logo

जापानको टकाटा कम्पनीेद्धारा टाट उल्टने घोषणा

    2363   पटक पढिएको

 १२ असार / अर्थ र व्यापार - कारका लागि सुरक्षित एयरब्याग बनाउने जापानी कम्पनी टकाटाले आफू टाट उल्टिएको घोषणा जापान र अमेरिकामा गरेको छ । सन्सारकै सबैभन्दा ठूलो एयरब्याक उत्पादन गर्ने कम्पनीले आर्थिक अवस्था कमजोर भएपछि टाट उल्टिएको घोषणा गरेको हो । 

टकाटा कानुनी र आर्थिक कारणले टाट उल्टिएको हो । अमेरिकी अटो पार्टस् सप्लायर ’कि सेफ्टी सिस्टम’ ले टकाटाको सन्सारभरीको सम्पति तथा सञ्चालनका लागि एक अर्ब ५९ करोड डलर सहायतमा सम्झौता गर्न कुराकानी भने भइरहेको छ ।

पछिल्ला केही बर्षहरुमा टकाटाको एयर ब्यागको गुणस्तरमा निरन्तर प्रश्न उठिरहेको थियो । खराव उत्पादनका कारण १८० जना घाइते तथा १७ जनाको मृत्यु नै भएको थियो । यही कारण केही कम्पनीहरुले उसलाई सामान फिर्ता लैजान भनिरहेका थिए । यसो हुँदा उसले बजार बाट १० अर्ब डलरको सामान फिर्ता लैजानु पर्ने थियो ।

 टकाटामाथि अमेरिका र क्यानडाका अदालतहरुमा मुद्दा पनि चलिरहेको छ । सन् २००७ मा पहिलो पल्ट बजार पुगेको एयरब्याग फिर्ता गर्नु परेको थियो । त्यसयता अमेरिकाबाट मात्र ७ करोड वटा एयर ब्याग फिर्ता भएका छन् । १० करोडभन्दा वढि कारहरुमा  टकाटाका एयर ब्यागहरु गुणस्तरहिन भेटिएको छ । यसका लागि उसले अमेरिकालाई मात्रै पटक पटक क्षतिपुर्ति तिर्दै आएको थियो । टोकियो स्टक एक्सचेञ्जमा टकाटाका सेयर कारोबार पनि बन्द गरिएको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

महासंघको केन्द्रिय सदस्यमा सागर ढकालको उम्मेदवारी घोषणा

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले वस्तुगत तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । अध्यक्ष ढकालले महासंघको वस्तुगत

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।