, घर पुनर्निर्माणमा पनि धेरै रकम लाग्ने गर्छ । त्यसैले घर पुनर्निर्माण गर्नुको सट्टा घर खाली नै छाड्ने प्रवृत्ति पनि अत्यधिक बढेको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।