logo

चीनको सिगात्से दिङ्गेमा भूकम्पका कारण मृत्यु हुनेको संख्या ५३ नाघ्यो, उद्धार कार्य जारी, काठमाडौ लगायत भारतसम्म ठुलो धक्का

    570   पटक पढिएको


२३ पुस/अर्थ र व्यापार – चीनको तिब्बत प्रान्तको दिङ्गे काउन्टीमा केन्द्रबिन्दु भएर गएको भूकम्पमा मृत्यु हुनेको संख्या ५० नाघेको छ ।
मंगलबार बिहानै ७ म्याग्नेच्युडको शक्तिशाली भूकम्प गएपछि अझै पनि स साना परकम्पहरु गइरहेका छन् । नेपालको भूकम्प मापन केन्द्रले ७ म्याग्नेच्यूडको भूकम्प गएको जनाएको छ । चीनमा गएको भूकम्पले नेपाल र भारतसम्म ठुलो धक्का दिएर कम्पन भएको थियो।
सो भूकम्पका कारण चीनमा हालसम्म ५३ जनाको मृत्यु पुष्टि भएको त्यहाँको सञ्चारमाध्या महरुले जनाएको छ । अहिलेसम्मको उद्धारकार्यमा ६२ जना घाइते भएको भेटिएका छन्। सिगात्से दिङ्गे काउन्टीमा घरहरु भत्किएका छन्। सो भूकम्प प्रभावित क्षेत्रमा हाल २२ हजार राहतका सामग्री पठाइएको त्यहाँको सरकारले जनाएको छ । १ हजार ५०० जना उद्धारकर्मीहरु परिचालन गरिएका छन् ।
अहिले पनि दिङ्गेमा परकम्प जाने क्रम जारी छ । सो भूकम्पको प्रभाव नेपालको काठमाडौ लगायत धेरै जिल्लामा परेको छ । काठमाडौवासी भूकम्प आएपछि घरबाहिर निस्किएका थिए भने पूर्वि जिल्लाहरुका केही घरहरुमा सामान्य क्षति भएको सम्वन्धित जिल्ला प्रशासन कार्यालयहरुले जानकारी गराएका छन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।