logo

डोनाल्ड ट्रम्पको विवादित फेमिली च्यारिटी फाउन्डेसन बन्द हुने 

    1442   पटक पढिएको

४ पुस/ अर्थ र व्यापार  - अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको विवादित फेमिली च्यारिटी फाउन्डेसन बन्द हुने भएको छ । पारिवारिक कोषको रकम गैरकानुनी तरिकाले प्रयोग गर्दै आएको आरोप ट्रम्प र उनका छोराछोरीलाई लाग्दै आएको छ ।यसबारे विवाद बढ्दै जान थालेपछि डोनाल्ड ट्रम्पले आफ्नो फेमिली च्यारिटी फाउन्डेसन बन्द गर्न राजी भएको बीबीसीले जनाएको छ ।

ट्रम्प फाउन्डेसनलाई अब भंग गर्ने र त्यसको बाँकी रहेको कोषलाई अर्को कुनै च्यारिटीलाई बाँडिने छ । अमेरिकी राष्ट्रपति र उनका छोराछोरी इवान्का र एरिकलाई न्यूयोर्कको कुनै पनि च्यारिटीमा बोर्ड सदस्यसमेत बन्न नपाउने गरी प्रतिवन्ध लगाइएको छ ।
यसअघि न्यूयोर्कका महान्यायाधीवक्ता बारबरा अन्डरवुडले यस विषयमा ट्रम्प परिवारविरुद्ध मुद्दा हालेका थिए । ट्रम्पले आफ्नो व्यापारिक र राजनीतिक फाइदाका लागि फाउन्डेसनलाई प्रयोग गरेको आरोप बारबरा अन्डरवुडको छ । यद्यपि फाउन्डेसनका वकिलले भने महान्यायाधीवक्ता बारबरा अन्डरवुडले राजनीतिकरण गरेको आरोप लगाएका छन् ।

ट्रम्प र उनका परिवारका सदस्यहरुविरुद्ध जारी कानुनी लडाइँ यो पहिलो भने होइन । यस्ता खालका धेरै मुद्दाहरुले ट्रम्प परिवारका सदस्यहरुलाई अप्ठ्यारोमा पार्दै आएको छ । २०१६ मा राष्ट्रपति चुनावमा रुसी हस्तक्षेपको मुद्दा सबैभन्दा ठूलो हो । यसबारे एफबीआईका प्रमुख रोबर्ट मुलरको नेतृत्वमा अनुसन्धान जारी छ । च्यारिटी फाउन्डेसन बन्दको घोषणा गरिए पनि ट्रम्प र उनका सन्तान इवान्का र एरिकविरुद्ध मुद्दा जारी रहने अन्डरवुडले बताएका छन् ।

ट्रम्पको फेमिली फाउन्डेसनलाइई धेरैजसो आर्थिक सहयोग दाताहरुमार्फत प्राप्त हुन्छ । राष्ट्रपति चुनावमा पनि ट्रम्प परिवारले राजनीतिक हतकण्डाको रुपमा यही कोषको रकम प्रयोग गरेको अन्डरवुडले आरोप लगाएका छन् । डोनाल्ड ट्रम्प र उनका परिवारका सदस्यहरुबाट भने यसबारे अझै कुनै प्रतिक्रिया सार्वजनिक भएको छैन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।