logo

डोनाल्ड ट्रम्पको विवादित फेमिली च्यारिटी फाउन्डेसन बन्द हुने 

    1619   पटक पढिएको

४ पुस/ अर्थ र व्यापार  - अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको विवादित फेमिली च्यारिटी फाउन्डेसन बन्द हुने भएको छ । पारिवारिक कोषको रकम गैरकानुनी तरिकाले प्रयोग गर्दै आएको आरोप ट्रम्प र उनका छोराछोरीलाई लाग्दै आएको छ ।यसबारे विवाद बढ्दै जान थालेपछि डोनाल्ड ट्रम्पले आफ्नो फेमिली च्यारिटी फाउन्डेसन बन्द गर्न राजी भएको बीबीसीले जनाएको छ ।

ट्रम्प फाउन्डेसनलाई अब भंग गर्ने र त्यसको बाँकी रहेको कोषलाई अर्को कुनै च्यारिटीलाई बाँडिने छ । अमेरिकी राष्ट्रपति र उनका छोराछोरी इवान्का र एरिकलाई न्यूयोर्कको कुनै पनि च्यारिटीमा बोर्ड सदस्यसमेत बन्न नपाउने गरी प्रतिवन्ध लगाइएको छ ।
यसअघि न्यूयोर्कका महान्यायाधीवक्ता बारबरा अन्डरवुडले यस विषयमा ट्रम्प परिवारविरुद्ध मुद्दा हालेका थिए । ट्रम्पले आफ्नो व्यापारिक र राजनीतिक फाइदाका लागि फाउन्डेसनलाई प्रयोग गरेको आरोप बारबरा अन्डरवुडको छ । यद्यपि फाउन्डेसनका वकिलले भने महान्यायाधीवक्ता बारबरा अन्डरवुडले राजनीतिकरण गरेको आरोप लगाएका छन् ।

ट्रम्प र उनका परिवारका सदस्यहरुविरुद्ध जारी कानुनी लडाइँ यो पहिलो भने होइन । यस्ता खालका धेरै मुद्दाहरुले ट्रम्प परिवारका सदस्यहरुलाई अप्ठ्यारोमा पार्दै आएको छ । २०१६ मा राष्ट्रपति चुनावमा रुसी हस्तक्षेपको मुद्दा सबैभन्दा ठूलो हो । यसबारे एफबीआईका प्रमुख रोबर्ट मुलरको नेतृत्वमा अनुसन्धान जारी छ । च्यारिटी फाउन्डेसन बन्दको घोषणा गरिए पनि ट्रम्प र उनका सन्तान इवान्का र एरिकविरुद्ध मुद्दा जारी रहने अन्डरवुडले बताएका छन् ।

ट्रम्पको फेमिली फाउन्डेसनलाइई धेरैजसो आर्थिक सहयोग दाताहरुमार्फत प्राप्त हुन्छ । राष्ट्रपति चुनावमा पनि ट्रम्प परिवारले राजनीतिक हतकण्डाको रुपमा यही कोषको रकम प्रयोग गरेको अन्डरवुडले आरोप लगाएका छन् । डोनाल्ड ट्रम्प र उनका परिवारका सदस्यहरुबाट भने यसबारे अझै कुनै प्रतिक्रिया सार्वजनिक भएको छैन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

महासंघको केन्द्रिय सदस्यमा सागर ढकालको उम्मेदवारी घोषणा

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले वस्तुगत तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । अध्यक्ष ढकालले महासंघको वस्तुगत

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।